एन्फा कार्यसमितिले पायो पूर्णता‚ विशेष साधारणसभाबाट बजेट पारित

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिमा दुई सदस्यको नियुक्तिसँगै एन्फा कार्यसमितिले पूर्णता पाएको छ। बुधबार भएको एन्फाको विशेष साधारणसभाले आगामी वर्षको बजेट र कार्यक्रमसमेत पास गरेको छ।एन्फाको २१ सदस्यीय कार्यसमिति रहनेमा दुई सदस्यको नियुक्ति हुन बाँकी रहेको थियो। गत असार ६ मा भएको निर्वाचनमा उठेका चारजना सदस्यका उम्मेदवारको समान ३९-३९ मत आएका कारण दुई जना सदस्यको टुंगो लागेको थिएन।बुधबार साधारणसभामा मतदानमार्फत रुपेश अधिकारी र दीपेन्द्र धिमाल चुनिएका हुन्। रुपेश कर्मा पक्षधर हुन