काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सबै दलले चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन्। सत्ता गठबन्धनमा रहेका दल सहित एमालेले पनि स्वास्थ्यका विषयलाई महत्त्व दिएको छ। एमालेले मुख्यतया स्थानीय तहमा हाल निर्माण भइरहेका ५‚ १० र १५ शय्याको स्थानीय तह आधारभूत अस्पताल दुई वर्षभित्र निर्माण सम्पन्न गरेर समयमै अस्पताल सञ्चालन गर्ने आफ्नो घोषणापत्रमा महत्त्वाकांक्षीका साथ समावेश गरेको छ। एमालेले आफ्नो घोषणापत्रमा भनेको छ‚ ‘शिलान्यास गरेका पाँच, दश र पन्ध्र