केराको पनामा रोगको नयाँ प्रजाति टिआर-४ को व्यवस्थापनवारे छलफल

काठमाडौं । केराको पनामा लाग्ने रोगको नयाँ प्रजाति टिआर ४ बाट केरा खेती जोगाउन कैलालीको टीकापुरमा आज सरोकारवालाबीच बिस्तृत छलफल भएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), कृषि मन्त्रालयका प्रतिनिधि, सुदूरपश्चिम प्रदेश कृषि मन्त्रालय, कृषि ज्ञान केन्द्र कैलाली र बर्दिया, सुदूरपश्चिम विश्वविद्यालय कृषि संकाय, रानीजमरा कुलेरिया सिचाइँ आयोजना, कृषि अनुसन्धान निर्देशनालय दिपायल, राष्ट्रिय कृषि […] The post केराको पनामा रोगको नयाँ प्रजाति टिआर-४ को व्यवस्थापनवारे छलफल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

गहुँबालीमा लाग्ने कालो सिन्दुरे रोग नेपालमा पनि भेटियो

काठमाडौं । नेपालमा गहुँबालीमा लाग्ने कालो सिन्दुरे रोगको प्रजाति यूजी ९९ को टिटिकेटिटि पहिलोपटक पत्ता लागेको छ । राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र, खुमलटारका वैज्ञानिकहरुले पहिलोपटक यो रोगको प्रजाति नेपालमा पनि देखिएको कुरा पुष्टि गरेका हुन् । उक्त केन्द्रका प्रमुख सुरज बैद्यका अनुसार वैज्ञानिकहरुले गत कार्तिक २२ गते देलखाको दांगढुंगे र खरिढुंगाका क्षेत्रहरुमा गाइवस्तुको […] The post गहुँबालीमा लाग्ने कालो सिन्दुरे रोग नेपालमा पनि भेटियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नवलपरासीको प्रतापुर कठहवाँमा पनि भेटियो केरामा लाग्ने पानामा रोगको नयाँ प्रजाति

काठमाण्डाै - नवलपरासीको प्रतापुर गाउँपालिका–६ कठहवाँमा पनि केरामा लाग्ने पानामा रोगको नयाँ प्रजाति टीआर–४ पुष्टि भएको छ । भदौको पहिलो हप्ता पानामा रोगको प्रजाति टीआर–४ नेपालमा पहिलो पटक कैलालीको टीकापुरमा फेला परेको थियो । नवलपरासीको कठहवाँमा पुष्टि भएको रोग टीकापुर या अरु ठाउँबाट सरेको हो भन्ने यकिन भइसकेको छैन । केराका लागि यो रोग निकै खतरनाक मानिन्छ । यसअघि टीआर–१ मात्र फेला परेको थियो तर अहिले कैलालीको टीकापुर र नवलपरासीको प्रतापुर क्षेत्रमा यो रोग पुष्टि भएको नेपाल कृषि ...

रोग व्यवस्थापनका प्रारम्भिक विधि अवलम्बन गर्न सुझाव

काठमाडौं– केरामा लाग्ने पनामा रोगको नयाँ प्रजाति टिआर–४ को जोखिम विश्लेषण एवं सर्वेक्षण कार्यदलले कृषि तथा पशुपन्छी विकासमन्त्री वेदुराम भुसाललाई प्रतिवेदन बुझाएको छ । राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक रामबहादुर खड्काको संयोजकत्वमा प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख प्रकाश पौडेल, बाली रोग वैज्ञानिक वशिष्ठ आचार्यलगायतको कार्यदलले प्रतिवेदन बुझाएको हो । कार्यदलले प्रतिवेदनमा […]

कृषिमन्त्री भुसाल समक्ष अध्ययन कार्ददलको प्रतिवेदन

काठमाडौं । कृषि मन्त्रालय अन्तर्गत गठित पनामा रोगको नयाँ प्रजाति टिआर ४ को जोखिम विश्लेषण एवं सर्भेक्षण कार्यदलले आफ्नो प्रतिवेदन कृषि तथा पशुपञ्छी विकास मञ्त्री डा. वेदुराम भुसालसमक्ष आज पेश गरेको छ । नार्क अन्तर्गत राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक डा. रामबहादुर खड्काको संयोजकत्वमा प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख प्रकाश पौडेल, […] The post कृषिमन्त्री भुसाल समक्ष अध्ययन कार्ददलको प्रतिवेदन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

केरामा फेला पर्‍यो ‘पानामा टीआरफोर’ रोग

केरा ओइलाउने (पानामा) रोगको नयाँ प्रजाति ट्रोपिकल रेस ४ (टीआरफोर) पहिलो पटक नेपालमा फेला परेको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायले गरेको अनुसन्धानले टीकापुरका केरा बगैँचामा पानामा टीआरफोर रोग लागेको फेला परेको हो ।

केरामा पानामा रोगको संक्रमण

काठमाडौं । नेपालमा पहिलोपटक केरामा पानामा (ओइलाउने) रोगको टीआर ४ प्रजाति भेटिएको छ । फ्युजारिया अक्सिस्पोरियम क्युबेन्स ढुसीका कारण केरामा लाग्ने रोग नै पानामाको टीआर ४ प्रजाति हो । विश्वका अन्य मुलुकमा समेत व्यापक रूपमा फैलिइरहेको यो रोगको जटिलता गहिरो भएकाले समयमै रोकथाम गर्न नसके १५ अर्ब रुपैयाँ लगानी रहेको नेपालको केरा व्यवसाय धराशयी हुने जोखिम रहेको सरोकारवाला बताउँछन् । यो रोग माटोमा बस्ने ढुसी भएका कारण संक्रमित बिरुवा, माटो, पानी, कृषि औजारबाट समेत सर्न सक्छ । साथै केरा बोक्ने गाडीको टायर र जुत्ता चप्पलमा टाँसिएको माटोबाट समेत एक खेतबाट अर्को खेतमा सर्न सक्छ । एकपटक संक्रमण देखिएको माटोमा २० वर्षसम्म पनि रोगको प्रजाति सक्रिय रहन सक्ने हुँदा यसलाई समयमै रोकथाम गर्न नसके नेपाली केरा व्यवसाय धराशयी हुन सक्ने जोखिम रहेको कृषि वैज्ञानिक राम खड्काले बताए । नेपालका मोरङ, झापा, सप्तरी, चितवन, कैलाली, बर्दिया रूपन्देही र नवलपरासी जिल्लामा सबैभन्दा बढी केरा उत्पादन हुन्छ । अहिले नेपालका ५० हजारभन्दा बढी मानिस केरा व्यवसायमा संलग्न छन् । रोगको प्रजाति जटिल प्रकृतिको र एकपटक संक्रमण भएपछि वर्षौंसम्म असर गर्ने भएकाले ठूलो नोक्सान हुने खड्काले बताए । ‘त्यसकारण यसप्रति सबै सरोकारवाला समयमै सचेत हुन जरुरी छ,’ उनले आर्थिक अभियानसँग भने । अहिले टीआर ४ प्रजाति टीकापुर, कैलालीका नौ जना कृषकको केरा बगैंचामा देखिएको छ । राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र र सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायको टोलीले साउन १० गते प्रभावित क्षेत्रका करीब ८ हजार केराका बोट अवलोकन गर्दा त्यसमध्ये करीब ४० प्रतिशतमा रोगको लक्षण देखिएको बताइएको छ । पानामा रोगको यो प्रजाति पहिलोपटक अस्ट्रेलियामा सन् १९९७ मा देखिएको थियो । त्यसबेला रोगको फैलावट रोक्न अस्ट्रेलियाले खेतमा भएका सबै बिरुवा नष्ट गर्नुका साथै प्रभावित क्षेत्रमा १५ वर्षसम्म प्रवेश निषेध गरेको थियो । त्यसको १८ वर्षपछि अस्ट्रेलियाकै क्विन्सल्यान्डमा यो रोग दोस्रोपटक देखियो । छिमेकी मुलुक चीन तथा भारतको विहार र उत्तर प्रदेशमा समेत यो प्रजाति देखिइसकेको छ । के हो टीआर ४ प्रजाति ? वैज्ञानिकहरूका अनुसार केरामा यो प्रजातिको रोग लाग्नु भनेको खेती नै विनाश हुनु हो । हालसम्म उक्त रोगका कारण अस्ट्रेलियासहित अफ्रिकाका सबै केराखेती सखाप भएको वैज्ञानिक खड्का बताउँछन् । तत्कालीन केराका प्रजातिहरूले यो रोगसँग लड्न नसकेपछि वैज्ञानिकहरूले रोगलाई यथावत् छाडेर केराको नयाँ प्रजाति ‘जी–नाइन’ आविष्कार गरेर व्यावसायिक केराखेतीलाई पुनर्जीवन दिएका थिए । विश्वभर व्यावसायिक केराखेतीमा ‘जी–नाइन’ जातको प्रयोग थालिएपछि अन्य रैथाने केरा यही रोगका कारण मासिएको उनी बताउँछन् । पानामा रोगको अन्य प्रजाति नेपालमा १५ वर्षअघि भित्रिएको र त्यसले नेपालको रैथाने मालभोग जातको केरा नष्ट गरेको राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क) को भनाइ छ । यो रोग लागेमा केराको फेदैदेखि पात पहेंलो हुने र अन्त्यमा रुखै ढल्ने हुन्छ । यसको संक्रमणबाट बच्न रोग देखिएको स्थानलाई तत्कालै बन्द गर्नुपर्ने बताइएको छ ।

केरामा लाग्ने पानामा रोगको नयाँ प्रजाति नेपालमा पहिलो पटक भेटियो

काठमाण्डौ – केरामा लाग्ने पानामा रोगको नयाँ प्रजाति टी आर–४ नेपालमा पहिलो पटक भेटिएको छ। पानामा रोग केरामा लाग्ने प्रमुख रोग हो । पानामा ढुसीका ४ प्रजातिमध्ये केराका लागि खतरनाक मानिएको टी आर ४ कैलालीको टिकापुरका व्यावसायिक केरा बगैँचामा भेटिएको पुष्टि भएको छ । कृषि वैज्ञानिकको एक टोलीले एक महिना लगाएर टिकापुरका नौ जना किसानको बगैँचामा आठ हजार बोटमा अवलोकन गरेको र नमुना हङकङ पठाएको थियो । नमुनाबाट टी आर ४ नामक हानिकारक ढुसी प्रजाति केरामा लागेको पुष्टि भएको नार्कका बाली...

केरा खेती विनाश गर्ने रोगको नयाँ प्रजाति नेपालमा भेटियो

३ भदौ, काठमाडौं । नेपालमा व्यावसायिक रुपमा धेरै खेती गरिने केराको प्रजातिलाई विनाश गर्न सक्ने नयाँ रोगको प्रजाति फेला परेको छ । कृषि वैज्ञानिकहरुको एक टोलीले एक महिना लगाएर गरेको खोज अनुसन्धानमा सुदूरपश्चिम प्रदेशको कैलालीमा ‘पानामा’ रोगको ‘टीआर–फोर’ नामक हानिकारक प्रजाति केरामा लागेको पुष्टि गरेको हो । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र सुदूरपश्चिम विश्वविद्यालयको […]

कोरोनासंग लड्न लकडाउनै बिकल्प

विश्वभरि नै कोरोना भाइरस (कोभिड–१९) को त्रासदी व्याप्त छ । संसारको लगभग सबै ठाउँमा कोरोना महामारीको चर्चा–परिचर्चा नै भइरहेको छ । पृथ्वीभरिका मानिसहरूले यस रोगको कहर सामना गर्दैछन् । कोरोना भाइरसको संव्रmमण सबैभन्दा पहिले चिनियाँ सहर वुहानमा फैलियो । यो सहरमा करिब १ करोड १० लाख जनसंख्या छ । वुहान सहर एक व्यापारिक स्थान भएको हुँदा यहाँ धेरै अरू क्षेत्रका मानिसहरूको पनि आवतजावत हुने हुँदा अन्य सहरहरूमा पनि यो रोगको विस्तार भएको बुझिन्छ । यसका धेरै प्रकारमध्ये हालसम्म मानिसमा सात प्रकारका कोरोना भाइरसको संक्रमण देखिएको छ । सन् २०१९ डिसेम्बर महिनामा छिमेकी देश चीनमा पत्ता लागेको नोबल कोरोना भाइरस, कोरोना समूहको नयाँ प्रजाति हो । यसमा सार्स, मर्स र नोबल कोरोना भाइरसचाहिँ भर्खरै पत्ता लागेका हुन । कोरोना भाइरसका ८० प्रतिशत लक्षण सार्ससँग मिल्ने सम्बन्धित क्षेत्रका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।