रुपन्देही । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका सबै जनप्रतिनिधि हुलाकी सडक निर्माण छिटो गर्न माग गर्दै रिले अनशन बसेका छन् । ठेकदार कम्पनी र सङ्घीय सरकारलाई दबाब दिन प्रतापपुर गाउँपालिका अध्यक्ष,उपाध्यक्ष सहितका जनप्रतिनिधिहरू आजदेखि रिले अनशनमा बसेका हुन् । उनीहरुलाई संघ तथा प्रदेशका निवर्तामान र वर्तमान सांसदहरुले पनि साथ दिएका छन् । रिले आनसन गाउँपालिका अध्यक्ष […]
जनकपुर : चुरे संरक्षणको माग गर्दै भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीले आज जनकपुरधामस्थित सडकमा सुतेर विरोध प्रदर्शन गरेका छन्।विगत दुई सातादेखि रिले अनशन बस्दै आएका भूमिहीन, दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीले जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालय अगाडि सडकमै सुतेर विरोध प्रदर्शन गरेका हुन्।रिले अनशनमा बस्दै आए पनि प्रदेश सरकारले आफूहरुका समस्याप्रति गम्भीरता नदेखाएकाले दबाब दिन सडकमै सुतेर प्रदर्शन गरेको उनीहरूले बताएका छन्।सिरहाको चोहर्वास्थित मारुती सिमेन्टले कब्जा गरेको वन बुट्य
बहुचर्चित बहुप्रतिक्षित वारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरु गर्नुपर्ने भन्दै सरोकारवालाले दबाब सिर्जना गर्दै आएका छन् । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न स्थान परिवर्तन गर्न आएको अदालतको सो निर्णयप्रति असहमति राख्दै उक्त निर्णय अविलम्ब सच्चाउन सरोकारवालाले जोडदार माग गर्दै आएका छन् ।विमानस्थल निर्माण गर्न माग गर्दै सरोकारवालाले कहिले विरोध प्रदर्शन, कहिले सडक अवरुद्ध, सडकमै मानव साङ्लो प्रदर्शन, राजमार्गमा रिले अनशन, प्रधानमन्त्रीलगायत विभिन्न दलका शीर्
काठमाडौं, ४ असोज । बुढिगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले आयोजना निर्माणको लागि दबाब दिने उद्देश्यले आज धर्ना कार्यक्रमको आयोजना गरेको छ । काठमाडौंको माईतीघर मण्डलामा आयोजित धर्ना कार्यक्रममा पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पनि सहभागी छन् । संघर्ष समितिले आजबाट रिले अनशन सुरु गरेको हो । […]
वीरगंज : नेपाल शिक्षक महासंघको राज्यव्यापी कार्यक्रम अन्तर्गत शुक्रवार देशभरको शिक्षकहरुले रिले अनशन बसेका छन्।
महासंघको पूर्व निर्धारित कार्यक्रम अनुसार बिहान ८ बजेदेखि अपरान्ह ४ बजे सम्म देशभर ७ वटा प्रदेशको समाजिक विकास अन्तर्गतको शिक्षा निर्देशनालय, ७७ वटा जिल्लाको शिक्षा विकास तथा समन्वय इकाई कार्यालयहरु, ७७ जिल्लाको ७५३ वटा स्थानीय…