भदौ १५, काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड १ र सिटिजन्स म्युचुअल फण्ड २ ले प्रतिफल वितरण प्रयोजनको लागि भदौ २४ गते (एक दिन) बुक क्लोज गर्ने भएका छन् ।
दुवै योजनाले आव २०७७/७८ को लागि इकाई धनीहरुलाई ४०/४० प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेका छन् । सोही प्रयोजनका लागि दुई ओटै योजनाले बुक क्लोजको मिति तय गरेका हुन् ।
दुवै योजनाले बुक क्लोजको अघिल्लो दिन अर्थात् भदौ २३ गतेसम्मका कायम शेयरधनी मात्र उक्त प्रतिफलको हकदार हुने समेत जानकारी दिएका छन् ।