त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर मार्सल राख्ने भारतीय चाहना निकै पुरानो हो । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको समयमा मात्र होइन, २०६७ सालतिर पर्यटनमन्त्री हिसिला यमीकै प्रस्तावमा एयर मार्सल अगाडि बढाउने प्रयास भएको थियो । तर, सार्वजनिक वृत्तमा भएको विरोधका कारण उक्त प्रस्ताव अगाडि बढेको थिएन ।