केपी ओलीको सिंहदरबार प्रवेश सुखद् भए पनि बहिर्गमन भने लज्जास्पद भएको छ । इतिहासमा बिरलै मात्रले पाउने अवसर पाएर पनि ओलीले त्यसलाई थाम्न सकेनन् । ओली बहिर्गमनमा बाहिर दलीय राजनीतिको कुसंस्कार कारकजस्तो देखिए पनि यथार्थमा कानुनभन्दा आफूलाई माथि देख्ने अहंकार, क्रोनि क्यापिटालिज्मको बढ्दो रवाफ र शासकीय शैली जिम्मेवार छ ।राजनीतिलाई राष्ट्रको जीवन र सामाजिक न्यायलाई लक्ष्य बनाउन नसक्दा यसै पनि दलीय शासनविरुद्ध प्रश्न उठिरहेको थियो, झन् सर्वाधिक आशा गरिएको ओली सरकारले राजनीतिलाई व्यापार र शक्तिआर्जनको