बेस्ट फाइनान्सको खुद नाफा १२ करोड , प्रति शेयर आम्दानी ५८ रुपैयाँ

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बेस्ट फाइनान्स Best Finance Company  ले  १२ करोड ११ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यहि अवधिमा कम्पनीको नाफा ८९ लाख ९९ हजार रुपैयाँ ऋणात्मक रहेको थियो।यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३.५७ प्रतिशतले घटेको छ। यद्यपि फाइनान्सको कुल सञ्चालन आम्दानी ८०.३९ प्रतिशत बढेपछि र खराब कर्जा कम भएपछि कम्पनी नाफामा पुगेको हो। यस अवधिमा कम्पनीकोखराब कर्जा १४.२६ प्रतिशतबाट घटेर ४.०५ प्रतिशत कायम भएको छ।कम्पनीको वितरण योग्य मुनाफा भने २७ करोड २५ लाख रुपैयाँ ऋणात्मक रहेको छ। यस अवधिमा कम्पनीको निक्षेप ४.३२ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह ५३.११ प्रतिशत रहेको छ। समिक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ५८.४७ रुपैया, पीई रेसियो ७.३४, प्रति शेयर नेट वर्थ १२५.३५ रुपैयाँ, कोषको लागत ७.०९, र बेस रेट १०.५८ प्रतिशत रहेको छ । 

सम्बन्धित सामग्री

ग्रीन भेन्चर्सको खुद नाफा १९० प्रतिशतभन्दा बढीले बढ्यो

काठमाडौं । ग्रीन भेन्चर्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३१ करोड ९० लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा कम्पनीले १९० दशमलव ३८ प्रतिशत बढी खुद नाफा गरेको हो । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीले १० करोड ९८ हजार रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्ष कम्पनीको विद्युत विक्री आम्दानी करीब ६४ प्रतिशत बढी भएको छ । अघिल्लो वर्ष ९४ करोड २५ लाख रुपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको कम्पनीले गत वर्ष १ अर्ब ५४ करोड ४५ लाख रूपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको हो । कम्पनीको वित्तीय खर्च करीब ४२ प्रतिशतभन्दा बढी अर्थात् ६४ करोड ३३ लाख रुपैयाँभन्दा बढी भएको छ । हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब १२ करोड ५० लाख रुपैयाँ छ । अघिल्लो वर्ष ९ करोड ३५ लाख रुपैयाँभन्दा बढी ऋणात्मक रहेको कम्पनीको रिटेन्ड अर्निङ यस वर्ष भने २२ करोड ५५ लाख रुपैयाँभन्दा बढी कायम भएको छ । दीर्घकालीन कर्जा ७ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी रहेको कम्पनीको अल्पकालीन कर्जा ४० करोड रुपैयाँभन्दा बढी छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

एक अर्ब २५ करोड रुपैयाँले बढ्यो नेपाल टेलिकमको खुद नाफा

अघिल्लो आर्थिक वर्षको तुलनामा नेपाल टेलिकमको खुद नाफा बढेको छ । टेलिकमले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष १ अर्ब २५ करोड रुपैयाँले खुद नाफा बढेको जानकारी दिएको हो । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा टेलिकमको खुद नाफा ७ अर्ब १२ करोड ९४ लाख ४१ हजार रुपैयाँ थियो । जुन गत आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब २५ करोडले बढेर ८ अर्ब ३८ करोड ८८ हजार रुपैयाँ पुगेको छ । यसैगरी, यस अवधिमा टेलिकमको कूल सञ्चालन आय पनि बढेको छ । टेलिकमका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा सञ्चालन आय १ अर्ब ९५ करोड ४२

बैंक अफ काठमाण्डूको नाफामा सामान्य वृद्धि

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंक अफ काठमाण्डूको नाफामा सामान्य वृद्धि भएको छ । यसअवधिमा खुद नाफा ४.८६ प्रतिशतले बढेर १ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा यसले १ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । वितरणयोग्य नाफा १५.४२ प्रतिशतले बढेर १ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसको वितरणयोग्य नाफा १ अर्ब १२ करोड रुपैयाँ थियो । बैंकको खुद ब्याज आम्दानी २३.७८ प्रतिशत र सञ्चालन नाफा ०.२६ प्रतिशतले बढेको छ । यसको खराब कर्जा १.०४ प्रतिशतबाट ब

नबिल बैंकको खुद नाफा ९.८३ प्रतिशतले  वृद्धि

गत आर्थिक वर्षको चौथो त्रैमासमा नबिल बैंकले ४ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ९.८३ प्रतिशतले धेरै हो । गत वर्ष यसले ४ अर्ब ५२ करोड रुपैयाँ नाफा कमाएको थियो । असारसम्म आइपुग्दा नबिलको खुद ब्याज आम्दानी १६.७९ प्रतिशत र सञ्चालन नाफा १३.९८ प्रतिशत बढेको छ । जसका कारण पनि खुद नाफा बढेको देखिन्छ । यो त्रैमाससम्म आइपुग्दा बैंकले वितरणयोग्य नाफा ११९.९६ प्रतिशतले बढोत्तरी गरेर ९ अर्ब १२ करोड रुपैयाँ पुर्याएको छ ।  यता, बैंकको खुद नाफामा सुधार भएपनि चुक्ता प

१३२.७२ प्रतिशतले बढ्यो कालिका लघुवित्तको खुद नाफा, अन्य सूचक कस्तो ?

आर्थिक वर्ष ७८/७९ मा कालिका लघुवित्तको खुद नाफा १३२.७२ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीको खुद नाफा ५ करोड ५२ लाखबाट बढेर १२ करोड ८४ लाख पुगेको हो। यस अवधिमा  कम्पनीको खुद ब्याज आम्दानी १.१३ प्रतिशतले बढेर २९ करोड ४७ लाख रहेको छ । कम्पनीले कर्जा प्रवाहको लागि बैंक तथा वित्तीय संस्थाबाट लिएको सापटी २७.२५ प्रतिशतले बढेर १ अर्ब ३६ करोड पुगेको छ भने कर्जा प्रवाह ३०.३० प्रतिशतले बढेर ३ अर्ब ९१ करोड पुगेको छ । यस अवधिमा कम्पनीको निक्षेप २६.८० प्रतिशतले बढेर १ अर्ब ४६ करोड पुगेको छ ।३१ करोड २८ लाख चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा २२ करोड ७३ लाख रहेको छ । यस अवधिमा बैंकको  प्रति शेयर आम्दानी ४१ रुपैयाँ ०७ पैसा रहेको छ भने प्रति शेयर नेट वर्थ १७२ रुपैयाँ ६८ पैसा रहेको छ । बैंकको खराब कर्जा ६.२० प्रतिशतबाट घटेर ३.११ प्रतिशत कायम भएको छ । खुद ब्याज आम्दानी समान्य बढेपनि खराब कर्जा उलेख्य घट्दा कम्पनीको खुद नाफा १३२.७२ प्रतिशतले बढेको हो । खराब कर्जा उलेख्य घट्दा कम्पनीले सम्भावित जोखिमको लागि छुट्याएको रकम पनि घटेको छ ।

छिमेक लघुवित्तको तेस्रो त्रैमासम्मको खुद नाफा करीब ७२ करोड

वैशाख २६, काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ७१ करोड ७१ लाखभन्दा बढी खुद नाफा गरेको छ ।  गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा करीब २५ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म रू. ९५ करोड ५९ लाखभन्दा बढी खुद नाफा कम्पनीले गरेको थियो । यस वर्ष कम्पनीको सञ्चालन नाफा साढे १९ प्रतिशत कम रू. १ अर्ब १२ करोड भएको छ । २७ प्रतिशत बोनस शेयरमार्फत चुक्तापूँजी बढाएर रू. २ अर्ब ३२ करोड ४१ लाख पुर्‍याएको कम्पनीको शेयर प्रिमियममा रू. ४ करोड ९ लाखभन्दा बढी रहेको छ भने रिटेन्ड अर्निङ रू. १ अर्ब २४ करोड ७८ लाखभन्दा बढी छ ।  कम्पनीको जगेडा कोषमा भने रू. २ अर्बभन्दा बढी रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा रू. ५५ करोड ९३ लाखभन्दा बढी रहेको छ । यस वर्ष कर्जा सापटी १२ दशमलव २७ प्रतिशत कम रहेको कम्पनीले करीब १५ प्रतिशत बढी निक्षेप संकलन गरेको छ भने २९ दशमलव ३८ प्रतिशत बढी कर्जा प्रवाह गरेको छ । कम्पनीले यस वर्ष रू. ५ अर्ब ४५ करोडभन्दा बढी कर्जा सापटी लिएको छ भने रू. ३२ अर्ब २० करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ । निक्षेप संकलन भने कम्पनीको रू. २५ अर्ब ७९ करोड ३२ लाखभन्दा बढी छ ।  गत वर्ष शून्य दशमलव ५५ रहेको निष्क्रिय कर्जा यस वर्ष शून्य दशमलव ९१ प्रतिशत पुगेको छ । यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ४१ दशमलव १४ र प्रतिशेयर नेटवर्थ रू. २४१ दशमलव ६८ छ । मूल्य आम्दानी अनुपात २७ दशमलव २० गुणा छ ।

ज्योति लाइफ इन्स्योरेन्सको नाफा ७१ प्रतिशतले बढ्यो

ज्योति लाइफ इन्स्योरेन्सको नाफा बढेर २० करोड ६५ लाख माथि पुगेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले झण्डै ७१ प्रतिशत (७०.९९ प्रतिशत) ले नाफा वृद्धि गर्दै २० करोड ६५ लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको हो । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले १२ करोड ७ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ६१.९१ प्रतिशतले बढेर ५ अर्ब ६६ करोड १८ लाख २७ हजार रुपैयाँ पुगेको छ । यस्तै, खुद बीमा शुल्क आर्जन १२.७९ प्रतिशतले बढेर २ अर्ब ४९ करोड ३

खुद ब्याज आम्दानी बढेपनि आईसीएफसी फाइनान्सको खुद नाफा ३०% घट्यो

वैशाख ८, काठमाडौं । आईसीएफसी फाइनान्सले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा खुद नाफा ३० दशमलव ३२ प्रतिशत घटेको छ । गत आवमा कम्पनीले रू. १७ करोड ७९ लाख खुद नाफा कमाएकोमा चालू आवमा घटेर रू. १२ करोड ३९ लाखमा झरेको हो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको सञ्चालन नाफा ३२ प्रतिशत घटेकाले नाफा घट्न पुगेको हो । सो अवधिमा कम्पनीको खुद व्याज आम्दानी भने ३७ दशमलव ९८ प्रतिशत बढेको छ । गत आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. २२ करोड ९३ लाख खुद ब्याज आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ३१ करोड ६५ लाख पुगेको हो । त्यसैगरी कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब १२ करोड रहेको छ भने चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ५० करोड २५ लाख र रिटेण्ड अर्निङमा रू. ४ करोड ४१ लाख सञ्चित गरेको हो । चालू आवमा कम्पनीको खुद नाफा घटेसँगै प्रतिशेयर आम्दानी घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. २३ दशमलव १६ रहेकोमा चालू आवमा रू.१४ दशमलव ६७ मा झरेको हो । त्यसैगरी चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको वितरणयोग्य नाफा रू. ४ करोड ४१ लाख रहेको छ । सो अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात ३५ दशमलव ९३ गुणा, तरलता अनुपात २४ दशलमव शून्य ९ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू.१४८ दशमलव ५० रहेको छ ।

राष्ट्रिय बिमा कम्पनीको नाफा ४१.४२ प्रतिशतले बढ्यो

काठमाडौं, २७ माघ । राष्ट्रिय बिमा कम्पनीको खुद नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४१.४२ प्रतिशत बढेको छ । कम्पनीले १९ करोड ४३ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिको तुलनामा खुद नाफा कम्पनीको खुद बिमा शुल्क आम्दानीमा भने झिनो सुधार हुँदै १२ करोड ८८ लाख ८९ हजार रुपैयाँ […]

यस वर्ष सानिमा जनरल इन्स्योरेन्सको खुद नाफा ९५.६५% बढ्यो

माघ २५, काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सानिमा जनरल इन्स्योरेन्सले रू. ५ करोड ८० लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. २ करोड ९६ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।  गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा ९५ दशमलव ६५ प्रतिशत बढी भएको हो । कम्पनीले गत वर्षभन्दा ६६ दशमलव ७३ प्रतिशत बढी रू. ९ करोड ९३ लाख आम्दानी गरेकोमा ३८ प्रतिशत बढी रू. ४ करोड १३ लाख खर्च गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब रहेको छ । जगेडा कोष रकम गत वर्षभन्दा ७७ प्रतिशत बढी रू. ११ करोड १८ लाख कायम भएको छ भने बीमा कोष रकम ७० दशमलव ४२ प्रतिशत बढी रू. १२ करोड १८ लाख पुगेको छ । कम्पनीले यस वर्ष गत वर्षभन्दा ६४ दशमलव ६८ प्रतिशत बढी रू. ४६ करोड ११ लाख कुल बीमाशुल्क आर्जन गरेको छ भने २० दशमलव ३०) प्रतिशत बढी रू. ९ करोड ६० लाख कुल दाबी भुक्तानी गरेको छ । गत वर्ष ३६ हजार ५५० बीमालेख जारी गरेको कम्पनीले यस वर्ष ४५ हजार ७५२ बीमालेख जारी गरेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ११ दशमलव ६२ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १२४ दशमलव ३० रहेको छ ।