साउन २०, काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीले गत आवको चौथो त्रैमासमा रू. ४९ करोड ७५ लाख खराब कर्जा उठाएको छ । कम्पनीले अघिल्लो आवको चौथो त्रैमासमा रू. ४ करोड ३८ लाख खराब कर्जा उठाएको थियो ।
कम्पनीको खराब कर्जा संकलनमा वृद्धि भएसँगै नाफामा पनि वृद्धि भएको छ । अघिल्लो आवको चौथो त्रैमासमा रू.४७ लाख ९० हजार खुद नाफा आर्जन गरेको उक्त कम्पनीले गत आवको सोही अवधिमा वृद्धि भएर रू. ६ करोड १३ लाख २६ हजार पुगेको हो । त्यसैगरी कम्पनीको खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा ४१ प्रतिशतले वृद्धि भएको छ ।
चुक्तापूँजी रू. ४ करोड २० लाख रहेको उक्त कम्पनीले जगेडामा रू. १२ करोड ९९ लाख ५८ हजार सञ्चित गरेको छ । गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले रू. ७६ करोड ६७ लाख १४ हजार सापटि लिएर, रू. ८० करोड ४ लाख ६४ हजार निक्षेप संकलन गरेर रू. १ अर्ब ६८ करोड ९८ लाख ८० हजार कर्जा लगानी गरेको छ ।