विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य दिपेश राईले अस्कल क्याम्पस अगाडि ढुंगामुढा गरेर हिंसा मच्चाउने काँग्रेस नेता गगन थापाले अध्यादेशको विरोध गर्न नसुहाउने बताएका छन् । विराटनगरमा आइतबार सो पार्टीले आयोजना गरेको ‘सरकारसँगको तीन बुँदे सहमति कार्यान्वयन र चुनौती’ विषयक अन्तरक्रियामा राईले यस्तो बताएका हुन् । उनले ०६२/६३ को जनआन्दोलनभन्दा अगाडि थापाले तत्कालीन सरकारविरुद्ध विभिन्न खालका विध्वंस मच्चाएको स्मरण गराउँदै त्यस्तै खालको आन्दोलनको नेतृत्व गरेकाहरूल