काठमाडौं : जनता समाजवादी पार्टी, (जसपा) नेपालले निर्वाचन आयोगविरूद्ध राजनीति र कानुनी लडाइँ जारी राख्ने निर्णय गरेको छ। अध्यक्ष उपेन्द्र यादवले प्रेस विज्ञप्ति जारी गर्दै आयोगको भूमिका निष्पक्ष र तटस्थ नभएको उल्लेख गरेका छन् । पार्टीको बहुमतले गरेको कारबाही अस्विकार गरेपछि जसपाले त्यसलाई पूर्वाग्रही निर्णय भनेको छ। जसपाले जेठ १७ गते कार्यकारिणी समितिको बैठकको बहुमतबाट राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१ बमोजिम महन्थ ठाकुर लगायतलाई निष्कासन गरेको थियो।सोही बमोजिम उनीहरुलाई पदबाट