युरोकप : पहिलो खेलमा फ्रान्स र हंगेरी भिड्ने

एजेन्सी। युरोकप फुटबलअन्तर्गत आज हुने पहिलो खेलमा समूह 'एफ'को फ्रान्स र हंगेरी भिड्दैछन्। हंगेरीको पुस्कास रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ६:४५ बजेबाट सुरु हुनेछ। दुबै टोलीको यो समूह चरणको दोस्रो खेल हो। यसअघि भएको पहिलो खेलमा फ्रान्सले जर्मनीलाई १-० ले पराजित गरेको थियो। हंगेरी साविक विजेता पोर्चुगलसँग ३-० ले पराजित भएको थियो।

सम्बन्धित सामग्री

आगामी युरोकप छनौटको लागि समुह निर्धारण, कुन देश कुन समुहमा ? (सूचीसहित)

आगामी युरोकपको छनौट प्रतियोगिताको लागि समुह निर्धारण भएको छ । युरोपेली फुटबल संघले जर्मनीमा आज आयोजित एक कार्यक्रममा ड्र मार्फत १० वटा समुह निर्धारण गरेको हो ।छनौट प्रतियोगितामा ५३ टिमले सहभागिता जनाउने छन् । जस मध्येबाट २४ वटा देशमात्र युरोकपको लागि छनौट हुने छन् । युरोकपको आगामी संस्करण सन् २०२४ मा जर्नामीमा हुने छ । आयोजकको हिसाबले जर्मनी प्रतियोगिताको लागि स्वत छनौट भएको छ । रुसलाई भने फिफाले प्रतिबन्ध लगाएको कारण छनौटमा सहभागी गराईएको छैन । अब १० वटा समुहमा रहेका हरेक देशले आफ्नो समुहमा रहेका अन्य देशसँग समान २-२ खेल खेल्ने छन् । त्यसपछि समुह विजेता र समुहका उप बिजेता युरोकपको लागि छनौट हुने छन् । यसरी हरेक समुहको बिजेता र उपविजेता गरि २० टिम युरोकपको लागि छनौट हुने छन् । जर्मनी छनौट भईसकेको छ । युरोकपमा कुल २४ राष्ट्र खेल्ने भएकोले बाँकि ३ देश भने प्ले अफ मार्फत छनौट हुने छन् । आगामी युरोकप सन् २०२४ को जुन १४ देखि जुलाई १४ सम्म हुने छ । छनौट चरणका खेलहरु भने सन् २०२३ को मार्च २३ देखि सुरु भई सन् २०२४ को २६ मार्चमा अन्त्य हुने छ । यस अघि युरोकप सन् २०२० मा भएको थियो । उक्त प्रतियोगिताको उपाधि इटालीले जितेको थियो । जर्मनी र स्पेनले सर्वाधिक ३-३ पटक युरोकपको उपाधि जितेका छन् । युरोकप छनौटको लागि ८ वटा समुहमा ५ टिम छन् भने बाँकि २ वटा समुहमा ६ टिम छन् । हेर्नुस् सन् २०२४ को युरोकप छनौटको लागि गरिएको समुह विभाजन । समुह ए : स्पेन, स्कटल्याण्ड, नर्वे, जर्जिया, साइप्रस समुह बि : नेदरल्याण्ड, फ्रान्स, रिपब्लिक अफ आयरल्याण्ड, ग्रिस, गिब्रलटार समुह सी : इटाली, ईङल्याण्ड, युक्रेन, नर्थ मेसोडोनिया, माल्टासमुह डि: क्रोएसिया, वेल्स, अर्मेनिया, तार्कि, लटभिया समुह ई : पोल्याण्ड, चेक रिपब्लिक, अल्बेनिया, फेरु आईल्याण्ड, मोल्डोभासमुह एफ : बेल्जियम , अष्ट्रिया, स्वीडेन, अजरबैजान, इस्टोनिया समुह जी: हंगेरी, सर्बिया, मोन्टेनेग्रो, बुल्गेरिया, लिथुएनियासमुह एच : डेनमार्क, फिनल्याण्ड, सोल्भेनिया, काजकस्थान, नर्थन आयरल्याण्ड, सान मारियोसमुह आई: स्विजरल्याण्ड, इजरायल, रोमानिया, कोसोभो, बेलारुस, एन्डोरा समुह जे : पोर्चुगल, बोस्निया एण्ड हर्सगोभिना, आइसल्याण्ड, लक्जेम्बर्ग, सोल्भाकिया, लिकटिस्टाईन

युरोकप २०२० : यस कारण रोचक छन् समूह ‘एफ’ अन्तर्गत आज हुने खेल

यो समूहमा विश्व विजेता फ्रान्स, युरोकपको साविक विजेता पोर्चुगल र सन् २०१४ को विश्वकप विजेता जर्मनी छन् । यही समूहमा रहेको हंगेरी पनि सशक्त टिमका रूपमा उदाइरहेको छ

फ्रान्स र हंगेरी १–१ को बराबरीमा रोकिए

एजेन्सी। युरोकप फुटबलअन्तर्गत शनिबारको पहिलो खेलमा फ्रान्सले हंगेरीसँग१–१ को बराबरी खेल्दै अंक बाँडेको छ। पुस्कास रंगशाला हंगेरीमा सम्पन्न खेलमा पहिलो अग्रता हंगेरीले लिएको थियो। हंगेरीका एट्टिल्ला फोइलाले पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै टोलिलाई पहिलो अग्रता दिलाएका थिए। फ्रान्सका एन्टोनिओ ग्रीजमनले खेलको६६ औं मिनेटमा गोल गर्दै टोलीलाई हारबाट जोगाए।प्रतियोगिताको यसअघिको पहिलो खेलमा फ्रान्सले जर्मनीलाई१–० ले पराजित गरेको थियो।

युरोपक : विजेताहरूको भिडन्त आज राति

काठमाडाैं : १६ औं संस्करणको युरो कप फुटबलमा आज (मंगलबार) ग्रुप अफ डेथ मानिएको समूह 'एफ' का दुई खेलहरु हुँदैछन्। युरोकपको स्वाद चाखिसकेका ३ देशले आज प्रतिस्पर्धा गर्दैछन्।पहिलो खेलमा पोर्चुगल र हंगेरी तथा दोस्रो खेलमा फ्रान्स र जर्मनीबीच प्रतिस्पर्धा हुनेछ।आज हुने दोस्रो खेलमा विश्वकप विजेता फ्रान्सले जर्मनीसँग खेल्नेछ। यी दुईबीचको खेल राति पौने १ बजे जर्मनीकोम्युनिखस्थित एलिनाज स्टेडियममा हुनेछ।घरेलु टिमको चुनौती चिर्दै फ्रान्स तेस्रो पटक युरोकप जित्ने अभियानमा दौडने प्रयासमा छ भने

युरोकप फुटबल : आज जर्मनी र फ्रान्स समूह चरणको खेलमा आमने–सामने हुँदै

जर्मनी र फ्रान्स आज युरोकप फुटबलको समूह चरणको खेलमा आमने–सामने हुँदैछन् । यो खेल नेपाली समयअनुसार १२:४५ मा जर्मनीको म्युनिखमा हुनेछ । ग्रुप अफ डेथ मानिएको समूह एफमा यी दुई टोलीसँगै साबिक विजेता पोर्चुगल र हंगेरी पनि छन् । वर्तमान विश्व विजेता फ्रान्सले दुईपटक विश्वकप र दुईपटक युरोकप उपाधि जितेको छ । यता, जर्मनीले चार पटक विश्वकप जितेको इतिहास छ । युरोकपमा सर्वाधिक धेरै उपाधि जित्ने कीर्तिमान जर्मनी र स्पेनको नाममा संयुक्त छ, दुबैले तीन–तीनपटक उपाधि जितेका छन् ।अब इतिहास छाडेर अह

युरोकपमा आज दुई खेल हुँदै

एजेन्सी।युरोकप फुटबलमा आज (मंगलबार) समूह 'एफ'का दुई खेल हुँदैछन्। पहिलो खेलमा पोर्चुगल र हंगेरी तथा दोस्रो खेलमा फ्रान्स र जर्मनीबीच प्रतिस्पर्धा हुँदैछ। साविक विजेतासमेत रहेको पोर्चुगलले हंगेरीसँग उसैको घरेलु मैदान बुडापेस्टको पुस्कास एरिनामा नेपाली समयअनुसार राति ९:४५ बजेबाट खेल्दैछ। दोस्रो खेलमा साबिक उपविजेता तथा २०१८ को विश्वकप विजेता फ्रान्सले जर्मनीविरुद्ध राति १२:४५ बजे खेल्दैछ। खेल जर्मनीको म्युनिखस्थित एलिनाज रंगशालामा हुँदैछ।