३० वैशाख, काठमाडौं । स्थानीय तहको निर्वाचनमा विहान १२ बजेसम्म करिब ३० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
केही स्थानमा विभिन्न कारण भएका तनावका कारण मतदान केन्द्रमा मतदान रोकिएको छ । सर्वदलीय बैठक बसेर त्यस्ता मतदान केन्द्रमा फेरि मतदान सुरु गर्न प्रयत्न भइरहेको आयोगले जनाएको छ ।
र दोलखा, सर्लाही, हुम्लाका केही मतदान केन्द्रमा मतदान प्रभावित भएको छ । तर, कतै पनि अहिलेसम्म मतदान स्थगन भने भएको छैन ।