एजेन्सी।अमेरिकाले अन्य देशलाई सहयोग गर्न ५० करोड डोज खोप किन्ने घोषणा गरेको छ।बाइडन प्रशासनले दुई वर्षको अवधिमा ५० करोड फाइजर खोपको मात्रा करिब १०० वटा देशलाई उपलब्ध गराउने अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्। यो वर्षभित्र २० करोड खोपको मात्रा वितरण गरिनेछ भने बाँकी सन् २०२२ मा वितरण गरिनेछ। अमेरिकामाथि गरिब मुलुकमा कोरोनाविरुद्धको खोपको दर वृद्धिका लागि सघाउन दबाब परिरहेको छ।