काठमाण्डाै - नवलपरासीको प्रतापुर गाउँपालिका–६ कठहवाँमा पनि केरामा लाग्ने पानामा रोगको नयाँ प्रजाति टीआर–४ पुष्टि भएको छ । भदौको पहिलो हप्ता पानामा रोगको प्रजाति टीआर–४ नेपालमा पहिलो पटक कैलालीको टीकापुरमा फेला परेको थियो ।
नवलपरासीको कठहवाँमा पुष्टि भएको रोग टीकापुर या अरु ठाउँबाट सरेको हो भन्ने यकिन भइसकेको छैन । केराका लागि यो रोग निकै खतरनाक मानिन्छ । यसअघि टीआर–१ मात्र फेला परेको थियो तर अहिले कैलालीको टीकापुर र नवलपरासीको प्रतापुर क्षेत्रमा यो रोग पुष्टि भएको नेपाल कृषि ...