नियुक्ति, पदस्थापन तथा सरुवा-बढुवासहित १७ काम गर्नेलाई कारबाही गर्ने गृहको चेतावनी

काठमाडौँ। राजनीति तथा प्रशासनिक नियुक्ति, पदस्थापन र सरुवा वा बढुवा गराउने व्यक्तिलाई कारबाही गरिने भएको छ । पछिल्लो समयमा विभिन्न व्यक्ति तथा समूहले अवसर र लाभ उपलब्ध गराउने भनी गैर कानुनी ठगी गरिरहेको भन्दै गृह मन्त्रालयले विभिन्न १७ वटा काम गर्नेमाथि कारबाही गर्ने चेतावनी दिएको हो । मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै त्यस्ता गतिविधि […]

सम्बन्धित सामग्री

८० प्रतिशत मतपत्रको छपाई सकियो, मंगलवारदेखि ढुवानी गर्दै आयोग

बैशाख १२, काठमाडौं । निर्वाचन आयोगले बैशाख १३ गते (भोली)बाट स्थानीय तह निर्वाचन २०७९ को मतपत्र ढुवानीको शुरु गर्ने भएको छ ।  निर्वाचन आयोग, नेपालले सोमवार आयोजना गरेको नियमित पत्रकार भेटघाट कार्यक्रममा सो जानकारी गराइएको हो ।  आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ८० प्रतिशत मतपत्र छपाईको काम सकिएको र बाँकि मत पत्रको पनि छपाई कार्य जारी रहेको बताए । उनका अनुसार हालसम्म ६८ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार मत पत्र छपाई सकिएको छ ।  निर्वाचन आयोगले एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरेको छ । आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सम्बन्धित सबै पक्षलाई पनि सचेत गराएको छ ।  निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित तथा पारदर्शी बनाउन आयोगले सो आह्वान गरेको उल्लेख गर्दै उनले निर्वाचन आचारसंहिताको पूर्ण पालना नगर्ने राजनीतिक दल तथा उम्मेदवारहरुमाथि निर्वाचन कसुर अनुसार कारबाही हुने चेतावनी पनि दिए । निर्वाचन आयोगले सरुवा, पदस्थापन वा काजमा खटाइएका कर्मचारीहरुलाई निर्वाचन सम्पन्न गराउने प्रयोजनका लागि तोकिएको ठाउँमा यही बैशाख १५ गते भित्र अनिवार्य रुपमा हाजिर हुने व्यवस्था मिलाउन पनि सम्बन्धित पक्षलाई पुनः निर्देशन दिएको छ ।  निर्वाचन आयोगले हालसम्म निर्वाचनको पर्यवेक्षणका लागि ६८ ओटा संस्थाहरुले अनुमति लिएको पनि जनाएको छ । ती संस्थाका करिव २० हजार पर्यवेक्षकहरुलाई आयोगको परिचय पत्रसहित मतदान केन्द्रहरुमा परिचालन गरिने पनि आयोगका प्रवक्ता पौडेलले बताए । निर्वाचन आयोगले आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठ र सहन्यायाधिवक्ता गुरु वाग्लेलाई निर्वाचन सूचना सम्प्रेषण अधिकारी पनि तोकेको छ । आयोगका प्रवक्ता र सहप्रवक्ताको अतिरिक्त उनिहरुलाई पनि निर्वाचनको सूचना दिनका लागि निर्वाचन सूचना सम्प्रेषण अधिकारी तोक्नु परेको प्रवक्ता पौडेलले बताए ।

कारबाहीको चेतावनी अघि नै मंग्राती हाजिर भइसकेको प्रशासनको पत्र

काठमाडौँ । पदस्थापन गरिएको कार्यालयमा हाजिर नभएको भनिएकामध्ये एक अधिकृत पत्र काट्नुअघि नै सम्बन्धित कार्यालयमा कामकाज गरिरहेको भेटिएको छ । गृह मन्त्रालयले पदस्थापन गरेको कार्यालयमा हाजिर नभएका तीन अधिकृतलाई कारबाही गर्ने चेतावनीसहित काटिएको पत्रमा पहिलो नम्बरमा उल्लेख अङ्कित मंग्राती १३ गतेदेखि नै जिल्ला प्रशासन कार्यालय धनकुटामा हाजिर भइसकेको पत्र प्रशासनलाई प्राप्त भएको छ । चैत्र […]

खटाएको कार्यालयमा नजाने तीन अधिकृतलाई कारबाही गर्ने गृहको चेतावनी

काठमाडौँ । गृह मन्त्रालयले पदस्थापन गरिएको कार्यालयमा हाजिर नहुने तीन अधिकृतलाई कारबाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयले चैत २ गतेको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय, धनकुटामा पदस्थापन गरिएका शाखा अधिकृत अंकित मंग्राती, इलाका प्रशासन कार्यालय, नरैनापुर, बाँकेमा पदस्थापन गरिएका नारायण प्रसाद खनाल र जिल्ला प्रशासन कार्यालयमा पदस्थापन गरिएकी उर्मिला अधिकारीलाई खटिएको कार्यालयमा जान नआएमा निजामती […]