साउन २१, काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले गत आवको चौथो त्रैमासीक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार गत आवको चौथो त्रैमासमा रू. ९३ करोड ८० लाख ६५ हजार खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएको छ । कम्पनीले अघिल्लो आवको सो अवधिमा रू. ३ करोड ५७ लाख ५५ हजार उठाएको थियो ।
गत आवको चौथो त्रैमासमा कम्पनीले खराब कर्जा संकलनमा वृद्धि भएसँगै नाफामा आर्कषक वृद्धि भएको छ । कम्पनीको नाफा अघिल्लो आवको तुलनामा गत आवमा ६ दशमलव ८ गुणा वृद्धि भएको हो । अघिल्लो आवमा कम्पनीले रू. ४६ लाख ७६ हजार नाफा कमाएकोमा गत आवमा वृद्धि भएर रू.३ करोड २२ लाख पुगेको हो ।
कम्पनीको शेयर कारोबार दोस्रो बजारमा साउन २० गतेबाट शुरु भएको थियो । आईपीओ निष्कासन पश्चात कम्पनीको पूँजी रू. १२ करोड ११ लाख पुगेको हो । कम्पनीले जगेडामा रू. ३ करोड ७७ लाख ३९ हजार सञ्चित गरेको छ ।
सम्भावित जोखिम वापतको व्यवस्थामा धेरै रकम छुट्याउदा कम्पनीको सञ्चालन नाफा रू. ८८ करोड ६६ लाख ७५ हजार ऋणात्मक रहेको छ । कम्पनीले अघिल्लो आवमा सम्भाति जोखिम बापतको ब्यवस्थामा रू. ४ करोड ५१ लाख ६१ हजार छुट्याएकोमा गत आवमा रू. ९४ करोड ८ लाख ५२ हजार छुट्याएको हो ।
प्रतिशेयर आम्दानी रू. २६ दशमलव ६०, तरलता अनुपात ९ दशमलव १४ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १३१ दशमलव १५ रहेको छ ।