आफू र आफ्ना परिवार, आफन्त, नातागोता सबै सुखी भैसके ! आफू बसेको आसपास समृद्धि छाइसक्यो । पार्टीको नाम र नारामा समाजवाद जोडेपछि समुदाय र समाजमा समेत समाजवाद आइसक्यो । मतलब सबै नागरिक सुखी भए, देश पुरै समृद्ध भयो ।
सुख र समृद्धिले दुनियाँ हराभरा भएको र समाजमा हरियाली छाएको फेदमा बसेर देखिंदैन । फेदबाट हेर्दा जताततै भुईंमान्छे मात्र देखिन्छन् । भुइमान्छेका गलित, दलित, दु:खी र निराश अनुहार र तिनको अनुहारमा छल्कने दुःखकष्ट मात्र देखिन्छ । भुईंमान्छेबाट आफूलाई माथि उठाएका मानिसले फेरि आफ्नै पुरानो अनुहार र ...