धनकुटाको महालक्ष्मी नगरपालिकाको शहरी पूर्वाधार विकासका लागि शहरी विकास मन्त्रालयले ५० करोड बजेट उपलब्ध गराउने भएको छ । लामो समयको पहलपछि महालक्ष्मीको शहरी पूर्वाधार विकासका लागि शहरी विकास मन्त्रालयबाट ५० करोड बजेट प्राप्त भएको मेयर पर्शुराम नेपालले बताए । बजेट उपलब्ध गराएर सहयोग गरेको भन्दै मेयर नेपालले शहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई धन्यवाद ज्ञापन गरेका छन् । गुल्मी माइती भएकी मन्त्री झाँक्री महालक्ष्मीकी बुहारी पनि हुन् । उनी लेगुवाका पशुपति पुरीसँग विवाह बन्धनमा बाँधिएकी छ