गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध पेश गरेको अविश्वासको प्रस्तावमाथि प्रदेश सभामा बुधवार नै मत विभाजन हुने भएको छ ।
प्रदेश सभाको बुधवारको बैठकको कार्यसूचीमा अविश्वासको प्रस्ताव निर्णयार्थ पेश गर्ने उल्लेख छ । बैठकको शुरुमा छलफल गराउने, त्यसपछि मुख्यमन्त्री गुरुङले जवाफ दिने र अन्तिममा मत विभाजनमा लैजाने तयारी छ ।
सोमवार शुरु प्रदेश सभाको विशेष अधिवेशनको शुरुको दिनमै कांग्रेस संसदीय दलका नेता कृष्ण चन्द्र पोखरेल नेपालीले गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका थिए । नेपाली कांग्रेस, माओवादी के...