घाममा बसेर परीक्षा दिँदै हुम्लाका विद्यार्थी

सिमकोट (हुम्ला) । उच्च हिमाली जिल्ला हुम्लामा चिसो बढ्दै गएपछि विद्यार्थीले घाममा बसेर वार्षिक परीक्षा दिन थालेका छन् । हुम्लामा विगतका वर्षझैँ हिमपात नभए पनि चिसो बढ्दा खुल्ला चौरमा डेस्क, बेन्च राखेर विद्यार्थी यो वर्षको वार्षिक तथा अन्तिम परीक्षा दिइरहेका छन् । चिसोले सबैभन्दा बढी विद्यार्थीलाई समस्या बनाएको छ । चिसो बढेपछि यहाँका विद्यालयले खुला […]

सम्बन्धित सामग्री

दैनिक ११ घण्टा विद्युत् भार कटौतीले एसइईको तयारी गरिरहेका विद्यार्थी मर्कामा

सिमकोट (हुम्ला) । हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक दिन ११ घण्टाभन्दा बढी विद्युत् भार कटौती हुँदा एसइईको तयारी गरिरहेका विद्यार्थी मर्कामा परेका छन् । एसइईको परीक्षा नजिकिँदै गएको अवस्थामा विद्युत् भार कटौतीले उनीहरु मारमा परेका हुन् । विद्यार्थीले साँझको समयमा पढ्न नपाएको गुनासो गरेका छन् । एसइई दिने विद्यार्थीलाई मात्रै नभएर अन्यलाई पनि घरमा गृहकार्य तथा लेख पढ गर्न समस्या भएको छ । यही चैत १५ गतेदेखि एसइईको परीक्षा सुरु हुँदैछ । विद्यार्थीलाई रातिको समयमा पढ्न समस्या भएको छ । ट्युसनको भरमा एसइईको तयारी गरिरहेका विद्यार्थी दैनिक ११ घण्टा विद्युत् भार कटौतीबाट निरास छन् । “दैनिक ११ घण्टा विद्युत् भार कटौती हुन्छ, पढ्नै नपाएपछि कसरी पास हुनु ?”, खार्पुनाथ गाउँपालिका–३ स्थित हुम्ला मावि रायाका विद्यार्थी रेलबहादुर बुढाले गुनासो गरे । गाउँबाट सदरमुकाम आएर एसइईको तयारी गरिरहेको भए पनि रातिको समयमा पढाइमा बाधा पुगेको उनको भनाइ छ । दैनिक ११ घण्टा विद्युत् भार कटौतीले विद्यार्थी मात्र होइन अन्यलाई पनि सास्ती भएको छ । जिल्लाका सरकारी कार्यालयको प्रशासनिक काम तथा सदरमुकामस्थित व्यापार–व्यवसाय पनि प्रभावित बनेको छ । कुन समय कतिबेला र कति पटक विद्युत् भार कटौती हुन्छ भन्ने समय तालिका नभएका कारण पनि सेवाग्राही बढी समस्यामा छन् । विद्युत् भार कटौतीपछि सिमकोटमा दाउराको माग बढेको छ । एक भारी दाउराको सिमकोटमा रु एक हजार तिर्नुपर्ने अवस्था छ । नेपाल विद्युत् प्राधिकरण हुम्लाका निमित्त प्रमुख सुशील थारुले प्राधिकरणले ‘लोडसेडिङ’को तालिका नबनाएको स्विकार्छन् । तालिका बनाउँदा सेवाग्राहीलाई थप असर पर्ने उनको भनाइ छ । हिल्दूस्थित साना जलविद्युत् आयोजनाको मुहानमा पानीको स्रोत घटबढ भइरहने भएकाले विद्युत् उत्पादन पनि कहिले कम कहिले बढी भइरहने कारणले विद्युत् भार कटौतीको तालिका बनाउन समस्या भएको निमित्त प्रमुख थारुले बताए।रासस

जाडो बढेपछि चौरमै परीक्षा लिँदै हुम्लाका स्कुल

सिमकोट : हिमाली जिल्ला हुम्लामा चिसो बढ्दै गएपछि विद्यार्थीले घाममा बसेर वार्षिक परीक्षा दिन थालेका छन्। हुम्लामा विगत वर्षझैँ हिमपात नभए पनि चिसो बढ्दा खुल्ला चौरमा डेस्क, बेन्च राखेर विद्यार्थीहरु यो शैक्षिक वर्षको वार्षिक तथा अन्तिम परीक्षा दिइरहेका छन्।चिसोले सबैभन्दा बढी विद्यार्थीलाई कठिन बनाएको छ। चिसो बढेपछि यहाँका विद्यालयले खुला चौरमा परीक्षा सञ्चालन गरिरहेका छन्। कक्षा कोठाभित्र चिसो धेरै हुने हुँदा सिमकोट गाउँपालिका–८ साँता गाउँमा रहेको बलभद्र आधारभूत विद्यालयका विद्यार्थी

हुम्लामा ६ परीक्षा केन्द्रबाट १ हजार २३४ विद्यार्थीले एसईई दिँदै

आउँदो चैत्र १७ गतेबाट सञ्चालन हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षमा हुम्लाका ६ वटा परीक्षा केन्द्रबाट १ हजार २ सय ३४ जना परीक्षार्थी सहभागी हुने भएका छन् । कोरोना महामारीपछि जिल्ला बाहिर अध्ययन गर्दै आएका विद्यार्थी जिल्लामै फर्किएर पढ्न थालेपछि परीक्षार्थीको संख्या बढी देखिएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख तिलक भट्टराईले बताए ।

घाम ताप्दै, परीक्षा दिँदै हुम्लाका विद्यार्थी

सिमकोट – चिसो बढेपछि हुम्लाका अधिकांश विद्यार्थीहरुले खुला चौरमा बसेर परीक्षा दिइरहेका छन्। हुम्लाका विद्यालयमा अहिले अर्धवार्षिक परीक्षा सञ्चालन भइरहेको छ। चिसोले कक्षा कोठाभित्र कठ्यांग्रिने अवस्था आएपछि घाम लाग्ने खुला चौरमा विद्यार्थीहरुको परीक्षा लिइएको हो। ताँजाकोट गाउँपालिकाको धर्मोदय माध्यमिक विद्यालयमा कक्षा नौमा अध्ययनरत छात्र प्रदीप जैसीले कक्षा कोठामा बसेर परीक्षा दिन सकिने अवस्था नभएको बताए। […]

हुम्लामा फेरि जहाज टिकटमा समस्या, टिकटकै कारण परीक्षा छुट्ने त्रासमा विद्यार्थी

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएकाे हुम्लामा सर्वसाधारण नागरिकलाई जहाज टिकट पाउन सँधै सास्ती हुने गरेको छ । दसैँ तिहार मनाउन घर आएका विद्यार्थीहरू  जहाजको टिकट नपाएपछि समस्यामा परेका छन् । उनीहरुले जहाज...

हिउँको चिसोका बीच परीक्षा दिँदै हुम्लाका विद्यार्थी, फोटो

हुम्ला : गए रातिदेखि हुम्लामा हिमपात भइरहेको छ। हिमपातका कारण एसइई परिक्षा दिने विद्यार्थीलाई गाह्रो भएको छ। बिहिबार राती १२ बजेबाट हिमपात सुरु भएको थियो। तीनवटा परीक्षा केन्द्रमा भारी हिमपात भएका कारण परिक्षार्थीलाई समस्या भएको जिल्ला शिक्षा अधिकारी मदनकुमार थापाले बताए। सदरमु सिमीकोटमा रहेका मानसरोवर  मावि,...