यो वर्षको मदन पुरस्कार लेखक भगिराज इङनामलाई प्रदान गरिने भएको छ । असोज ७ गते बसेको मदन पुरस्कार गुठीको साधारणसभाले ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह सम्बत १७१९–२०२०’ का लागि इङनामलाई मदन पुरस्कार दिने निर्णय गरेको हो । साधारणसभाले नृत्य क्षेत्रको उन्नयनमा समर्पित रहेका भैरबहादुर थापालाई जगदम्बाश्री पुरस्कार दिने निर्णय गरेको छ ।साधारणसभाले अन्य ९ वटा पुस्तकलाई समेत पुरस्कृत गर्ने सूचीमा छनौट गरेको छ । विसं. २०१२ सालमा स्थापित मदन पुरस्कार गुठीले पहिलोपल्ट