काठमाडौं- रुसी आक्रमणको सामना गरिरहेको युक्रेनलाई अमेरिकाले थप ५० करोड डलर सहयोग गर्ने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीबीच टेलिफोन वार्ताका क्रममा अमेरिकाले सहयोगको बाचा गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । युक्रेनले रुससँग लड्नका लागि आफूहरूलाई सहयोग आवश्यक परिरहेकोले सहयोग गर्न सबैलाई आह्वान गर्दै आएको छ । बाइडेन […]