एकै सातामा निक्षेप थप १० अर्बले बढ्यो

काठमाडौं । मुलुकका अत्यधिक भूभागमा निषेधाज्ञा भए पनि बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन र कर्जा प्रवाह भने सकारात्मक देखिन्छ । कोभिड–१९ को दोस्रो लहरबाट मुलुक अस्तव्यस्त भइरहँदा पछिल्लो साता अर्थात् वैशाख चौथो साता २७ वाणिज्य बैंकको निक्षेप संकलन थप रू. १० अर्बले बढी कुल रू. ३९ खर्ब ३३ करोड पुगेको छ । यसअघिको साता अर्थात् वैशाख तेस्रो साता मात्रै थप १ अर्ब रुपैयाँ निक्षेप वृद्धि हुँदा कुल निक्षेप रू. ३९ खर्ब २३ अर्ब पुगेको थियो । अन्य निक्षेपभन्दा पनि विप्रेषण बढेका कारण निक्षेपमा वृद्धि भएको हुनसक्ने नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल बताउँछन् । नेपाली नयाँ वर्ष शुरूसँगै अर्थात् वैशाख पहिलो र दोस्रो साता बैंकको निक्षेप संकलन पनि प्रभावित बनेको थियो । वैशाखको पहिलो साता निक्षेप संकलन १७ अर्ब रुपैयाँले कमी भएको थियो । यस्तै वैशाख दोस्रो साता ५ अर्ब रुपैयाँले थप घट्दा कुल निक्षेप संकलन ३९ खर्ब २२ अर्ब पुगेको थियो । वैशाख महीनाको चौथो सातामा कर्जा प्रवाह पनि थप रू. १५ अर्बले वृद्धि भई कुल कर्जा रू. ३६ खर्ब ९ अर्ब पुगेको छ । बैंकबाट नयाँ कर्जा भने प्रवाह नभएको बैंकरहरू बताउँछन् । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका दाहालका अनुसार पछिल्लो समय थप नयाँ कर्जा गएको छैन तर प्रतीतपत्र (एलसी) भुक्तानीको कारण कर्जा वृद्धि भएको हो । पछिल्लो साता कर्जा प्रवाह बढे पनि तेस्रो साता भने १५ अर्ब रुपैयाँले घटेको थियो । वैशाखका शुरुआती २ सातामा पनि कर्जा प्रवाहमा उतारचढाव आएको थियो । निरन्तर वृद्धि भइरहेको कर्जा प्रवाह वैशाख पहिलो सातामा ८ अर्ब रुपैयाँले घटेको थियो भने दोस्रो सातामा सुधार देखिएको थियो । गत फागुन र चैत महीनामा निक्षेप वृद्धि निरन्तर बढेको थियो । गत फागुनको अन्तिम अर्थात् चौथो साता रू. २४ अर्बले कर्जा प्रवाह थपिँदा कुल कर्जा रू. ३४ खर्ब १२ अर्ब पुगेको थियो । त्यो साता निक्षेपको वृद्धि कर्जाको तुलनामा कम थियो । रू. ३ अर्बले मात्रै निक्षेप संकलन थपिएर कुल  ३८ खर्ब २६ अर्ब रुपैयाँको निक्षेप संकलन भएको थियो । यसअघिका साता अर्थात् फागुन तेस्रो साता २७ वाणिज्य बैंकहरूको कर्जा प्रवाह निक्षेपको तुलनामा दोब्बर अर्थात् २६ अर्बले बढ्दा कुल कर्जा प्रवाह रू. ३३ खर्ब ८८ अर्ब भएको थियो । त्यस अवधिमा निक्षेप १४ अर्ब रुपैयाँले थप वृद्धि हुँदा कुल निक्षेप ३८ अर्ब २३ अर्ब रुपैयाँ संकलन भएको थियो । यतिबेला बैंकको कर्जा प्रवाह सकारात्मक देखिएकाले समग्रमा बैंकहरूको कर्जा पूँजी निक्षेप अनुपात (सीसीडी) ७९ दशमलव १३ प्रतिशत रहेको बैंकर्स संघले बताएको छ । कतिपय बैंकहरूको लगानीयोग्य पूँजी केन्द्रीय बैंकले तोकेको सीसीडी (कर्जा पूँजी निक्षेप अनुपात) ८५ प्रतिशतको हाराहारीमा पुर्‍याएकाहरूले निक्षेपमा जोड दिन करीब १ प्रतिशत विन्दुले बढाएर निक्षेपको ब्याजदर साढे ८ प्रतिशत हाराहारी निर्धारण गरे ।

सम्बन्धित सामग्री

एक सातामै २० अर्बले बढ्यो निक्षेप

काठमाडौं, पुस १४ । पुसको ३ गतेदेखि ८ गतेसम्मको एक सातामा वाणिज्य बैंकको निक्षेप संकलन २० अर्बले बढेको छ । नेपाल बैंकर्स एसोसिएसनका अनुसार एक सातामा नेपाली मुद्रामा १६ अर्ब निक्षेप संकलन भएको छ भने विदेशी मुद्रामा ४ अर्ब संकलन भएको छ । पुस ८ गतेसम्ममा वाणिज्य बैंकको निक्षेप संकलन बढेर ४६ खर्ब ४५ अर्ब […]

एक सातामा ११ अर्बले बढ्यो निक्षेप

२० मंसिर, काठमाडौं । पछिल्लो एक सातामै वाणिज्य बैंकहरुको निक्षेप ११ अर्बले वृद्धि भएको छ । ९ मंसिरमा ४५ खर्ब ६२ अर्ब रहेको निक्षेप १६ मंसिरमा ४५ खर्ब ७३ अर्ब पुगेको नेपाल बैंकर्स संघले जनाएको छ । कात्तिक मसान्तको तुलनामा २ मंसिरमा ५ अर्बले घटेको निक्षेप पछिल्लो दुई सातामा भने १५ अर्बले वृद्धि भएको छ […]

घट्यो बैंकको ऋण लगानी, एक सातामा ५ अर्बले निक्षेप सुधार

२६ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनको मुखैमा २७ वाणिज्य बैंकहरुमा निक्षेप सुधार देखिएको छ । पछिल्लो एक सातामा नै ५ अर्ब रुपैयाँले बैंकहरुले निक्षेप सुधार भएको हो । पछिल्लो समय बैंकहरुकर्जा लगानीमा आक्रामक हुँदा निक्षेप भने बढ्न सकेको छैन । पछिल्लो साता (वैशाख १६ देखि २३को बीचमा) भने बैंकमा निक्षेपको अवस्था सुधार भएको हो […]

बैंकमा एक हप्तामै थपियो ११ अर्ब निक्षेप

२३ फागुन, काठमाडौं । बैंकहरुको निक्षेप सुधारिएको छ । लगातार निक्षेप घटिरहदा समस्यामा देखिएका बैंकहरुको पछिल्लो एक सातामा भने निक्षेपमा राम्रै सुधार देखिएको छ । जति कर्जा लगानी भएको छ त्यो भन्दा दोब्बरले निक्षेप वृद्धि भएको छ । फागुन १३ गतेसम्म बैंकहरुमा ४३ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । फागुन २० गतेसम्म भने […]

एक सातामा १३ अर्ब रुपैयाँले घट्यो बैंकहरुको निक्षेप

काठमाडौँ– एक सातामा वाणिज्य बैंकहरुको निक्षेप १३ अर्ब रुपैयाँले घटेको छ । गत पुस अन्तिम सातामा ४३ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका बैंकहरुको निक्षेप माघ पहिलो सातामा ४३ खर्ब ११ अर्ब रुपैयाँमा सीमित भएको हो । यद्यपि, एक महिनाको तुलनामा भने बैंकहरुको निक्षेप ७२ अर्ब रुपैयाँले बढेको छ । गत पुस महिनाको पहिलो […]

बढ्न थाल्यो बैंकहरूमा निक्षेप

काठमाडौँ– केही समययता घटेको बैंकहरूको निक्षेप पुनः बढ्न थालेको छ । मंसिरको पहिलो र दोस्रो सातामा निक्षेप घटेकोमा तेस्रो सातामा निक्षेप वृद्धि भएको नेपाल बैंकर्स संघले जनाएको छ । संघका अनुसार बाणिज्य बैंकहरूबाट मंसिर पहिलो साता आठ अर्ब र दोस्रो साता ६ अर्व रुपैयाँ निक्षेप घटेको थियो । मंसिर ११ देखि १७ गतेसम्ममा भने बैंकहरुको […]

बैंकमा बढ्यो निक्षेप, कर्जा-निक्षेप अनुपात भने उस्तै

२० मंसिर, काठमाडौं । पछिल्लो समय लगातार घटिरहेको बैंकहरुको निक्षेप गत साता भने वृद्धि भएको छ । एक सातामा ७ अर्ब रुपैयाँले निक्षेप बढेको नेपाल बैंकर्स संघले बताएको छ । अघिल्लो साता बैंकहरुको सात अर्ब रुपैयाँले नै निक्षेप घटेको थियो । ३ मंसिरसम्म २७ वाणिज्य बैंकहरुमा ४२ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । […]

एक सातामा ३८ अर्ब थपियो निक्षेप

बैंक तथा वित्तीय संस्थाहरुमा तरलता अभाव भइरहेका बेला पछिल्लो एक सातामा वाणिज्य बैंकहरुमा ३८ अर्ब निक्षेप थपिएको छ । असोज दोस्रो साता वाणिज्य बैंकहरुमा ८ अर्ब रुपैयाँमात्र निक्षेप वृद्धि भएकोमा दोस्रो सातामा भने निक्षेप संकलन वृद्धि भई ३८ अर्ब संकलन भएको छ । असोज लागेसँगै कर्मचारीहरुको दसैं भत्ताको भुक्तानी र बजारमा चहलपहल समेत बढेपछि निक्षेप […]

दुई सातामा १२ अर्ब निक्षेप थपिँदा ४१ अर्ब बढ्यो कर्जा

वाणिज्य बैंकहरुमा दुई सातामा १२ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। साउनमा घटेको निक्षेप भदौको पहिलो सातादेखि सुधार आएको हो।

एक सातामा निक्षेप २३ अर्ब थपिँदा कर्जा बढ्यो ३४ अर्ब

चैतको पछिल्लो एक सातामा वाणिज्य बैंकहरुमा निक्षेप २३ अर्ब थपिँदा कर्जा भने ३४ अर्बले बढेको छ।