बाँझो खेतको भुइँमै बसेर पढ्छन् हुम्लाका विद्यार्थी

सिमकोट, ३० जेठ (रासस) हुम्लाका मध्य भेगमा रहेको सर्केगाड गाउँपालिका–१ जैरको भिटागाउँको गणतन्त्र प्राथमिक विद्यालयको भवन नहुँदा बालबालिका खुला आकाशमुनि भुइँमा बसेर पठनपाठन गर्न बाध्य छन् । उनीहरु स्थानीयको बाँझो खेतमै बसेर पढ्न थालेको वर्ष दिन पुग्न लाग्दा पनि विद्यालय भवन निर्माणमा कसैको ध्यान गएको छैन । विद्यालयको भवन गत वर्ष असोज १९ देखि २७ […]

सम्बन्धित सामग्री

हिउँमै पढ्न बाध्य एसईईका परीक्षार्थी

सिमकोट – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागिता जनाउने उत्तरी हुम्लाका परीक्षार्थी हिउँमै पठनपाठन गर्न बाध्य छन्। तयारी कक्षा कोठामा अध्ययन गर्दा चिसो बढी हुने भएकाले घाम लागेका बेला हिउँमाथि बसेर पढ्दै आएका हुन्। सिमकोट गाउँपालिका– ८ को स्याँडा गाउँको सैपाल माविमा यस वर्षको एसईईको तयारी कक्षा सञ्चालन गर्दै आएका शिक्षक सिर्जन रोकायाले […]

घाममा बसेर परीक्षा दिँदै हुम्लाका विद्यार्थी

सिमकोट (हुम्ला) । उच्च हिमाली जिल्ला हुम्लामा चिसो बढ्दै गएपछि विद्यार्थीले घाममा बसेर वार्षिक परीक्षा दिन थालेका छन् । हुम्लामा विगतका वर्षझैँ हिमपात नभए पनि चिसो बढ्दा खुल्ला चौरमा डेस्क, बेन्च राखेर विद्यार्थी यो वर्षको वार्षिक तथा अन्तिम परीक्षा दिइरहेका छन् । चिसोले सबैभन्दा बढी विद्यार्थीलाई समस्या बनाएको छ । चिसो बढेपछि यहाँका विद्यालयले खुला […]

जाडो बढेपछि चौरमै परीक्षा लिँदै हुम्लाका स्कुल

सिमकोट : हिमाली जिल्ला हुम्लामा चिसो बढ्दै गएपछि विद्यार्थीले घाममा बसेर वार्षिक परीक्षा दिन थालेका छन्। हुम्लामा विगत वर्षझैँ हिमपात नभए पनि चिसो बढ्दा खुल्ला चौरमा डेस्क, बेन्च राखेर विद्यार्थीहरु यो शैक्षिक वर्षको वार्षिक तथा अन्तिम परीक्षा दिइरहेका छन्।चिसोले सबैभन्दा बढी विद्यार्थीलाई कठिन बनाएको छ। चिसो बढेपछि यहाँका विद्यालयले खुला चौरमा परीक्षा सञ्चालन गरिरहेका छन्। कक्षा कोठाभित्र चिसो धेरै हुने हुँदा सिमकोट गाउँपालिका–८ साँता गाउँमा रहेको बलभद्र आधारभूत विद्यालयका विद्यार्थी

विद्यार्थीलाई करियर काउन्सेलिङ अनुशिक्षण

सिमकोट – हुम्लाका विद्यालयमा अध्ययनरत छात्रा छात्रलाई काठमाडौंमा उच्च शिक्षामा अध्ययन गर्दै आएका विद्यार्थीले करियर काउन्सेलिङसम्बन्धी तालिम दिएका छन्। जिल्लाबाट भविष्य निर्माणका लागि बाहिरिने प्रवृत्तिलाई रोक्न र हुम्लामै बसेर गर्न सकिने सम्भावनाको खोजी गर्न उक्त अनुशिक्षण प्रदान गरिएको हो। नेपालस्थित संयुक्त राज्य अमेरिकी युवा परिषद्का सदस्य राहुल बिसुन्जेले दुर्गमका विद्यार्थी भविष्य निर्माणका लागि जिल्लाबाहिर पलायन […]

पानीले डुबेको कोठामै अध्ययन गर्दै हुम्लाका विद्यार्थी

हुम्लाको ताजाँकोट गाउँपालिकाको केन्द्रमै रहेको धर्मोदय माध्यमिक विद्यालयका विद्यार्थी पानी जमेर ताल परेको कक्षाकोठामा पढ्न बाध्य छन्। विद्यालय भवन पहिरोले जीर्ण बनाएपछि विद्यार्थीहरु पानी जमेको कक्षाकोठामा बसेर अध्ययन गर्न बाध्य...

१२ बजेसम्म करिब ३० प्रतिशत मत खस्यो : निर्वाचन आयोग

३० वैशाख, काठमाडौं ।  स्थानीय तहको निर्वाचनमा विहान १२ बजेसम्म करिब ३० प्रतिशत मत खसेको  निर्वाचन आयोगले जनाएको छ ।   केही स्थानमा विभिन्न कारण भएका तनावका कारण मतदान केन्द्रमा मतदान रोकिएको छ । सर्वदलीय बैठक बसेर त्यस्ता मतदान केन्द्रमा फेरि मतदान सुरु गर्न प्रयत्न भइरहेको आयोगले जनाएको छ  । र दोलखा, सर्लाही, हुम्लाका केही मतदान केन्द्रमा मतदान प्रभावित भएको छ । तर, कतै पनि अहिलेसम्म मतदान स्थगन भने भएको छैन ।

घाम ताप्दै, परीक्षा दिँदै हुम्लाका विद्यार्थी

सिमकोट – चिसो बढेपछि हुम्लाका अधिकांश विद्यार्थीहरुले खुला चौरमा बसेर परीक्षा दिइरहेका छन्। हुम्लाका विद्यालयमा अहिले अर्धवार्षिक परीक्षा सञ्चालन भइरहेको छ। चिसोले कक्षा कोठाभित्र कठ्यांग्रिने अवस्था आएपछि घाम लाग्ने खुला चौरमा विद्यार्थीहरुको परीक्षा लिइएको हो। ताँजाकोट गाउँपालिकाको धर्मोदय माध्यमिक विद्यालयमा कक्षा नौमा अध्ययनरत छात्र प्रदीप जैसीले कक्षा कोठामा बसेर परीक्षा दिन सकिने अवस्था नभएको बताए। […]

हुम्लाका बैंकमा पैसा अभाव, सेवाग्राही मर्कामा

जिल्लाका बैंकमा पैसाको अभाब देखिएको छ । आर्थिक वर्षको अन्त्यतिर धेरै बिकासे गतिबिधिहरुको भुक्तानी दिनु पर्ने भएपछि बैंकमा मौज्दात भएको पैसा सकिएपछि अभाब भएको हो । खार्पुनाथ गाउँपालिका– ३ राया गाउँका रामबहादुर बोहराले पाँच घण्टा लाईनमा बसेर रित्तो हात फर्कनु परेको बताउनुभयो । उहाँले पाँच लाखको चेक सटही गर्न बैंकमा लाईनमा बसेकै बेला एक लाख माथिको चेक सटही गर्न नसकिने जनाएपछि लाईन छोडेर फिर्ता हुनु परेको उहाँले बताउनुभयो । बैंकमा आर्थिक कारोवार गर्न तीन सय भन्दा बढी सेवाग्राहीहरुको लाईन लागेको भएपनि बैंकले भुक्तानी दिन नसक्ने जानकारी दिएपछि फिर्ता हुनु भएको थियो ।

हुम्लाका बैंकमा बढ्यो सेवाग्राहीको भीड

सिमकोट – हुम्लाका बैंकमा सेवाग्राहीको भीड बढेको छ। आर्थिक वर्षको अन्तिम समय आएको कारण राजस्व जम्मा गर्ने र चेक सटही गर्ने संख्यामा वृद्धि हँुदा कारोबार वृद्धि भएको हो। ताँजाकोट गाउँपालिका– २ का रामबहादुर जोसीले बिहान १० बजेबाट बैंकमा चेक सटही गर्न लाइनमा बसेर भुक्तानी लिन नसकिएको बताए। बैंकमा कामको चाप बढी हुनु र सम्बन्धित कार्यालयबाट […]

हिमाली जिल्लाका किसान तरकारी खेतीमै व्यस्त

बन्दाबन्दीमा घरमै बसेर दैनिक गुजारा चलाउन नसकिने भएपछि हिमाली जिल्ला हुम्लाका किसानहरु तरकारी खेतीमा ब्यस्थ्य देखिन थाल्नु भएको छ ।