काठमाडौँको सतुंगलमा कराँते सिकाउने ‘गुरु’ले आफूसँग कराँते सिक्ने किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ । सतुंगल डोजोमा कराँते सिकाउने ३५ वर्षीय सागर शाहीले बलात्कार गरेको आरोप लगाउँदै पीडित परिवारले प्रहरीमा उजुर गरेका छन् । कैलालीको घोडाघोडी नगरपालिका–१० सुख्खड घर भएका शाहीले २०७८ भदौमा १६ वर्षीया किशोरीलाई सतुंगलमा बलात्कार गरेका हुन् । प्रशिक्षक शाही बिरुद्ध कालिमाटी स्थित महिला सेलमा उजुरी परेको र त्यसबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (ए