युरोकपमा फ्रान्सले शनिबार नेपाली समयअनुसार ६ः४५ मा हुने खेलमा हंगेरीको सामना गर्दैछ । यसअघि जर्मनीलाई उसैको मैदानमा १–० ले हराउँदै फ्रान्सले प्रतियोगितामा विजयी सुरुवात गरेको थियो । यता, घरेलु मैदानमै पोर्चुगलसँग हंगेरी ३–० ले पराजित भएको थियो । तर, हंगेरीले तीनवटै गोल अन्त्यमा गएर खाएको थियो । खेलको ८४ मिनेटसम्म उसले डिफेन्डिङ च्याम्पियन पोर्चुगललाई गोल गर्न दिएको थिएन । अन्तर्राष्ट्रिय फुटबलमा कुनै खेल सहज हुन्न भन्ने दृष्टान्त यो खेल थियो । हंगेरीले पहिलो हाफमा गरेको उत्