काठमाण्डाै – अमेरिकाले कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ सँग जुध्न ५० करोड परीक्षण कीट खरिद गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले ‘ओमिक्रोन’ भेरियन्टको फैलावटसँग जुध्नका लागि ५० करोड र्यापिड परीक्षण कीट निःशुल्क उपलब्ध गराउन लागिएको बताउनुभएको छ ।
सङक्रमणविरुद्ध जुध्न परीक्षण तीव्र बनाउने र अस्पतालमा सेनाले सहयोग गर्ने पनि उहाँले जानकारी दिनुभएको बीबीसीले उल्लेख गरेको छ । अमेरिकामा ७३ प्रतिशत वयष्कले खोपको पूर्ण मात्रा प्राप्त गरेका छन् । अमेरिकामा पुष्टि भएका नयाँ ...