हुम्लाका बैंकमा बढ्यो सेवाग्राहीको भीड

सिमकोट – हुम्लाका बैंकमा सेवाग्राहीको भीड बढेको छ। आर्थिक वर्षको अन्तिम समय आएको कारण राजस्व जम्मा गर्ने र चेक सटही गर्ने संख्यामा वृद्धि हँुदा कारोबार वृद्धि भएको हो। ताँजाकोट गाउँपालिका– २ का रामबहादुर जोसीले बिहान १० बजेबाट बैंकमा चेक सटही गर्न लाइनमा बसेर भुक्तानी लिन नसकिएको बताए। बैंकमा कामको चाप बढी हुनु र सम्बन्धित कार्यालयबाट […]

सम्बन्धित सामग्री

बैङ्कमा भुक्तानी लिन भीड

आर्थिक वर्ष सकिन लाग्दा हुम्लाका बैङ्कहरूमा सेवाग्राहीको भीड बढेको छ । राजस्व दाखिला गर्ने र चेक सटही गर्नेले भीड बढाएको हो । अदानचुली गाउँपालिका–३ का मक्क सुनारले सोमबार बिहान १० बजेदेखि बैङ्कमा चेक साट्न लाइनमा बस्दा पनि पालो पाउन नसकेको बताउनुभयो । उहाँले बैङ्कमा कामको चाप बढी हुनु र सम्बन्धित कार्यालयबाट निकासा कोष तथा लेखा नियन्त्रण कार्यालयमा पठाए पनि त्यताबाट बैङ्कमा ढिलो आउँदा भुक्तानीमा पनि समस्या भएको उल्लेख गर्नुभयो । उहाँले दुई दिन लगाएर डेढ लाखको चेक साटेको बताउनुभयो । बैङ्कमा बिहानैबाट भुक्तानीका लागि सेवाग्राहीले लाइनमा बस्नुपर्ने अवस्था रहेको र त्यो पनि त्यसै दिन भुक्तानी हुने नहुने निश्चित हुने गरेको छैन । कतिपय सेवाग्राही लाइनमा बसेर फिर्ता हुनुपर्ने अवस्था छ । अर्का सेवाग्राही निमा लामाले पाँच घण्टा लाइनमा बसेर ३० हजारको भुक्तानी लिएको बताउनुभयो ।