प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेश आफ्नो पक्षमा हुँदाहुँदै पनि परमादेश नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा आएकाले सरकारबाट बाहिरिनुपरेको बताएका छन् ।
सर्वाेच्च अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि देशवासीलाई सम्बोधन गर्दै ओलीले भने, ‘जनताको जनादेशले होइन, सर्वाेच्चको परमादेशले बाहिरिनुपर्यो । जनादेश मेरो पक्षमा थियो, परमादेश देउवाजीको पक्षमा भयो ।’
सरकारबाट बाहिरिनुपर्दा रत्तिभर चिन्ता नरहेको ओलीले बताए । ‘मलाई रत्तिभर चिन्ता छैन । मैले देश र जनताप्...