बाणिज्य बैकको निक्षेप र कर्जा वृद्धि, तरलता हट्ने संकेत

काठमाडौं । बााणिज्य बैकहरुको निक्षेप र कर्जा दुवैमा वृद्धि भएको छ । यहि भदौ १७ देखि २४ गतेसम्मको तथ्याङ्क अनुसार २६ बाणिज्य बैकको निक्षेपमा आठ अर्बले वृद्धि भएको छ भने कर्जा विस्तार सात अर्ब बढीले बढेको नेपाल बैकर्स संघले जनाएको छ । एक साता अघि ४४ खर्ब ३७ अर्ब रहेको बाणिज्य बैकको निक्षेप एक सातााको […]

सम्बन्धित सामग्री

बैंकसँग ६ खर्बभन्दा बढी थप कर्जा दिने क्षमता

काठमाडौं । बैंक, वित्तीय संस्थामा ६ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य पूँजी थुप्रिएको छ । निक्षेप वृद्धिको तुलनामा कर्जा प्रवाह हुन नसकेपछि बैंकमा तरलता निकै बढेको छ । नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत लगातार प्रशोचन गरे पनि तरलता बढिरहेको छ ।  राष्ट्र बैंकको तथ्यांकअनुसार शनिवारसम्ममा बैंकहरूले ६० खर्ब ८५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ५० खर्ब ३३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । शनिवार बैंकहरूको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७९ दशमलव ९६ प्रतिशतमा झरेको छ ।  बैंकहरूले ९० प्रतिशतसम्म यस्तो अनुपात कायम गरी कर्जा दिन सक्ने प्रावधानअनुसार बैंकसँग थप ६ खर्ब १० अर्ब कर्जा विस्तारको क्षमता भएको हो । राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेल चालू आर्थिक वर्ष (आव) मा निक्षेप वृद्धिको तुलनामा कर्जा वृद्धि कम हुँदा अधिक तरलता देखिएको बताउँछन् । ‘विप्रेषण आप्रवाहमा भएको वृद्धिले चालू वर्षमा बैंकहरूको निक्षेप वृद्धिदर बढेको छ,’ उनले भने, ‘त्यसअनुसार कर्जा प्रवाह नहुँदा बैंकहरूमा अधिक तरलता देखिएको हो ।’ राष्ट्र बैंकका अनुसार चालू आवमा बैंकहरूमा ३ खर्ब १४ अर्ब रुपैयाँ निक्षेप वृद्धि हुँदा कर्जा १ खर्ब ५५ अर्ब रुपैयाँले मात्र बढेको छ ।  राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै नीतिगत दर घटाउनुका साथै घरजग्गा, शेयर, गाडीलगायत क्षेत्रमा कर्जा प्रवाहको नीतिमा पुनरवलोकन गरिसकेको छ । बैंकहरूले पनि पुुसमा ब्याजदर घटाएका छन् । तैपनि कर्जा प्रवाह अपेक्षाकृत बढ्न सकेको छैन ।  बढ्दो विप्रेषण आप्रवाहले बैंकहरूको निक्षेप बढ्यो, त्यो अनुसार कर्जा प्रवाह नबढ्दा तरलताको थुप्रो बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले लगातार प्रशोचन गरिरहेको छ । मङ्सिर ६ गतेदेखि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणबाट तरलता प्रशोचन गर्न थालेको हो । केन्द्रीय बैंकले पुस १९ गतेसम्ममा १८ पटक गरी बजारबाट २ खर्ब ८२ अर्ब २० करोड रुपैयाँ तरलता प्रशोचन गरिसकेको छ । उसले मंगलवार पनि १४ दिन अवधिका लागि ३५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्दै छ ।  अधिक तरलताका कारण दैनिक औसत अन्तरबैंक ब्याजदर कोरिडोरको सीमाभित्र कायम राख्न बैंकलाई हम्मे परेको छ । चार महीनापछि गत मंगलवार अन्तरबैंक ब्याजदर कोरिडोरको सीमाभित्र कायम भए पनि बिहीवारदेखि पुन: तल झरेको छ ।  आइतवार अन्तरबैंक ब्याजदर २ दशमलव ६६४ प्रतिशत कायम भएको छ । कोरिडोरको प्रावधानअनुसार यो ब्याजदर न्यूनतम ३ प्रतिशत कायम हुनुपर्छ ।  ‘ब्याजदर करिडोरसम्बन्धी कार्यविधि २०७६’ मा कोरिडोरको माथिल्लो सीमा बैंकदर र तल्लो सीमा निक्षेप संकलन बोलकबोल दर तोक्दै अन्तरबैंक ब्याजदर यही बीचमा राख्ने व्यवस्था छ । राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत निक्षेप संकलनदर ३ प्रतिशत कायम गरेको छ । यसभन्दा अघि यो दर ४ दशमलव ५ प्रतिशत थियो । राष्ट्र बैंकका सहायक प्रवक्ता पोखरेल पनि ब्याजदर कोरिडोर कार्यान्वयनका लागि तरलता प्रशोचन बढाउँदै लगिएको बताउँछन् । ‘हामीले निक्षेप संकलन उपकरणको अवधि र रकम बढाउँदै लगेका छौं,’ उनले भने, ‘यसबाट पनि तरलता व्यवस्थापन नभएमा अन्य उपकरण प्रयोग गर्छौं ।’

कर्जा वृद्धिको लक्ष्य सम्भव : बैंकर्स संघ

यसैबीच नेपाल बैंकर्स संघले मौद्रिक नीतिले लिएको निजीक्षेत्रतर्फको कर्जा वृद्धिको लक्ष्य प्राप्त हुने बताएको छ । सोमवार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष सुनिल केसीले हाल बैंकिङ क्षेत्रमा रहेको तरलताको अवस्था हेर्दा साढे ११ प्रतिशत कर्जा वृद्धिको लक्ष्य प्राप्त हुने सम्भावना देखिएको प्रतिक्रिया दिए । पछिल्लो समय रेमिट्यान्स आप्रवाह बढ्दा बैंकिङ क्षेत्रको तरलतामा सुधार भइरहेको उनको भनाइ छ । अहिलेको हिसाबमा ५६५ अर्ब रुपैयाँले कर्जा बढाउने लक्ष्य राखिए पनि समयक्रममा ७०० अर्ब रुपैयाँसम्म हुन जाने केसी बताउँछन् । कर्जा वृद्धि लक्ष्य प्राप्त गर्न सम्भव भए पनि केही चुनौती रहेको उनको भनाइ छ । यसअघि आव २०७७/७८ मा ८०० अर्ब रुपैयाँभन्दा बढी कर्जा विस्तार भएको स्मरण गर्दै केसीले यसबाहेकका वर्षहरूमा ४७३ अर्बभन्दा बढी कर्जा विस्तार नभएको जानकारी दिए । घरकर्जाको सीमा बढाइएकाले यो क्षेत्रमा लगानी बढ्ने विश्वास अध्यक्ष केसीको छ । ‘घरकर्जामा सीमा बढ्दा निर्माण क्षेत्र चलायमान भई समग्र अर्थतन्त्रलाई चलायमान बनाउनेछ,’ उनले भने । कर्जा प्रवाहलाई उत्पादनमूलक क्षेत्रमा लैजानुपर्ने राष्ट्र बैंकको निर्देशन कार्यान्वयनले वास्तविक क्षेत्रको वृद्धिमा सहयोग पुग्ने केसीको भनाइ छ । आगामी दिनमा ब्याजदर घट्ने पनि केसीले बताए । ब्याजदरमा भद्र सहमति तोड्ने निर्णयसँगै बैंकहरूबीच स्वस्थ प्रतिस्पर्धा बढ्दै गएको भन्दै यसको प्रभाव दीर्घकालसम्म सकारात्मक रहने उनले बताए । ब्याजदर तोक्ने जिम्मा बजारलाई नै दिँदा निक्षेपकर्तालाई फाइदा हुने र यसले निक्षेप संकलनमा सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ ।  यस वर्षको मौद्रिक नीतिलाई संघले सन्तुलित भनेको छ । ४ दशमलव ५ प्रतिशत निक्षेप संकलनको दर र ७ दशमलव ५ प्रतिशत बैंकदरले मुद्रा बजारमा हुने उतारचढावलाई नियन्त्रण गर्ने अपेक्षा संघको छ । चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शन पुनरवलोकन गर्ने घोषणाले वास्तविक क्षेत्रको विस्तारमा योगदान हुने बताइएको छ ।  निष्क्रिय कर्जाको विषयमा मौद्रिक नीतिले सम्बोधन नगरेकोमा भने संघले गुनासो गरेको छ । पछिल्लो त्रैमासमा निष्क्रिय कर्जामा केही सुधार देखिए पनि आगामी दिनमा राष्ट्र बैंकले निष्क्रिय कर्जाको विषयलाई कुनै न कुनै रूपमा सम्बोधन गर्नुपर्ने संघको धारणा छ । बैंकिङ कसुर तथा सजाय ऐन संशोधन भए यो क्षेत्रमा काम गर्न थप सहज हुने संघको घारणा छ ।

ब्याजदर वृद्धिले बढेन निक्षेप, वाणिज्य बैंकको औसत सीडी ९१.०८ प्रतिशत

काठमाडौं । ब्याजदर वृद्धिले पनि फागुनमा निक्षेपमा सकारात्मक संकेत देखिन सकेन । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार पछिल्लो एक सातामा वाणिज्य बैंकहरूको निक्षेप २ अर्बले वृद्धि हुँदा कर्जा लगानी भने १ अर्बले घटेको छ । स्वदेशी मुद्राको  कर्जा वृद्धि भए पनि विदेशी मुद्राको कर्जा घट्दा...

बैंकमा निक्षेप र कर्जा वृद्धि

काठमाडौं, पुस २६ । पछिल्लो दुई साता यता बैंकहरुको निक्षेपमा वृद्धि हुँदै आएको छ । पुसको मध्यपछि निक्षेपमा केही सुधार आउन थालेको हो । नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्याङ्गमा गत साताको तुलनामा ५८ अर्ब बढी निक्षेप संकलन भएको छ । गत साता ४२ खर्ब ४९ अर्ब रहेको निक्षेप यो साता बढेर ४३ खर्ब ७ […]

७६ अर्ब निक्षेप बढेपनि बैंकलाई कर्जाको माग धान्न कठिन, कार्तिकपछि सहज हुने

बैंकर्स संघका अध्यक्ष भुवन दाहाल अहिले पनि वाणिज्य बैंकहरुले निक्षेप र कर्जाको अनुपात (सीडी रेसियो) ८८ प्रतिशतसम्म कायम गरेकाले समग्र २ प्रतिशत कर्जा वृद्धि गर्ने रकम बैंकिङ प्रणालीमा रहेको बताउँछन् ।

विकास बैंकमा पनि निक्षेप संकलनभन्दा कर्जा वृद्धि दोब्बर

वाणिज्य बैंकहरूमा जस्तै विकास बैंकहरुमा पनि निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह दर उच्च देखिएको छ । विकास बैंकहरूको साप्ताहिक निक्षेप संकलन र कर्जा प्रवाहको तथ्यांकले यस्तो देखाएको हो ।

आर्थिक गतिविधि सुस्ताए पनि बैंकहरुको लगानी दोब्बर बन्यो

कोरोनाको महामारीका कारण आर्थिक गतिविधि सुस्ताए पनि बैंकहरुको लगानी भने दोब्बरले वृद्धि भएको छ ।नेपाल बैंकर्स संघका अनुसार गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुको कर्जा दोब्बरले वृद्धि भएको छ । वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७६-०७७ मा ४ खर्ब ५ अर्ब कर्जा लगानी गरेकोमा आव २०७७-०७८ मा ८ खर्ब १८ अर्ब कर्जा वृद्धि भएको छ । गत आर्थिक वर्षसम्ममा बैंकहरुको कुल कर्जा ३७ खर्ब २१ अर्ब पुगेको छ ।यसैगरी गत आवमा वाणिज्य बैंकहरुको निक्षेप ७ खर्ब १४ अर्ब रुपैयाँले वृद्धि भएको छ । कारोबार दैनिकमा खबर छापिएको छ ।&nbs

आर्थिक गतिविधि सुस्ताए पनि बैंकहरुको लगानी भने दोब्बर भयो

कोरोनाको महामारीका कारण आर्थिक गतिविधि सुस्ताए पनि बैंकहरुको लगानी भने दोब्बरले वृद्धि भएको छ । नेपाल बैंकर्स संघका अनुसार गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुको कर्जा दोब्बरले वृद्धि भएको छ । वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७६-०७७ मा ४ खर्ब ५ अर्ब कर्जा लगानी गरेकोमा आव २०७७-०७८ मा ८ खर्ब १८ अर्ब कर्जा वृद्धि भएको छ । गत आर्थिक वर्षसम्ममा बैंकहरुको कुल कर्जा ३७ खर्ब २१ अर्ब पुगेको छ । यसैगरी गत आवमा वाणिज्य बैंकहरुको निक्षेप ७ खर्ब १४ अर्ब रुपैयाँले वृद्धि भएको छ । कारोबार दैनिकमा खबर छ ।

एकै सातामा निक्षेप थप १० अर्बले बढ्यो

काठमाडौं । मुलुकका अत्यधिक भूभागमा निषेधाज्ञा भए पनि बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन र कर्जा प्रवाह भने सकारात्मक देखिन्छ । कोभिड–१९ को दोस्रो लहरबाट मुलुक अस्तव्यस्त भइरहँदा पछिल्लो साता अर्थात् वैशाख चौथो साता २७ वाणिज्य बैंकको निक्षेप संकलन थप रू. १० अर्बले बढी कुल रू. ३९ खर्ब ३३ करोड पुगेको छ । यसअघिको साता अर्थात् वैशाख तेस्रो साता मात्रै थप १ अर्ब रुपैयाँ निक्षेप वृद्धि हुँदा कुल निक्षेप रू. ३९ खर्ब २३ अर्ब पुगेको थियो । अन्य निक्षेपभन्दा पनि विप्रेषण बढेका कारण निक्षेपमा वृद्धि भएको हुनसक्ने नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल बताउँछन् । नेपाली नयाँ वर्ष शुरूसँगै अर्थात् वैशाख पहिलो र दोस्रो साता बैंकको निक्षेप संकलन पनि प्रभावित बनेको थियो । वैशाखको पहिलो साता निक्षेप संकलन १७ अर्ब रुपैयाँले कमी भएको थियो । यस्तै वैशाख दोस्रो साता ५ अर्ब रुपैयाँले थप घट्दा कुल निक्षेप संकलन ३९ खर्ब २२ अर्ब पुगेको थियो । वैशाख महीनाको चौथो सातामा कर्जा प्रवाह पनि थप रू. १५ अर्बले वृद्धि भई कुल कर्जा रू. ३६ खर्ब ९ अर्ब पुगेको छ । बैंकबाट नयाँ कर्जा भने प्रवाह नभएको बैंकरहरू बताउँछन् । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका दाहालका अनुसार पछिल्लो समय थप नयाँ कर्जा गएको छैन तर प्रतीतपत्र (एलसी) भुक्तानीको कारण कर्जा वृद्धि भएको हो । पछिल्लो साता कर्जा प्रवाह बढे पनि तेस्रो साता भने १५ अर्ब रुपैयाँले घटेको थियो । वैशाखका शुरुआती २ सातामा पनि कर्जा प्रवाहमा उतारचढाव आएको थियो । निरन्तर वृद्धि भइरहेको कर्जा प्रवाह वैशाख पहिलो सातामा ८ अर्ब रुपैयाँले घटेको थियो भने दोस्रो सातामा सुधार देखिएको थियो । गत फागुन र चैत महीनामा निक्षेप वृद्धि निरन्तर बढेको थियो । गत फागुनको अन्तिम अर्थात् चौथो साता रू. २४ अर्बले कर्जा प्रवाह थपिँदा कुल कर्जा रू. ३४ खर्ब १२ अर्ब पुगेको थियो । त्यो साता निक्षेपको वृद्धि कर्जाको तुलनामा कम थियो । रू. ३ अर्बले मात्रै निक्षेप संकलन थपिएर कुल  ३८ खर्ब २६ अर्ब रुपैयाँको निक्षेप संकलन भएको थियो । यसअघिका साता अर्थात् फागुन तेस्रो साता २७ वाणिज्य बैंकहरूको कर्जा प्रवाह निक्षेपको तुलनामा दोब्बर अर्थात् २६ अर्बले बढ्दा कुल कर्जा प्रवाह रू. ३३ खर्ब ८८ अर्ब भएको थियो । त्यस अवधिमा निक्षेप १४ अर्ब रुपैयाँले थप वृद्धि हुँदा कुल निक्षेप ३८ अर्ब २३ अर्ब रुपैयाँ संकलन भएको थियो । यतिबेला बैंकको कर्जा प्रवाह सकारात्मक देखिएकाले समग्रमा बैंकहरूको कर्जा पूँजी निक्षेप अनुपात (सीसीडी) ७९ दशमलव १३ प्रतिशत रहेको बैंकर्स संघले बताएको छ । कतिपय बैंकहरूको लगानीयोग्य पूँजी केन्द्रीय बैंकले तोकेको सीसीडी (कर्जा पूँजी निक्षेप अनुपात) ८५ प्रतिशतको हाराहारीमा पुर्‍याएकाहरूले निक्षेपमा जोड दिन करीब १ प्रतिशत विन्दुले बढाएर निक्षेपको ब्याजदर साढे ८ प्रतिशत हाराहारी निर्धारण गरे ।