घाम ताप्दै, परीक्षा दिँदै हुम्लाका विद्यार्थी

सिमकोट – चिसो बढेपछि हुम्लाका अधिकांश विद्यार्थीहरुले खुला चौरमा बसेर परीक्षा दिइरहेका छन्। हुम्लाका विद्यालयमा अहिले अर्धवार्षिक परीक्षा सञ्चालन भइरहेको छ। चिसोले कक्षा कोठाभित्र कठ्यांग्रिने अवस्था आएपछि घाम लाग्ने खुला चौरमा विद्यार्थीहरुको परीक्षा लिइएको हो। ताँजाकोट गाउँपालिकाको धर्मोदय माध्यमिक विद्यालयमा कक्षा नौमा अध्ययनरत छात्र प्रदीप जैसीले कक्षा कोठामा बसेर परीक्षा दिन सकिने अवस्था नभएको बताए। […]