‘नगरपालिकाको प्रशासनिक भवनमा अस्पताल सञ्चालन’

कांग्रेस–माओवादी गठबन्धनले तिलोत्तमा नगरपालिकाको नव निर्मित प्रशासनिक भवनलाई नगर अस्पतालमा रुपान्तरण गर्ने प्रतिवद्धता जनाएको छ ।

सम्बन्धित सामग्री

दश महिनादेखि दमौली अस्पताल प्रमुखविहीन

काठमाडौँ,२९ माघ । तनहुँको सदरमुकाममा अवस्थित दमौली अस्पताल विगत १० महिनादेखि प्रमुखविहीन बनेको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेट डा सुनिल पौडेल सरुवा भएर गएदेखि अस्पताल प्रमुखविहीन बनेको हो । गत वर्ष चैतदेखि अस्पताल निमित्तको भरमा सञ्चालन हुँदै आएको छ । निमित्तको भरमा अस्पताल सञ्चालन हुँदा प्रशासनिक काममा असर पुगेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र […]

म्याग्दीको मंगलामा अस्पताल निर्माण गरिँदै

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–५ हाँडेभिरमा पालिकास्तरीय अस्पतालको भवन निर्माण थालिएको छ । संघीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजनानुसार मंगलाको केन्द्र बाबियाचौरसँगै रहेको हाँडेभिरमा भवन निर्माण हुन लागेको हो । मंगला गाउँपालिकाका इञ्जीनियर सुजन पौडेलले १० शøया क्षमताको अस्पतालका लागि एक हजार १२४ दशमलव ६४ वर्गमिटर क्षेत्रफलमा दुई भवन निर्माण थालिएको जानकारी दिए ‘आकस्मिक, अन्तरंग, बहिरंग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण, उपचारका लागि छुट्टाछुट्टै कक्षसहितको भूकम्प प्रतिरोधी क्षमताको अपांगतामैत्री भवन बनाउन लागिएको हो,’ उनले भने, ‘आगामी २०८० असारसम्म भवन निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।’ भवन निर्माणका लागि ओमबुद्ध इन्टरनेशनल कन्स्ट्रक्शन काठमाडौंसँग २०७८ असारमा ९ करोड ११ लाखमा ठेक्का सम्झौता गरिएको थियो । भवनको कुल १२ करोड ९७ लाख लागत अनुमान गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुंगानाका अनुसार दुई भवनमा ३५ कोठा निर्माण गरिनेछ । २०७७ पुस १५ गते सो अस्पताल भवनको गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले शिलान्यास गरेका थिए । अस्पतालका लागि अर्मन स्वास्थ्यचौकी परिसरमा तीन वर्षअघि आठ रोपनी जग्गा व्यवस्थापन गरिएको थियो । मंगलाका साथै म्याग्दीको अन्नपूर्ण र धवलागिरि गाउँपालिकाले पनि आधारभूत अस्पताल भवन निर्माण शुरू गरेका छन् । रासस

म्याग्दीको दोबामा अस्पताल भवन निर्माण शुरु

मंसिर २२, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबामा पालिकास्तरीय अस्पतालको भवन निर्माण शुरु गरिएको छ । संघीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजनाअनुसार दोबामा भवन निर्माण हुन लागेको हो । गाउँपालिकाका इञ्जिनीयर ईश्वरबहादुर भण्डारीले अपाङ्गमैत्री पाँच शय्या क्षमताको भूकम्प प्रतिरोधी दुईतले भवन निर्माण शुरु गरिएको जानकारी दिए । ‘आकस्मिक, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण, उपचारका लागि छुट्टाछुट्टै कक्षसहितको भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन बनाउन लागिएको हो’, उनले भने । उनका अनुसार आगामी २०७९ असोजमा भवन निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।  भवन निर्माणका लागि रविना–अमित जेभीले रू. पाँच करोड १२ लाख ६० हजार ६५२ मा ठेक्का सम्झौता गरेको छ । रू. छ करोड ८३ लाख ५० हजार ८० लागत अनुमान गरिएको थियो । विसं २०७८ वैशाख १७ गते सम्झौता गरेका ठेकेदारले जग्गा व्यवस्थापन सकेर भवन निर्माण शुरु गरेको प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेलले बताए । निर्धारित समयभित्र नै भवन निर्माण सम्पन्न गर्ने लक्ष्यसहित औजार, निर्माण सामग्री जुटाएर मजदूर परिचालन गरेको निर्माण व्यवसायीले बताएका छन् । दोबाका बासिन्दाले अस्पताल निर्माण गर्न १२ रोपनी सात आना दुई दाम क्षेत्रफलको जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।  सो जग्गाको स्थानीय बजार मूल्य रू. एक करोडभन्दा बढी छ । दोबाका वडाध्यक्ष दिलीपकुमार गर्बुजाका अनुसार नौप्रसाद पुर्जाले एक रोपनी तीन पैसा, यादवबहादुर गर्बुजाले एक रोपनी आठ आना, गमबहादुर गर्बुजाले एक रोपनी १० आना, अमरबहादुर गर्बुजाले पाँच रोपनी चार आना, घमती पुर्जाले १३ आना, कर्णबहादुर पुर्जाले दुई रोपनी दुई आना र टीकाबहादुर पुर्जाले साढे दुई आना जग्गा निःशुल्क उपलब्ध गराएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गाउँपालिकालाई अस्पताल निर्माण गर्न गत आर्थिक वर्ष २०७७/७८ मा रू. ७० लाख पठाएको थियो । यस वर्ष मन्त्रालयले बजेट पठाउन ढिलाइ गरेको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए ।  विनियोजन भएको बजेट समयमै खर्च गर्ने अख्तियारी आएमा निर्माण व्यवसायीलाई छिटो काम गराउन दबाब दिन सकिने उनको भनाइ  छ । भवन निर्माणका लागि रविना–अमित जेभीले रू. पाँच करोड १२ लाख ६० हजार ६५२ मा ठेक्का सम्झौता गरेको छ । रू. छ करोड ८३ लाख ५० हजार ८० लागत अनुमान गरिएको थियो । विसं २०७८ वैशाख १७ गते सम्झौता गरेका ठेकेदारले जग्गा व्यवस्थापन सकेर भवन निर्माण शुरु गरेको प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेलले बताए । निर्धारित समयभित्र नै भवन निर्माण सम्पन्न गर्ने लक्ष्यसहित औजार, निर्माण सामग्री जुटाएर मजदूर परिचालन गरेको निर्माण व्यवसायीले बताएका छन् । दोबाका बासिन्दाले अस्पताल निर्माण गर्न १२ रोपनी सात आना दुई दाम क्षेत्रफलको जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।  सो जग्गाको स्थानीय बजार मूल्य रू. एक करोडभन्दा बढी छ । दोवाका वडाध्यक्ष दिलीपकुमार गर्बुजाका अनुसार नौप्रसाद पुर्जाले एक रोपनी तीन पैसा, यादवबहादुर गर्बुजाले एक रोपनी आठ आना, गमबहादुर गर्बुजाले एक रोपनी १० आना, अमरबहादुर गर्बुजाले पाँच रोपनी चार आना, घमती पुर्जाले १३ आना, कर्णबहादुर पुर्जाले दुई रोपनी दुई आना र टीकाबहादुर पुर्जाले साढे दुई आना जग्गा निःशुल्क उपलब्ध गराएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गाउँपालिकालाई अस्पताल निर्माण गर्न गत आर्थिक वर्ष २०७७/७८ मा रू. ७० लाख पठाएको थियो । यस वर्ष मन्त्रालयले बजेट पठाउन ढिलाइ गरेको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए । विनियोजन भएको बजेट समयमै खर्च गर्ने अख्तियारी आएमा निर्माण व्यवसायीलाई छिटो काम गराउन दबाब दिन सकिने उनको भनाइ छ

६ करोडकाे लागतमा अस्पताल भवन निर्माण सुरू

म्याग्दी :  अन्नपूर्ण गाउँपालिका-१ दोबामा पालिकास्तरीय अस्पतालको भवन निर्माण सुरू गरिएको छ।संघीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजनाअनुसार दोबामा भवन निर्माण हुन लागेको हो। गाउँपालिकाका इञ्जिनियर ईश्वरबहादुर भण्डारीले अपांगमैत्री पाँच शैया क्षमताको भूकम्प प्रतिरोधी दुईतले भवन निर्माण सुरू गरिएको जानकारी दिए।‘आकस्मिक, अन्तरंग, बहिरंग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण, उपचारका लागि छुट्टाछुट्टै कक्षसहितको भूकम्प प्रतिरोधी क्षमताको अपांगमैत्री भवन बनाउन

सूर्यविनायकमा ५० शय्याको अस्पताल निर्माण

कोरोनाको तेस्रो लहरका लागि तयारी गर्दै सूर्यविनायक नगरपालिकाले नगरवासीका साथै अन्य नागरिकको उपचार गर्न ५० शय्याको सूर्यविनायक नगर अस्पताल सञ्चालन गर्ने भएको छ । अक्सिजन प्लान्टसहित सञ्चालन गर्ने अस्पतालको भवन निर्माण कार्य सम्पन्न भएको छ । सूर्यविनायक–८ जगाती चोकमा भक्तपुर इँटा तथा टायल कारखानाले प्रयोग गर्दै आएको सरकारको ३० रोपनी क्षेत्रफलमा अस्पताल सञ्चालनका लागि भवन निर्माण गरिएको हो । नगरपालिकाका प्रमुख वासुदेव थापाले निर्माण सम्पन्न भएको भवन र अस्पतालका लागि जडान भइरहेको विभिन्न प्राविधिक सामानहरुको अवस्थाका बारेमा अनुगमन गर्नुभएको छ । उहाँले अस्पतालको प्रशासनिक भवन, आकस्मिक कक्ष, आइसियू तथा भेन्टिलेटर कक्ष, ओपीडी, जनरल वार्ड, अक्सिजन प्लान्टलगायत संरचनाको निर्माणको अवस्थाको अवलोकन गर्दै जतिसक्दो छिटो काम सक्न निर्देशन दिनुभयो ।

वीर अस्पतालको प्रमुख को हो

नेपाल सरकारले कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश जारी गरेसँगै कोभिड–१९ संक्रमणविरुद्ध जुध्न नयाँ प्रशासनिक संरचना बनेको छ । गत जेठ ६ गते जारी भएको अध्यादेशमा कोभिड–१९ संक्रमितको निदान उपचारका लागि केन्द्रीय अस्पताल सञ्चालन गर्ने व्यवस्था गरिएको छ । यसै व्यवस्था अनुसार काठमाडौंको वीर अस्पताललाई अहिले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल बनाइएको छ ।अध्यादेशमा भएअनुसार अस्पताल सञ्चालनको लागि […]