रमेश खरेलको पार्टीले निर्वाचन आयोगबाट पायो मान्यता

काठमाडौं : नेपाल सुशासन पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ। देशमा सुशासन कायम तथा भ्रष्टाचार र बेथिति अन्त्य गर्ने मूल लक्ष्य राखी एक महिनाअघि गठनको घोषणा गरेको उक्त पार्टीका अध्यक्ष रमेशप्रसाद खरेल छन्। राजनीतिलाई पेशा बनाइनु हुन्न भन्नेमा दृढ मत राख्दै आएको सो पार्टीले अध्यक्ष खरेलको नेतृत्वमा ४७ सदस्यीय केन्द्रीय कार्यसमिति बनाएको छ। पार्टीको उपाध्यक्षमा राजकुमार यादव, चन्द्रवीर नेम्वाङ, गोविन्दप्रसाद रिजाल, शङ्करलाल श्रेष्ठ र टुलराज बस्याल रहेका छन्।

सम्बन्धित सामग्री

मूलपानी मैदानलाई एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता

काठमाण्डाै - मूलपानी क्रिकेट मैदानले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको छ । काठमाण्डौमा भैरहेको एसीसी प्रिमियर कप त्रिकेटमा एकदिवसीय मान्यता पाएका दुई देश ओमान र यूएईबीच सेमिफाइनल खेल भएसँगै मूलपानीले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको हो । मूलपानी मैदान एकदिवसीय मान्यता पाउने नेपालको दोस्रो मैदान बनेको छ । नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको मैदान कीर्तिपुर हो । माथिल्लो मूलपानी मैदानमा नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन् २००८ मा एकेडेमी सञ्चालनको लागि निर्माण सुरुवात गरेको थियो ।

मुलपानीले ओडिआई मान्यता पाउने!

काठमाडौं (हाम्रो खेलकुद) – मुलपानी क्रिकेट मैदानले ओडिआई मान्यता पाउने भएको छ । एसिसी प्रिमियर कपमा दुई ओडिआई देश ओमान र युएईबीच सेमिफाइनल खेल शनिबार मुलपानीमा हुने भएपछि ओडिआई मान्यता पाउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव दुर्गाराज पाठकले पनि ओमान र युएईबीचको खेलसँगै ओडिआई मान्यता पाउने जनाएका छन् । मुलपानी […]

क्यानडाले पायो ओडीआई मान्यता

काठमाडौं । क्यानडाले ओडीआई मान्यता प्राप्त गरेको छ । नामिबियामा भएको क्रिकेट विश्वकपको क्वालिफायर प्लेअफमा बुधबार पपुवा न्युगिनी (पीएनजी)लाई ९० रनले हराएपछि क्यानडाले आगामी चार वर्षका लागि ओडिआई मान्यता प्राप्त गरेको हो । क्वालिफायर प्लेअफमा ६ टोली सहभागि थिए, जसमा क्यानडा ५ खेलबाट ६ अंक जोड्दै जर्सी र पीएनजीभन्दा अघि चौथो स्थानमा रह्यो । अमेरिका […]

नौ प्रजातिका नयाँ धानलाई मान्यता

सरकारले यस वर्ष नौ प्रजातिका नयाँ धानलाई मान्यता दिएको छ । तराईमा लगाइने ६ र पहाडमा लगाइने तीन नयाँ प्रजातिका धानलाई यस वर्ष मान्यता दिइएको कृषि अनुसन्धान केन्द्र ( नार्क)ले जनाएको...

एचआइडिसिएलले पायो वित्तीय संस्थाको मान्यता

हाइड्राइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल)ले बैंक तथा वित्तीय संस्थाको मान्यता पाएको छ । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले हालै मात्र कम्पनीलाई वित्तीय संस्थाको मान्यता दिएको हो । यही माघ ३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले एचआइडिसिएललाई वित्तीय संस्थाको मान्यता दिने निर्णय गरेको थियो । केन्द्रीय बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन, २०५८ (संशोधनसहित) को दफा ३ (घ) बमोजिम एचआइडिसिएललाई वित्तीय संस्थाको मान्यता दि

थारू समुदायको ‘बडघर’लाई कानुनी मान्यता

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाले आदिवासी जनजाति थारू समुदायको ‘बडघर’ प्रथालाई मान्यता दिएको छ। आइतबार सम्पन्न दशौं नगरसभाले ‘शुक्लाफाँटा नगरपालिका बडघर संस्था परिचालन ऐन २०७८’ पारित गरेर बडघरलाई कानुनी मान्यता दिएको हो।बडघरलाई कानुनी मान्यता दिने सुदूरपश्चिमको पहिलो स्थानीय तह शुक्लाफाँटा रहेको छ। यसअघि पहिलो पटक बर्दियाको बारबर्दिया नगरपालिकाले बडघर र भलमन्सा प्रथालाई कानुनी मान्यता दिएको थियो। स्थानीय तहलगायतका सरकारी कार्यालयमा बडघर प्रथालाई साक्षीको रुपमा स्वीकारे प

रुसले तालिवानलाई मान्यता नदिने

एजेन्सी, २ कात्तिक । रुसले अफगानिस्तानमा बन्दुकको बलमा सत्ता कब्जा गरेको तालिवानलाई औपचारिक मान्यता नदिने स्पष्ट पारेको छ । रुसी विदेशमन्त्री सेरगेई लाभरोभले तालिवानलाई मान्यता दिने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् । रुसी समाचार संस्था तासका अनुसार लाभरोभले तालिवानलाई औपचारिक मान्यता दिनेबारे कुनै सोच नबनाएको बताएका छन् । उनले त्यसबारे कुनै छलफल समेत नभएको […]

स्वीजरल्याण्डमा समलैंगिक विवाहलाई मान्यता

काठमाडौं । स्वीजरल्याण्डमा समलैंगिक जोडीलाई विवाहको मान्यता दिइएको छ । समलैंगिक बिबाहलाई मान्यता दिने कि नदिने भन्ने बिषयमा भएको मतदानमा ६४ दशमलव १ प्रतिशत मतदाताले यो निर्णयको समर्थन गरेका छन् । योसँगै स्वीट्जरल्याण्डले पश्चिमी युरोपका अन्य देश समान समलैंगिक जोडीलाई यो अधिकार दिने भएको छ । यसअघि सन् २००७ मा स्वीटजरल्याण्डमा समलैंगिक जोडीलाई सँगै बस्ने […]

साउदीले विदेशी कामदारका हकमा भेरोसेल खोपलाई दियो मान्यता

साउदीले योभन्दा अगाडि फाइजर, अक्सफोर्ड एस्ट्राजेनेका, मोडर्ना, जोनसन एण्ड जोनसन र सिनोभ्याकलाई मात्र मान्यता दिएको थियो । सिनोफर्मलाई मान्यता दिएसँगै साउदी सरकारले मान्यता दिएका खोपको संख्या ६ पुगेको छ ।

प्रचण्डले पाए दलको नेताको मान्यता

प्रचण्ड-नेपाल नेतृत्वको नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलको नेताको मान्यता पाएका छन्। संसद सचिवालयले आइतबार प्रचण्डलाई नेकपा संसदीय दलको नेताको मान्यता दिएको हो।