अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले बङ्लादेशलाई ४ अर्ब ५० करोड अमेरिकी डलर सहयोग गर्ने भएको छ । ऊर्जा र खाद्यान्नको बढ्दो मूल्यसँग जुध्न यो सहायता प्याकेज उपलब्ध गराउने प्रारम्भिक सम्झौता भएको आईएमएफले जनाएको छ ।
रूसले युक्रेनमा आक्रमण थालेपछि मूल्यमा भएको तीव्र वृद्धिका कारण अरु एसियाली अर्थतन्त्रसँग मिल्दोजुल्दो बङ्लादेश पनि प्रभावित भएको छ । झण्डै १७ करोड जनसङ्ख्या भएको दक्षिण एसियाली देश बङ्लादेशले यस वर्षको सुरुमा आईएमएफसँग सहयोग अनुरोध गरेको थियो ।
पछिल्लो समय बङ्लादेशी मुद्रा (टाका) को मूल्य २५ प्रतिशतले घटेको छ ...