नेपाल बैंकर्स संघको अध्यक्षमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्याय चयन भएका छन्।
बाँकी पदमा सबै जना निर्विरोध निर्वाचित भएका छन्।
एक जनाको मात्र दाबेदारी परेपछि संघको अध्यक्षमा अनिल उपाध्याय निर्विरोध भएका हुन्। यसअघि उनी उपाध्यक्ष थिए। अध्यक्षको कार्यकाल दुई वर्षको हुन्छ।
यस्तै उपाध्यक्ष पदमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलाई ल्याइएको छ। यसअघि केसी सदस्य थिए।
पाँच जना सदस्य पद रिक्त रहेकोमा तीन जना दोहोरिएका छन्। दोहोरिनेमा मेगा बैंककी प्रमुख कार्यकारी अध...