असार २८ गते जनादेश होइन परमादेश ठूलो भन्ने विसंगत दिनः प्रधानमन्त्रीका मुख्य सल्लाहकार

प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले असार २८ अर्थात आजको दिनलाई विसंगत दिनको रुपमा टिप्पणी गरेका छन् । उनले अदालतले जनादेशलाई भन्दा परमादेशलाई ठूलो बनाइदिएको भन्दै सो दिनलाई विसंगत दिनको रुपमा टिप्पणी गरेका हुन् । सोमबार सामाजिक सञ्जालमा उनले भने, ‘आज असार २८ गते—जनादेश हैन,परमादेश ठूलो भन्ने फैसला भएको विसंगत दिन ।’ सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्दै दुई दिनभित्र काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

सम्बन्धित सामग्री

प्रधानमन्त्रीका मुख्य सल्लाहकारको टिप्पणी– जनादेशभन्दा परमादेश ठूलो भनियो

प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले जनादेशभन्दा परमादेशलाई सर्वोच्च अदालतले ठूलो भनिदिएको भन्दै अदालतको फैसलाप्रति असन्तुष्टि जनाएका छन् । उनले असार २८ को  दिनलाई विसंगत दिनको रुपमा समेत टिप्पणी गरेका छन् । अदालतले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिएपछि सोमबार उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘आज असार २८ गते—जनादेश हैन, परमादेश ठूलो भन्ने फैसला भएको विसंगत दिन ।’यस्तै एमालेले पनि स्थायी समिति बैठकबाट संसदीय प्रणालीका आधारभूत संरच