अमेरिकाले एक सय वटा देशलाई कोरोनाविरुद्धको ५० करोड डोज खोप दिने

काठमाण्डाै - अमेरिकाले एक सय वटा देशलाई कोरोनाविरुद्धको ५० करोड डोज खोप सहयोग गर्ने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आउँदो दुई वर्षभित्र संसारभरका कम आय भएका एक सय वटा देशलाई ५० करोड डोज खोप उपलब्ध हुने बताएको बीबीसीले जनाएको छ । अमेरिकाले यो वर्ष २० करोड र सन् २०२२ को पहिलो ६ महिनामा ३० करोड डोज खोप वितरण गर्ने योजना बनाएको पनि बाइडेनको भनाइ उदृत गर्दै खबरमा उल्लेख छ । खोप पाउने देशमध्ये ९२ वटा निम्न आय भएका र बाँकी ८ वटा अफ्रिकन युनियनका सदस्य रहनेछन् । अमेरिकी राष्ट्रपति बाइडेनले बेलायतको भ्र...

सम्बन्धित सामग्री

कम आय भएका मुलुकलाई अमेरिकाले थप ५० करोड डोज कोरोना खोप दिने

७ असोज, काठमाडौं । अमेरिकाले कोरोना भाइरस विरुद्धको खोप उत्पादन गरिरहेको फाइजरको ५० करोड डोज खोप अनुदानमा कमजोर आय भएका मुलुकलाई दिने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले बुधबार विश्वका एक सय मुलुकलाई उक्त खोप अनुदानमा दिन लागिएको बताएका छन् । बाइडनले यसअघि विश्वभरका नेताहरुलाई समग्र विश्वका मानिसमा कोरोना खोप पुर्‍याउन आग्रह गरेका थिए […]

अमेरिकाले विकासशील देशहरुलाई थप ५० करोड डोज फाइजर खोप दिने

काठमाडौँ । अमेरिकाले विकासशील देशहरुलाई कोरोना भाइरसविरुद्धको फाइजर खोप थप ५० करोड डोज दिने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी वर्ष २०२२ भित्र उक्त खोपको मात्रा प्रदान गर्ने घोषणा गरेका हुन्। संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा कोभिड–१९ सम्बन्धी साइडलाइन सम्मेलनलाई सम्बोधन गर्दै उनले खोपको पहुँच विस्तारका लागि सहयोग दिने घोषणा गरेका हुन् । अमेरिकाले […]

फाइजर खोपको थप ५० करोड मात्रा विकासशील देशलाई दिने अमेरिकाको घोषणा

अमेरिकाले विकासशील देशहरुलाई कोरोना भाइरसविरुद्धको फाइजर खोपको थप ५० करोड मात्रा खोप दिने भएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले आउँदो वर्षदेखि फाइजरको थप ५० करोड मात्रा प्रदान गर्ने घोषणा गरेका हुन्। संयुक्त राष्ट्रसंघको महासभाअन्तर्गत भएको भर्च्युअल कोभिड–१९ साइडलाइन सम्मेलनलाई सम्बोधन गर्दै बाइडेनले खोपको पहुँच विस्तारका लागि सहयोगको घोषणा गरेका हुन्। विश्वको जनसंख्याको कम्तीमा ७० प्रतिशतलाई […]

अमेरिकाले विकासोन्मुख देशलाई थप ५० करोड डोज खोप दिने

बीबीसी । अमेरिकाले विकासाेन्मुख मुलुकलाई थप ५०० मिलियन (५० करोड) डोज फाइजर खोप दिने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले संयुक्त राष्ट्रसंघको महासभाको साइडलाइन कोभिड–१९ सम्मेलनमा सो प्रतिबद्धता गरेको अमेरिकी अधिकारीले बताएका छन् । योसँगै अमेरिकाले बाँड्नका लागि प्रतिबद्धता जनाएको खोपको कुल परिमाण एक अर्बभन्दा बढी पुग्नेछ । अमेरिकाले यसअघि नै...