मालभोग केरामा ‘पानामा’ रोगको समस्या, किसानद्वारा केराको प्रजाति नै परिवर्तन गर्न शुरु

चैत १४, चितवन । चितवनको रैथाने जातको रुपमा रहेको मालभोग जातको केरामा पानामा रोग देखिन थालेको छ । उक्त रोगका कारण किसानले केराको प्रजाति नै परिवर्तन गर्न शुरु गरेका छन् ।  रत्ननगर नगरपालिका–१२ का ठाकुर सापकोटाले २५ बिघा जमिनमा केराखेती गर्दै आएका छन् । दश वर्षदेखि केराखेती गर्दै आएका उनीलाई पछिल्लो समय मालभोग केरामा लागेको पानामा रोगले सताउन थालेको हो । ‘हरियो जातको केरा १५ र मालभोग जातको केरा १० बिघामा छ । मालभोगका लागि शत्रु बनेर पानामा रोग आएको छ’, सापकोटा भन्छन्, ‘विगत ६ वर्षदेखि यसको उपचार गर्न नै सकिएको छैन ।’ चितवनका अधिकांश केरा किसान आफ्नो केराखेतीमा देखिएको पानामा रोगका कारण चिन्तित भएका छन् । उक्त जातको केराको बोट ओइलाउने, गुभो कुहिँदै जाने, बोट मर्ने, जरामा गिर्खापर्ने समस्या देखिएको छ । पछिल्लो छ वर्षयता यो समस्याले केराखेती गर्ने अन्य किसानलाई समस्या पार्दै आएको छ ।  केरा लगाएको पहिलो वर्ष रोग नदेखिए पनि दोस्रो वर्षबाट देखिने गरेको रत्ननगर–१२ का किसान नारायणदत्त पन्त बताउँछन् । ‘करीब पाँच बिघा जमिनमा केराखेती छ । मालभोग जातको केरा जहाँ लगाए पनि एक वर्षबाट नै समस्या देखिन्छ’, आठ वर्षदेखि केराखेती गर्दै आएका उनी भन्छन्, ‘पहिलो वर्ष सामान्य असर देखिए पनि दोस्रो वर्ष ४० प्रतिशत र तेस्रो वर्ष ७० प्रतिशतसम्म रोग फैलिने गरेको छ । चौँथो वर्षदेखि केरा नै नाश गर्नुपर्ने अवस्था आएको छ ।’ चितवनमा दुई हजार १०० हेक्टर जमिनमा केराखेती रहेको अनुमान छ । त्यसमध्ये ३० प्रतिशतको हाराहारीमा पानामा रोग देखिएको केरा उत्पादक सङ्घ जिल्ला शाखाका महासचिव जनक पन्त बताउँछन् । ‘हामी केरामा आत्मनिर्भर हुन खोजेका छौँ तर मालभोग जातको केरामा रोग देखिएपछि उद्देश्य पूरा हुनसकेको छैन’, उनी भन्छन्, ‘रोग बढ्ने क्रम जारी रहेकाले किसान अहिले आत्तिएका छन् ।’ अहिले केराको जोन क्षेत्र रहेका कालिका, खैरहनी, रत्ननगरमा पानामा रोग देखिएको छ । यसबारे किसानले सरकारी निकायसँग पहल गरिदिन आग्रह गरे पनि सार्थक हुन सकेको छैन । ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि ज्ञान केन्द्र र प्रदेश सरकारसँग रोग निदान गरिदिन अनुरोध गरेका थियौँ तर हालसम्म कुनै पहल भएको छैन’ महासचिव पन्त भन्छन् ।  नेपालमा पानामा रोग १३ वर्षअघि भारतबाट भित्रिएको अनुमान गरिएको छ । चितवनमा भने छ वर्षदेखि व्यापक रुपमा फैलिँदै गएको हो । मालभोग जातमा देखिएको रोगलाई निराकरण गर्न समस्या रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृषि अधिकृत इन्द्र शर्मा ढुङ्गाना बताउँछन् । ‘केरामा छ वर्षदेखि ढुसीजन्य रोग देखिएको थियो ।  यसलाई निराकरण गर्न सकिँदैन भन्ने विश्वको अभ्यासबाट देखिएको छ’, उनी भन्छन्, ‘हाम्रो प्रयासले नसकेपछि नार्कको टोलीलाई बोलाएर अनुसन्धान गर्न लगायौँ तर सकिएन । त्यसपछि चीनबाट वैज्ञानिक बोलाएर निरुपण गर्ने प्रयास गर्दा पनि भएन ।’ निर्मुल गर्न नसकिए पनि पानामा रोगलाई कम गर्न सकिने महासचिव पन्त भन्छन् । ‘मालभोग जातको केरा लगाउदा प्रशस्त गोबर मल प्रयोग गर्न र एक पटक पनि केराखेती नभएको माटो भयो भने रोग कम गर्न सकिन्छ’ उनी भन्छन् । जिल्लामा ७५० कृषकले व्यवसायिक रुपमा केरा खेती गरेको अनुमान छ । मालभोग केराको स्वाद मिठो र उत्पादन बढी हुने भएकाले अधिकांश कृषकको रोजाइमा मालभोग जात नै पर्ने गरेको कृषि अधिकृत ढुङ्गाना बताउँछन् ।  पानामा रोगबाट बच्न पानामा रोग नलाग्ने जातका केरा छनोट गर्न उहाँको सुझाव छ । मालभोग केराको विकल्पमा यहाँका किसानले ‘जिनाइन’ प्रजातिको केरा लगाउन थालेका छन् । चितवन केरा उत्पादन बढी हुने जिल्ला मानिन्छ । यहाँ वार्षिक ८० हजार मेक्ट्रिकटन केरा उत्पादन हुने गरेको सरकारी तथ्यांक छ ।  देशभरको उत्पादनको करीब ४० प्रतिशत केरा यहाँ उत्पादन हुन्छ तर नेपालमा अझै पनि कुल मागको ६० प्रतिशत केरा भारतबाट आउने व्यवसायीको भनाइ छ । रासस

सम्बन्धित सामग्री

केरा खेती विनाश गर्ने रोगको नयाँ प्रजाति नेपालमा भेटियो

३ भदौ, काठमाडौं । नेपालमा व्यावसायिक रुपमा धेरै खेती गरिने केराको प्रजातिलाई विनाश गर्न सक्ने नयाँ रोगको प्रजाति फेला परेको छ । कृषि वैज्ञानिकहरुको एक टोलीले एक महिना लगाएर गरेको खोज अनुसन्धानमा सुदूरपश्चिम प्रदेशको कैलालीमा ‘पानामा’ रोगको ‘टीआर–फोर’ नामक हानिकारक प्रजाति केरामा लागेको पुष्टि गरेको हो । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र सुदूरपश्चिम विश्वविद्यालयको […]

चराका आधा प्रजाति संकटमा

पृथ्वीको वातावरणीय स्वास्थ्यको सूचक मानिने चराहरूको कुल प्रजातिको आधाजसो प्रजाति ह्रासोन्मुख रहेका र हरेक आठ प्रजातिमध्ये एक प्रजाति विलुप्त हुने सँघारमा रहेको देखिएको छ।...

नेपालमा भेटियो छेपारोको नयाँ प्रजाति

काठमाडौँ । नेपालमा नयाँ प्रजातिको छेपारो फेला परेको छ । पूर्वी नेपालको मोरङ जिल्लास्थित मिक्लाजुङ गाउँपालिकाअन्तर्गत पर्ने चुरे क्षेत्रमा जैविक विविधताको अध्ययन गर्ने क्रममा पहिलोपटक नयाँ प्रजातिको छेपारो फेला परेको हो । यसको नाम ‘सिक्किम छेपारो’ अर्थात् वैज्ञानिक नाम ‘ट्याकीड्रोमस सिक्किमेन्सिस’ हो । ‘लेसरटिडे’ परिवारअन्तर्गत पर्ने यो छेपारोको नयाँ प्रजाति फेला परेसँगै नेपालमा अब छेपारो […]

नेपालमा भेटियो छेपारोको नयाँ प्रजाति

काठमाडौँ । नेपालमा नयाँ प्रजातिको छेपारो फेला परेको छ । पूर्वी नेपालको मोरङ जिल्लास्थित मिक्लाजुङ गाउँपालिका अन्तर्गत पर्ने चुरे क्षेत्रमा जैविक विविधताको अध्ययन गर्ने क्रममा यसरी पहिलोपटक नयाँ प्रजातिको छेपारो फेला परेको हो ।  यसको नाम ‘सिक्किम छेपारो’ अर्थात् वैज्ञानिक नाम ‘ट्याकीड्रोमस सिक्किमेन्सिस’ हो । ‘लेसरटिडे’ परिवारअन्तर्गत पर्ने यो छेपारोको नयाँ प्रजाति फेला परेसँगै नेपालमा […]

नेपालमा छेपारोको नयाँ प्रजाति फेला

काठमाडौं : नेपालमा नयाँ प्रजातिको छेपारो फेला परेको छ। पूर्वी नेपालको मोरङ जिल्लास्थित मिक्लाजुङ गाउँपालिकाअन्तर्गत पर्ने चुरे क्षेत्रमा जैविक विविधताको अध्ययन गर्ने क्रममा यसरी पहिलोपटक नयाँ प्रजातिको छेपारो फेला परेको हो। यसको नाम ‘सिक्किम छेपारो’ अर्थात् वैज्ञानिक नाम ‘ट्याकीड्रोमस सिक्किमेन्सिस’ हो। ‘लेसरटिडे’ परिवारअन्तर्गत पर्ने यो छेपारोको नयाँ प्रजाति फेला परेसँगै…

नेपालमा पहिलो पटक कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति भेटियो

काठमाण्डाै – नेपालमा पहिलो पटक कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति फेला परेको पुष्टि भएको छ ।       काभ्रेको धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको अणुवांशिक (जिन सिक्वेन्सिङ) अध्ययनमा ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति फेला परेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले जानकारी दिनुभयो । उहाँका अनुसार यो नयाँ देखिएको सङ्क्रमण ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति 'BA5U' हो । निर्देशक दासले नयाँ प्रजातिको भेरियन्टबारे अध्ययन गरिरहेको बताउन...

ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति फेला

काठमाडौँ,२० असार । नेपालमा पहिलो पटक कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ प्रजातिको फेला परेको छ । काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पतालको प्रयोगशाला गरिएको अणुवाङ्शिक (जीन सिक्वेन्सिङ) अध्ययनमा ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति फेला परेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले जानकारी दिए । उनका अनुसार देखिएको सङ्क्रमणमा ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति (द्यब्छ) हो । […]

नेपालमा पहिलो पटक ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति फेला

नेपालमा पहिलो पटक कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ प्रजातिको फेला परेको छ । काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पतालको प्रयोगशाला गरिएको अणुवाङ्शिक (जीन सिक्वेन्सिङ) अध्ययनमा ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति फेला परेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले जानकारी दिनुभयो । उहाँका अनुसार देखिएको सङ्क्रमणमा ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति ९द्यब्छ’० हो । निर्देशक दासले नयाँ […]

नेपालमा कोरोना फेरी बढ्दै, ओमिक्रोनको नयाँ प्रजाति भेटियो

काठमाडौं, १९ असार । नेपालमा फेरी कोरोना संक्रमणको दर बढ्न थालेको छ । आइतबार मात्रै ओमिक्रोनको नयाँ प्रजाति ‘बीए फाइभ’भेटिएको हो । धुलिखेल अस्पतालले गरेको अनुवांशिक (जिन सिक्वेन्सिङ) परीक्षणमा नयाँ प्रजाति भेटिएको परीक्षणमा सहभागी चिकित्सकहरुले बताएका छन् । दक्षिण अफ्रिकामा उत्पत्ति भई युरोप, अमेरिका र जर्मनीमा बढ्दै गइरहेको बीए फाइभ नेपालमा भेटिएसँगै ओमिक्रोनको नयाँ प्रजाती […]

जलपन्छीका सूचक प्रजाति गणना गरिँदै

देशभरका जलाशय र सीमसार क्षेत्रमा आगन्तुक जलपन्छी गणना भइरहेका बेला कैलालीको सीमसार क्षेत्र घोडाघोडी तालमा पनि सूचक प्रजाति गणना सुरु भएको छ। सूचक प्रजाति हरेक ६/६ महिनामा गणना हुँदै आएको छ।...