प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व भएको बताएका छन्। देशवासीको नाममा सम्वोधन गर्दै प्रधानमन्त्रीले भने, "कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट बन्चित हुन नपरोस र महामारीबाट ज्यान गुमाउन नपरोस भन्नेमा सरकार संवेदनशील छ।" कोभिड नियन्त्रणका लागि सरकारका सवै संयन्त्र परिचालन गरेको प्रधानमन्त्रीले बताए।