प्रधानमन्त्रीले विश्वासको मत पाएपछि परमादेश नै जनादेश भएको प्रमाणित भयो

काठमाडौं। राष्ट्रियसभा सदस्य रमेशजंग रायममझीले परमादेश जनादेश नै भएको प्रमाणित भएको बताएका छन्। राष्ट्रियसभा बैठकमा बाोल्दै उनले जुन अदालतबाट निर्णय आयो यो जनादेश नै भएको उल्लेख गरे। उनले अदालत जाँदा १४६ जनाले हस्ताक्षर गरेकोमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिदा १६५ जनाले समर्थन गरेको बताए। “त्यसकारण यो जनादेशमाथिको परमादेश हो। अदालतको निर्णय सही रहेछ भन्ने प्रमाणित भयो।’

सम्बन्धित सामग्री

यो जनादेश र परमादेश दुवै पाएको सरकार हो : प्रधानमन्त्री देउवा

'मेरो नेतृत्वको सरकारलाई विश्वासको मत दिँदा १६५ सांसदको समर्थन प्राप्त भएको छ । सरकारलाई राम्रो बहुमत प्राप्त छ । त्यसैले यो सरकार परमादेशको मात्रै नभइ जनादेश प्राप्त सरकार हो ।'

‘परमादेश’का परकम्पहरू : जनादेश भुलेर बाटो बिराउँदै सरकार

काठमाडौं  ।  अघिल्लो केपी शर्मा ओली सरकार आफ्नै दलको विद्रोहले सत्ताच्यूत भयो। त्यसको फाइदा स्वरूप ‘परमादेश’ ले प्रधानमन्त्री बनेका शेरबहादुर देउवा उसरी नै स्वदलीय नेताको आलोचनाबाट घेरिएका छन्। कारण हो– मनमौजी सत्ता सञ्चालन। ओलीले हरेक मञ्चमा भन्ने गरेका छन्, ‘यो सरकार जनादेशको होइन, परमादेशको हो।’ परमादेशबाट सत्तामा आए पनि देउवासँग जनादेश छ। दर्बिलो विश्वासको मत […]

जनादेश, परमादेश र एमाले

‘कु’ या ‘परमादेश’ जस्ता क्षणिक ‘बबल’ले जनादेशलाई लामो समयसम्म विस्थापित गराउन सक्दैनन् सर्वोच्च अदालतको परमादेशबाट नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा विश्वासको मत लिँदा संसद्को सबैभन्दा ठूलो दल नेकपा एमाले चार चिरा...