सिमानाकाबाट अवैध रूपमा हरियो केराउको निकासी बढेपछि सुरक्षा निकायले सीमावर्ती क्षेत्रका गोदाम र ढुवानी हुँदै गरेका सवारीसाधनबाट धमाधम केराउ बरामद गर्न थालेको छ । स्थानीयले केराउको तस्करी मौलाएको भन्दै प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई तस्करी रोक्न दबाब दिंदै आएका छन् । स्थानीयको दबाबपछि हरियो केराउन नियन्त्रणले व्यवसायीमा खैलाबैला मच्चिएको छ ।