पछिल्ला घटनाक्रमहरू हेर्दा लाग्छ, मुलुकमा सरकार छैन । एउटी नारी राष्ट्रिपति कार्यालयअगाडि आत्मदाह गर्ने अवस्था आउनु अनि हूलका हूल नागरिक ठगिएर न्याय माग्न काठमाडौं नै धाउनुपर्ने स्थिति भनेको राज्य नहुनुको संकेत हो । राज्यको प्रमुख दायित्व नागरिकको सम्पत्ति तथा जीवनको रक्षा गर्नु हो । तर, जब राज्य बलशाली एवं धनाढ्यको लहैलहैमा लागेर निमुखा नागरिकको जीवन, […]