एनआइबिएल प्रगति फण्ड र एनआइबिएल समृद्धि फण्ड १ द्वारा प्रतिफल वितरण गर्ने घोषणा

साउन १५, काठमाडौं । एनआइबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआइविएल समृद्धि फण्ड १ र एनआइबिएल प्रगति फण्डले इकाईधनीहरुलाई प्रतिफल वितरण गर्ने घोषणा गरेका छन् ।   एनआइबिएल प्रगति फण्डले करसहित ५० प्रतिशत नगद लाभांश र एनआइबिएल समृद्धि फण्ड १ ले ३५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने घोषणा गरेको हो । दुबै योजनाको साउन १४ गते बसेको सञ्चालक समितिको बैठकले इकाईधनीलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।  

सम्बन्धित सामग्री

१० ओटा म्युचुअल फण्डद्वारा प्रतिफल वितरण गर्ने घोषणा, कुन-कुन कम्पनीको कति ?

साउन २३, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत २३ ओटा म्युचुअल फण्डमध्ये १० ओटा म्युचुअल फण्डले इकाईधनीहरुलाई प्रतिफल (नगद लाभांश) वितरण गर्ने निर्णय गरेका छन् ।  १० ओटै फण्डले गत आव २०७७/७८ को मुनाफाबाट इकाईधनीलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेका हुन् । १० ओटा म्युचुअल फण्ड मध्ये लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फण्डले इकाईधनीको खातामा लाभांश पठाएको जानकारी गराएका छन् ।  लक्ष्मी उन्नति कोषले आफ्ना इकाईधनीलाई २५ प्रतिशत नगद लाभांश साउन १९ गतेदेखि खातामा पठाउन शुरु गरेको हो । यस फण्डको नगद लाभांश साउन १२ गतेसम्म कायम इकाईधनीले पाएका छन् । त्यसैगरी, लक्ष्मी इक्विटी फण्डले ३५ प्रतिशत नगद लाभांश साउन २१ गतेदेखि इकाईधनीको बैंक खातामा पठाउन शरु गरेको हो । साउन १४ गतेसम्म कायम इकाईधनीहरुले उक्त नगद लाभांश पाउनेछन् ।  १० ओटा म्युचुअल फण्डमध्ये सबैभन्दा बढी एनआइबिएल प्रगाति फण्ड र एनआइबिएल सहभागिता फण्डले आप्mना इकाईधनीहरुलाई ५०÷५० प्रतिशत इकाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । एनआईबिएल प्रगति फण्ड र एनआईबिएल समृद्धि फण्ड १ ले नगद लाभांश वितरणको लागि साउन २९ गते बुक क्लोज गर्ने भएको छन् । यस आधारमा साउन २८ गतेसम्मका कायम इकाईधनीले नगद लाभांश पाउनेछन् ।  एनआईबिएल समृद्धि फण्ड १ ले आफ्ना इकाईधनीलाई ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम, एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्स फण्डले ३० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।  यी ४ ओटा योजनाले बुक क्लोजको मिति तय गरेका छैनन् । त्यसैगरी कुमारी इक्विटी फण्डले इकाईधनीलाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस नगद लाभांश वितरण प्रयोजनको लागि योजनाले बुक क्लोज साउन २५ गते गर्ने भएको छ । यस आधारमा साउन २४ गतेसम्मका कायम इकाईधनीले नगद लाभांश पाउनेछन् ।                                                                         स्रोत : म्युचुअल फण्डद्वारा प्रकाशित नोटिस

प्रतिफल वितरण प्रयोजनका लागि एनआईबीएल प्रगति र समृद्धि फण्डको बुक क्लोज

साउन २१, काठमाडौं । एनआईबीएल म्युचुअल फण्डद्वारा सञ्चालित एनआईबीएल प्रगति फण्ड र एनआईबीएल समृद्धि फण्ड १ ले नगद लाभांश (प्रतिफल) वितरण प्रयोजनको लागि साउन २९ गते (एक दिन) बुक क्लोज गर्ने भएका छन् ।  एनआईबीएल प्रगति फन्डले ५० प्रतिशत नगद लाभांश (कर सहित) र एनआईबीएल समृद्धि फन्ड–१ ले ३५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको छ । सोही प्रयोजनका लागि योजनाले बुक क्लोजको मिति तय गरेको हो ।  दुवै योजनाले बुक क्लोजको अघिल्लो दिन अर्थात् साउन २८ गतेसम्मका कायम शेयरधनी मात्र उक्त प्रतिफलको हकदार हुने समेत जानकारी दिएका छन् ।  नेप्सेमा बुधवार एनआईबीएल प्रगति फन्डको १८ रुपैयाँ १९ पैसा र एनआईबीएल समृद्धि फन्ड–१ को १६ रुपैयाँ ९ पैसामा अन्तिम कारोबार भएको छ ।