अक्सिजनसहितको अस्पताल सञ्चालन गर्दै स्थानीय तह

दुर्गाप्रसाद शर्मा, पर्वत कोरोनाको दोस्रो लहर गाउँ–गाउँमा समेत फैलिएपछि पर्वतका सातवटै स्थानीय तहले अस्थायी कोभिड अस्पताल सञ्चालन गर्न थालेका छन् । पर्वतका जलजला, मोदी, फलेबास, महाशिला, बिहादी र पैयुँ गाउँपालिकाले अस्थायी अस्पताल बनाएका छन् ।पर्वतका सबैजसो पालिकाले ५ बेडको अस्थायी अस्पताल सञ्चालन गरे पनि जनशक्तिको अभावमा संक्रमित भने उपचारका लागि जानुभन्दा होम आइसोलेसनमा बस्न थालेका […]

सम्बन्धित सामग्री

दुई वर्ष पुग्न लाग्दा पनि बनेनन् स्थानीय तह अस्पताल

काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सबै दलले चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन्। सत्ता गठबन्धनमा रहेका दल सहित एमालेले पनि स्वास्थ्यका विषयलाई महत्त्व दिएको छ। एमालेले मुख्यतया स्थानीय तहमा हाल निर्माण भइरहेका ५‚ १० र १५ शय्याको स्थानीय तह आधारभूत अस्पताल दुई वर्षभित्र निर्माण सम्पन्न गरेर समयमै अस्पताल सञ्चालन गर्ने आफ्नो घोषणापत्रमा महत्त्वाकांक्षीका साथ समावेश गरेको छ। एमालेले आफ्नो घोषणापत्रमा भनेको छ‚ ‘शिलान्यास गरेका पाँच, दश र पन्ध्र

‘नगरपालिकाको प्रशासनिक भवनमा अस्पताल सञ्चालन’

कांग्रेस–माओवादी गठबन्धनले तिलोत्तमा नगरपालिकाको नव निर्मित प्रशासनिक भवनलाई नगर अस्पतालमा रुपान्तरण गर्ने प्रतिवद्धता जनाएको छ ।

भोजपुरमा अस्पताल निर्माणको काम शिलान्यासमै सीमित

कात्तिक १६, भोजपुर । सरकारले सबै स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले अस्पतालहरुको शिलान्यास गरेको भएपनि कामको प्रगति भने न्यून रहेको छ । शिालान्यास गरिएका अधिकांश अस्पताल निर्माणको काम शिलान्यासमै सीमित भएका छन् । कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित हुनु नपरोस भन्ने उद्देश्य नेपाल सरकारले ०७७ मंसिर १५ गते भोजपुरका ९ ओटा स्थानीय तहमध्ये ७ ओटा स्थानीय तहहरुमा ५ देखि १५ बेडसम्मको आधारभूत स्वास्थ्य अस्पताल शिलान्यास गरेको थियो । संघीय सरकारले नागरिकहरुलाई सहजरुपमा स्वास्थ्य सेवा दिने उद्देश्यले आधारभूत स्वास्थ्य अस्पतालको शीलान्यास गरे पनि निर्माण कार्यमामा ढिलाई हुँदा दुर्गम भेगका नागरिक सरकारले प्रदान गर्ने स्वास्थ्य सेवाबाट वञ्चित भएका छन् । जिल्लाको पौवादुङमा गाउँपालिका, अरुण गाउँपालिका, साल्पासिलिछो गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका, रामप्रसादराई गाउँपालिका, आमचोक गाउँपालिका र हतुवागढी गाउँपालिकामा पाँचदेखि १५ बेडको अस्पताल शिलान्यास गरिएको हो ।  सात ओटा मध्ये पाँच ओटा अस्पतालको टेण्डर प्रक्रिया सम्पन्न भएर काम शुरु भई सकेको छ । त्यस्तै अरुण गाउँपालिकाले कात्तिक १४ गते टेण्डर खुलाउने जानकारी दिएको छ भने रामप्रसादराई गाउँपालिकाको भने जग्गा अभावका कारण सम्पूर्ण काम अलपत्र अस्थामा रहेको छ । पौवादुङमा गाउँपालिकाको अस्पताल निमार्णको काम भने २० प्रतिशत सम्पन्न भएको गाउँपालिका अध्यक्ष किरण राईले बताए । २०७७ फागुन महिनामा ४ करोड ८१ लाख १४ हजारमा टेण्डर लागेको उक्त अस्पताल ५ बेडको निमार्ण हुने प्रमुख प्रशासकिय अधिकृत रामेश राईले बताए । हालसम्म फाउन्डेसन खन्ने जग बसाउने लगायतको काम सम्पन्न भइसकेको छ ।  त्यस्तै साल्पासिलिछो गाउँपालिकामा पनि ६ करोड ६५ लाख लागतमा ५ बेडको अस्पताल निर्माणको लागि २०७८ असार महीनामा टेण्डर प्रक्रियाबाट काम शुरु भएको गाउँपालिका अध्यक्ष महेश राईले जानकारी दिए । वर्षातका कारण सामान ढुवानी गर्न यातयातको समस्या हुँदा काममा केहि ढिलाई भएको अध्यक्ष राईले बताए । बाटो राम्रो भएपछि कामले गति लिने अध्यक्ष राईको दाबी छ । आमचोक गाउँपालिकामा पनि १२ करोड ५० लाख लागतमा १० बेडको अधारभूत स्वास्थ्य अस्पताल निमार्णको लागि २०७८ वैशाखमा टेण्डर प्रक्रिया सम्पन्न भइसकेको छ । भवनको डिपिआर तयार गर्दा केही ढिलाइ भएको भए पनि समयमै काम सम्पन्न गर्न निमार्ण कम्पनीलाई तागेता गर्ने गाउँपालिका अध्यक्ष अशोक राईले बताए ।  केन्द्र सरकारले ५ बेडको अस्पाल निर्माणको लागि निर्देशन गरेको भएपनि गाउँपालिकाका जनतालाई मध्यनजर गर्दै गाउँपालिकाको आर्थिक साझेदारीमा १० बेडको अस्पताल निर्माणको काम शुरु गरिएको अध्यक्ष राईले बताए  । हतुवागढी गाउँपालिकामा १६ करोड लागतमा २०७८ असार महीनामा टेण्डर प्रक्रिया मार्फत १५ बेडको अस्पताल निमार्णको काम शुरु गरिएको छ । केन्द्र सरकारको एक स्थानीय तह एक आधारभूत स्वास्थ्य अस्पताल निर्माण कार्यक्रम अन्तर्गत अस्पताल निर्माण गरिएको गाउँपालिका अध्यक्ष प्रेम कुमार राईले बताए ।  अस्पताल अभावका कारण गाउँपालिकाका नागरिक स्वास्थ्य सेवाबाट वञ्चित हुनु परेको थियो । अस्पताल निर्माण पश्चात आधारभुत स्वास्थ्य सेवाबाट कोही पनि वञ्चित हुनु नपर्ने अध्यक्ष राईको भनाइ छ । यता रामप्रसादराई गाउँपालिकाले भने जग्गा अभावका कारण अस्पताल निर्माणको कुनै काम सञ्चालन नगरेको गाउँपालिका उपाध्यक्ष सम्झना राईले बताइन् । राईले भनिन् ‘अस्पताल निर्माणको लागि नौ रोपनी जग्गा आवश्यक पर्ने रहेछ । हामीले भर्खर जग्गा टुङ्गो लगाई सकेका छौँ । अब चाडै अस्पतालको नाममा जग्गा पास गरेपछि अस्पताल निर्माणको काम शुरु हुन्छ ।’ षडानन्द नगरपालिकामा भने यो भन्दा पहिलानै १५ बेडको गान्दी मेमरीयल अस्पताल निर्माण भई सकेकोले त्यसैबाट नगरपालिकाका नागरिकलाई सेवा प्रदान गरिने भएकाले अस्पताल निर्माणको प्रक्रिया नगरेको मेयर विरवल राईले जानकारी दिए । भोजपुर नगरपालिकाकामा भने जिल्ला अस्पताल सञ्चालन भएकाले आधारभूत स्वास्थ्य अस्पतालको काम नगरिएको उपप्रमुख ममिता राईले बताइन् । जिल्लामा ६६ स्वास्थ्य चौकी, ११ आधारभूत स्वास्थ्य सेवा केन्द्र, ३ प्राथमिक स्वास्थ्य केन्द्र, ३ सहरी स्वास्थ केन्द्र, ७ सामुदायिक स्वास्य ईकाई ७ र १ जिल्ला अस्पताल रहेको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख फणिन्द्र थापाले बताए । स्थानीय तहमा आधारभूत स्वास्थ्य अस्पताल निर्माण भइरहेको भएपनि केन्द्र सरकारले हामीसँग कुनै समन्वय नगरी सिधै स्थानीय तहसँग काम गर्ने भएकाले आफुलाई त्यस विषयमा कुनै जानकारी नभएको प्रमुख थापाले बताए ।

बलेवामा नगर अस्पताल सञ्चालन

पर्वत । पर्वतको सदरमुकाम कुश्मा बजारसँगै जोडिएको बलेवामा नगर अस्पताल सञ्चालनमा आएको छ । बागलुङ नगरपालिकाका तीन वडाका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले उक्त अस्पताल स्थापना गरिएको हो । बलेवाको पैयुँपाटास्थित स्वास्थ्यचौकीको स्तर वृद्धि गरी नगर अस्पताल सञ्चालन गरिएको हो । शुक्रवार नगरप्रमुख जनकराज पौडेलले सो अस्पतालको उद्घाटन गरे । तत्काल पुरानै संरचनामा अस्पताल सञ्चालन गरिएको छ । ‘एक वर्षभित्र सुविधासम्पन्न नयाँ भवन निर्माण गर्छौं, जनशक्ति समेत थप्ने योजना छ,’ पौडेलले भने । स्थानीयवासीको सहयोगमा अस्पताल निर्माणका लागि ९ रोपनी जग्गाको व्यवस्था गरिएको छ । नयाँ भवन बनाउन १८ करोड बजेट विनियोजन गरिएको छ ।      ‘एक स्थानीय तह, एक अस्पताल’ नीतिअन्तर्गत पैयुँपाटामा नगर अस्पताल स्थापना गरिएको हो । अस्पतालमा तीन चिकित्सकसहित २७ जनाको जनशक्तिको व्यवस्था गरिने नगरपालिकाले बताएको छ । हाल यहाँ सिनियर अहेव, हेल्थ असिस्टेण्ट, अनमी, कार्यालय सहयोगसहित आठ कर्मचारी कार्यरत छन् । उक्त अस्पताल सञ्चालनमा आएसँगै बागलुङ नगरपालिकाका पैयुँपाटा, नारायणस्थान र अमलाचौरका झन्डै २७ हजार नागरिक लाभान्वित हुने पैयुँपाटाका वडाध्यक्ष नारायण शर्मा पौडेलले जानकारी दिए । ‘सरकारी सहयोगसँगै स्थानीयवासीबाट सहयोग संकलन समेत भइरहेको छ,’ उनले भने । रासस

जिल्ला अस्पताल खोटाङ स्तरोन्नति गरिँदै

खोटाङ । १५ शय्यामा सञ्चालित जिल्ला अस्पताल खोटाङलाई ५० शय्यामा स्तरोन्नति गर्ने काम शुरुआत गरिएको छ । २०४९ वैशाख १ गते स्थापना गरिएको अस्पतालको पुरानो भवन हटाएर नयाँ भवन निर्माण गर्न घडेरी सम्याउने काम शुरू गरिएको हो ।       अस्पतालमा सञ्चालित बिरामी भर्ना,सुत्केरी गराउने ठाउँ, शल्यक्रिया र आकस्मिक कक्षलगायतका सेवा सञ्चालित भवनलाई भत्काएर भवन निर्माणको तयारी थालिएको अस्पताल प्रमुख डा. वैभव मल्लिकले बताए । ४० मिटर लम्बाइ र २० दशमलव ५ मिटर चौडाइ हुने चारतले आरसिसी पक्की भवन निर्माणको जिम्मा ठेकेदार कम्पनी श्यामसुन्दर÷रामसुन्दर नेपाल/फूलबारी जेभीले लिएको छ ।          संघीय सरकारको करीब २१ करोडका लागतमा ३० महिनाभित्र भवन निर्माणको काम सक्ने गरी गत असारमा अस्पतालको भवन निर्माणको ठेक्का सम्झौता गरिएको निर्माण कम्पनीका इञ्जीनियर राजकिशोर साहले जानकारी दिए । जिल्लाको एकमात्र सरकारी अस्पतालमा उपचार सेवालाई निरन्तरता दिनका लागि पुरानो भवन भत्काउनुअघि नजिकै प्रिफ्यावको अस्थायी भवन निर्माण शुरू गरिएको छ । चारतले पक्की भवनको पहिलो तलामा ओपीडी, इमर्जेन्सी, शल्यक्रिया र एक्स–रे कक्ष सहित फार्मेसी, सेक्युरिटी रूमलगायतका संरचना निर्माण गरिने बताइएको छ । दोस्रो तलामा प्रसूतिसम्बन्धी सेवा तथा प्रसूतिसम्बन्धी शल्यक्रिया, तेस्रो तलामा आइसीयू र आइसोलेशन कक्ष, क्याबिन तथा चौथो तलामा प्रशासन, लेखा, सेमिनार हललगायत संरचना निर्माण गरिनेछ । जिल्लाको एकमात्र सरकारी अस्पताललाई सुविधायुक्त बनाउन स्तरोन्नतिको काम शुरू गरिएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष बबि चाम्लिङले बताए । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सञ्चालित जिल्ला अस्पतालमा शय्या अभाव हुँदा बिरामीको चाप बढेका समयमा भुइँमा राखेरसमेत उपचार गर्ने गरिएको स्वास्थ्यकर्मीले बताएका छन् । पुरानो संरचनाका भवनमा सञ्चालित अस्पतालमा शय्या अभावकै कारण कतिपय समयमा अस्पताल भर्ना भएका बिरामी नजिकको होटल तथा आफन्तको कोठाबाट धाएरसमेत उपचार गराउन बाध्य छन् । स्थापनाकालकै भवन तथा आवास गृहमा सञ्चालित अस्पताल तोकिएको समयसम्म चिकित्सकसमेत बस्दैनन् । अस्पतालमा चिकित्सकका लागि आवश्यक सुविधा तथा बस्ने वातावरण नभएकै कारण उनीहरू तोकिएको अवधिसम्म नबसेको बताइएको छ । दश स्थानीय तह रहेको जिल्लामा दुई प्राथमिक स्वास्थ्य केन्द्र तथा तीन सामुदायिक अस्पताल सञ्चालनमा छन् । जिल्लामा सञ्चालित सामुदायिक अस्पतालको सेवासमेत भरपर्दो नहुँदा सामान्य किसिमका बिरामीलाई पनि थप उपचारका लागि राजधानी काठमाडौंलगायतका सुविधयुक्त अस्पताल लैजानुपर्ने बाध्यता छ । रासस

https://www.onlinekhabar.com/2020/03/841163

२० फागुन, रामेछाप । जिल्लाका स्थानीय तहहरू अस्पताल सञ्चालन गर्ने होडबाजी देखिएको छ । स्वास्थ्य संस्थाहरूको सीमितताबीच यहाँका स्थानीय तह चिकित्सक र शय्यासहितका अस्पताल सञ्चालनको गृहकार्यमा जुटेका हुन् । संघीय संरचनामा जानुपूर्व रामेछामको जिल्ला अस्पताल, प्राथमिक …