काठमाण्डौ – केरामा लाग्ने पानामा रोगको नयाँ प्रजाति टी आर–४ नेपालमा पहिलो पटक भेटिएको छ।
पानामा रोग केरामा लाग्ने प्रमुख रोग हो । पानामा ढुसीका ४ प्रजातिमध्ये केराका लागि खतरनाक मानिएको टी आर ४ कैलालीको टिकापुरका व्यावसायिक केरा बगैँचामा भेटिएको पुष्टि भएको छ ।
कृषि वैज्ञानिकको एक टोलीले एक महिना लगाएर टिकापुरका नौ जना किसानको बगैँचामा आठ हजार बोटमा अवलोकन गरेको र नमुना हङकङ पठाएको थियो ।
नमुनाबाट टी आर ४ नामक हानिकारक ढुसी प्रजाति केरामा लागेको पुष्टि भएको नार्कका बाली...