डिजिटल साक्षरता विद्यालय तहको पाठ्यक्रममा समावेश गर्न आवश्यक : प्रधानमन्त्री
। प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको युग र राष्ट्रिय आवश्यकतालाई मध्यनजर गर्दै विद्यालय तहदेखि नै डिजिटल साक्षरतामुखी पाठ्यक्रम जरूरी रहेको बताउनुभएको छ ।
महिला उद्यमी महासंघ अध्यक्ष शोभा ज्ञवालीले साना उद्यमीको उत्पादनमा गुणस्तर कायम गर्न र ग्राहकले खोजे अनुसारका वस्तु उत्पादनमा प्रोत्साहन गर्न पनि डिजिटल साक्षरता आवश्यक रहेको बताइन्।...
काठमाडौँ- प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना प्रविधिको युग र राष्ट्रिय आवश्यकतालाई मध्यनजर गर्दै विद्यालय तहदेखि नै डिजिटल साक्षरतामुखी पाठ्यक्रम जरूरी रहेको बताएका छन् । राष्ट्रिय सुरक्षा परिषद्द्वारा आज सिंहदरबारमा आयोजित ‘आधुनिक सूचना प्रविधिले राष्ट्रिय सुरक्षामा पार्ने प्रभाव’ विषयको अन्तरक्रियामा उनले भने, “विज्ञान–प्रविधिको युगमा आधारभूत तहबाटै डिटिजल साक्षरताको विकास गरी […]
न्यू बिजनेश एजले हरेक वर्ष आयोजना गर्दै आएको वुमन समिट एन्ड अवार्डस् यसपटक पनि गरियो । काठमाडौंमा शुक्रवार सम्पन्न स्ट्याण्डर्ड चार्टर्ड न्यूबिज बिजनेश वुमन समिट एन्ड अवार्ड्स २०२३ मा सम्मानित महिला उद्यमीको क्षमता र उनीहरूको उद्यमशीलता ब्रान्डिङ र सूचनाप्रविधिमा आधारित थियो । यसले नेपालको गाउँगाउँमा उद्यमशीलताको विकास हुँदै गएको र त्यसमा पनि डिजिटाइजेशनको प्रयोग हुन थालेको देखिएको छ । यसले उद्यमशीलताको विकास हुँदै गएको देखाउँछ जुन आर्थिक विकासका लागि सकारात्मक संकेत हो ।
अहिले नेपालमा इन्टरनेटको पहुँच निकै बढेको छ । मोबाइलका कारण हातहातमा इन्टरनेट पुग्ने अवस्था आइसकेको छ । तर, इन्टरनेटबाट सामाजिक सञ्जालमात्रै प्रयोग गर्नु डिजिटाइजेशन वा प्रविधिको प्रयोग होइन । यसको प्रयोग गरेर व्यवसाय विस्तार गरिन्छ वा बजारीकरण गरिन्छ वा स्टार्टअप कम्पनीहरू सञ्चालन गरिन्छ भने बल्ल अर्थतन्त्रमा डिजिटाइजेशन हुन थाल्यो भनी मान्न सकिन्छ ।
महिलाहरूलाई इन्टरनेटबाट व्यवसाय गर्न वा कर्जा लिन आवश्यक प्रक्रियाका बारेमा तालीम दिनु आवश्यक हुन्छ । त्यसो हुँदा प्रविधिको प्रयोग गर्दै उद्योग व्यवसायमा लगानी गर्ने क्रम बढ्ने अपेक्षा गर्न सकिन्छ ।
आधा जनसंख्या भएर पनि उद्योग व्यवसायमा महिलाको उपस्थिति निकै न्यून देखिएको छ । त्यसका विविध कारण छन् । तैपनि पछिल्लो समयमा महिला उद्यमी र व्यवसायीको संख्या बढ्दो छ । अब सरकारले एकातिर डिजिटल पूर्वाधार बढाउन आवश्यक छ भने अर्कातिर डिजिटल साक्षरता र डिजिटल वित्तीय साक्षरतासमेत बढाउन आवश्यक छ । उद्यम गर्न चाहने महिलाहरूका लागि लक्षित गरेर विभिन्न खालका एप्स बनाएर व्यवसाय शुरू गर्न र विस्तार गर्न सहयोग पुर्याउन सकिन्छ । साक्षरतामा थ्री आरको निमय स्वीकारिन्छ । ती हुन् : रिड, (पढ्नु) राइटिङ (लेख्नु) र अरिथ्मेटिक (हिसाब गर्नु) । तर, अहिले यसमा प्रविधि पनि थपिएको छ । थ्री आर प्लस टी भएपछि मात्र साक्षरता मान्नुपर्ने अवस्था आएको छ । पहिला जस्तो थ्री आरले मात्र अब साक्षरताको सम्बोधन हुँदैन । जसले विकसित भएको प्रविधिको प्रयोग गर्दैन ऊ पछि पर्नसक्ने सम्भावना बढेको छ । त्यसैले अब गाउँगाउँमा बसोवास गर्ने उद्यमी महिलालाई प्रविधिसँग जोडेर उनीहरूको उत्पादनलाई बजारीकरण गर्न सघाउने चुनौती पनि उत्तिकै छ । गाउँगाउँमा प्रविधि त पुग्यो तर त्यो प्रविधिको उपयोग गर्न धेरैलाई समस्या भइरहेको पनि पाइन्छ । केही महिला जान्ने, बुझ्ने भए भन्दैमा सबै महिलाको अवस्थामा सुधार आयो भन्न सकिँदैन ।
सोही कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले घरको अर्थतन्त्र सम्हाल्दै आएका महिला अब मुलुककै अर्थतन्त्र चलाउने अवस्थामा पुग्न लागेको बताए । उनले महिला उद्यमीलाई सरकारले प्राथमिकतामा राखेको बताउँदै अबको नेतृत्व महिलाले लिनुपर्ने बताए । हुन पनि अहिले विभिन्न व्यवसाय सञ्चालन गर्नेदेखि नेतृत्व लिनेसम्मका काममा महिलाको उपस्थिति निकै बढेको छ । आगामी दिनमा व्यवस्थापन, उद्योग आदि धेरै क्षेत्रमा महिलाहरू नै नीति निर्माण तहमा पुग्छन् भन्ने देखिन्छ । तर, यसका लागि सरकारले महिलाहरूले भोग्दै आएका समस्याको समाधान गर्नुपर्छ । पूर्वाधारको विकास गर्नुपर्छ । छिमेकी मुलुकको तुलनामा प्रविधि महँगो छ । सरकारले लिने करले गर्दा महँगो पर्न गएको सेवाप्रदायकले भन्दै आएका छन् । त्यसैले प्रविधिलाई आमसर्वसाधारणको पहुँचमा पुर्याउन उनीहरूको आर्थिक अवस्था पनि ख्याल गर्नुपर्छ ।
महिलालाई प्रविधिसँग जोडेर उद्यमी बनाउने विषयमा सरकारले स्पष्ट नीति लिनुपर्छ । त्यसका लागि ठोस रूपमा आवश्यक सहयोग जुटाउन मद्दत लिनुपर्छ । महिलाहरू आफै लगानी गर्न सक्ने अवस्थामा पुगे भने त्यसले अर्थतन्त्रमा राम्रो योगदान दिन्छ । महिलाहरूलाई परम्परागत तरीकाले काम गर्न सजिलो छैन । घरभित्रका काम पनि गर्नुपर्ने हुँदा घरबाहिरका काममा अहिले सुस्ती देखिन सक्छ । यस्तोमा प्रविधिको सहयोगले कतिपय काम घरैमा बसेर पनि गर्न सकिन्छ । त्यस्तै कारखाना वा कार्यालय नै पुग्नुपर्ने अनिवार्यता पनि हुँदैन । त्यसैले महिलाहरूलाई इन्टरनेटबाट व्यवसाय गर्न वा कर्जा लिन आवश्यक प्रक्रियाका बारेमा तालीम दिनु आवश्यक हुन्छ । त्यसो हुँदा प्रविधिको प्रयोग गर्दै उद्योग व्यवसायमा लगानी गर्ने क्रम बढ्ने अपेक्षा गर्न सकिन्छ । यस्ता पक्षलाई मनन गरी आगामी योजना तय गर्न आवश्यक छ ।
काठमाडौं । प्रविधिको उच्चतम प्रयोगबाट नै महिला उद्यमशीलतालाई थप उचाइ दिन सकिने सरोकारवालाले बताएका छन् । घरको कामसमेत महिलाले नै गर्ने र त्यसबाट बचेको समयलाई उद्यमशीलतामा लगाउन खोज्ने उनीहरूका लागि डिजिटल साक्षरता आवश्यक भएको उनीहरूको भनाइ छ ।
न्यू बिजनेश एज प्रालिले शुक्रवार काठमाडौंमा आयोजना गरेको ‘स्ट्याण्डर्ड चार्टर्ड न्यूबिज बिजनेश वुमन समिट एन्ड अवार्ड्स २०२३’ कार्यक्रममा महिला उद्यमीले यस्तो धारणा राखेका हुन् । कार्यक्रमको पहिलो सत्र ‘वुमन आन्त्रप्रेनर इन द डिजिटल एज’ विषयक प्यानेल डिस्कसनमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव तथा प्रवक्ता राधिका अर्यालले ४० प्रतिशत जनतामा डिजिटल साक्षरता बढाइने लक्ष्य रहेको बताइन् । भौगोलिक कठिनाइका कारण सबै क्षेत्रमा इन्टरनेटको गुणस्तरीय पहुँच विस्तार नभएको उनको भनाइ छ ।
‘मोबाइल डिभाइसको प्रयोग फोन गर्न र सोसल मिडिया चलाउन मात्रै हो भने यसलाई डिजिटल साक्षरता मानिँदैन,’ अर्यालले भनिन्, ‘महिलाले काम गर्ने शैलीमा फरक आइसकेकाले व्यवसायलाई सहज बनाउन सघाउने गरी साक्षरता बढाउनुपर्छ ।’ डिजिटलाइजेशन गर्न सके कामको बोझ कम हुने र समय पनि बचत हुने उनले बताइन् । यस्तै महिलाको योगदानलाई कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा गणना गरिनुपर्नेमा उनले जोड दिइन् ।
सरकारले सूचनाप्रविधिलाई प्राथमिकता दिएको उनको भनाइ छ । ‘१५औं आवधिक योजनाले पनि सूचना प्रविधिमैत्री र डिजिटल इकोनोमीमा ध्यान दिएको छ,’ उनले भनिन्, ‘इकमर्सलाई लक्षित गरेर विधेयक बनेको छ, विशेष आर्थिक क्षेत्रमा आईटी क्लस्टर नै छ, निर्यात गर्दा आयकरमा छूट दिने भनिएको छ र महिलालाई लक्ष्य गरेर पाँचखाल औद्योगिक ग्रामको काम अघि बढेको छ ।’
उक्त कार्यक्रममा गोल्छा ग्रूपका निर्देशक सीमा गोल्छाले नेपालमा अहिले पनि इन्टरनेटको उपयोग कम मात्रामा भएको बताइन् । ‘इन्टरनेटविना अहिले जुनसुकै काम गर्न अप्ठ्यारो हुन्छ,’ गोल्छाले भनिन्, ‘डिजिटलाइजेशनले समान रूपमा अवसरहरू सृजना गर्छ भने अहिले मार्केट पनि विस्तार भएको छ ।’ उत्पादनदेखि बजारीकरणसम्मको काम डिजिटल प्लेटफर्मले सहज बनाएको उनले बताइन् । उनले अझै पनि महिला आर्थिक रूपमा आत्मनिर्भर र स्वतन्त्र हुन नसकेको बताइन् ।
उनले उदाहरण दिँदै भनिन्, ‘मोबाइल अर्डर गर्दा नै पहिला पुरुष (बुबा), त्यसपछि छोरा र बल्ल महिलाको पालो आउँछ ।’ उनले मोबाइलबाट पनि शीप सिक्न सकिने भएकाले एक्लै बसेरभन्दा सामूहिक रूपमा शीप सिकेर त्यसलाई व्यवसायको आकार दिन सकिने बताइन् ।
यस्तै रम्सन नेपालका सह–संस्थापक रूमी सिंहले प्रविधिलाई स्वीकार गर्न र अघि बढ्न नसक्ने हो भने व्यवसायमा सफल हुन नसक्ने बताइन् । सीमान्तकृत महिला उद्यमीलाई लक्षित गरेर काम गरिरहेको भन्दै उनले प्रविधि कसरी चल्छ भन्ने कुराभन्दा पनि त्यसबाट कसरी लाभ लिने भन्नेमा ध्यान दिनुपर्ने बताइन् । ‘हाम्रो संस्थाले कृषिमा सप्लाई चेन र त्यसबाट ग्रामीण किसान, ग्रामीण फुडको कसरी भ्यालू देखाउने भन्नेमा काम गर्छ,’ उनले भनिन्, ‘प्रविधिले कसरी बिजनेशमा सघाउँछ भन्ने अवधारणमा काम गरौं ।’
अझै पनि महिलाको पहुँचमा इन्टरनेट नभएको भन्दै उनले थपिन्, ‘मोबाइलबाट एसएमएस गरेर सघाउन खोज्दासमेत सन्देश पढ्न नसक्ने महिला दिदीबहिनी हुनुहुन्छ । यसलाई अझ सहज बनाउन भ्वाइस रेकर्डबाट जानकारी गराउनुपर्छ ।’ उनले प्रविधिलाई स्थानीयकरण कसरी गर्ने र कुन तहसम्म गएर महिला उद्यमीलाई सघाउन सकिन्छ भन्नेमा बढी काम गर्नुपर्ने देखिएको बताइन् । सरकारले नीति तथा नियमनमा बढी ध्यान दिनुपर्नेमा जोड दिँदै सिंहले भनिन्, ‘प्रविधिमा बढीभन्दा बढी महिला उद्यमीलाई कसरी ल्याउने भन्ने विषयमा एक्स्ट्रा एफर्ट जरुरी छ ।’
उक्त कार्यक्रमको सहजीकरण गरेका स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको ट्रान्ज्याक्सन बैंकिङ, कन्ट्री हेड माइकल सिद्धीले महिला उद्यमशीलतामा डिजिटलाइजेशनले के कसरी सहयोग गर्छ, व्यवसायमा देखिएका बाधाहरूलाई समाधान गर्न प्रविधिले कत्तिको सघाएको हुन्छ लगायत प्रश्न गरेका थिए । बजार बुझ्न र प्रतिस्पर्धाका लागि पनि प्रविधिले निकै सघाएको हुन्छ भन्दै उनले प्रश्न गरे, ‘अहिले प्रणालीले नै महिला उद्यमीलाई सघाउने नीति लिएको देखिन्छ भने केन्द्रीय बैंकले पनि महिला उद्यमीलाई सघाउने गरेको छ । यी काम हुँदा मुलुकको अर्थतन्त्रमा अब कसरी परिवर्तन आउन सक्छ ?’
गण्डकी प्रदेश (मुस्ताङ) बाट पुरस्कृत हुने मार्फा फलफूल तथा तरकारी प्रशोधन उद्योगका सञ्चालक सुकुन रसाइली (विक) ले स्थानीय सरकारले महिलाका लागि व्यावसायिक योजनाका लागि बजेट नै नभएको भन्दै पन्छाउने गरेको बताइन् । ‘भवन, भ्यू टावर बनाउन बजेट हुन्छ,’ उनले भनिन्, ‘एक घर एक उद्यमी नारामा मात्रै हुन भएन, योजनाका आधारमा अनुदानको ग्यारेन्टी दिनुपर्छ ।’
यसैगरी पिएस ट्राभल प्वाइन्ट टुर्स प्रालिका सञ्चालक संगीता खड्काले स्थानीय तहका महिला उद्यमीलाई इन्टरनेट तथा प्रविधिका अन्य विविध पक्ष जानकारी गराउन आवश्यक भएको बताइन् । ‘ग्रामीण तहमा महिला घरबाट बाहिर निस्किन नसकेको अवस्था छ,’ उनले प्रश्न गरिन्, ‘यो अवस्थामा डिजिटल युगमा कसरी महिला प्रवेश गर्ने ?, यसका आधारभूत कुरा के के हुन् ?’
काठमाडौं । प्रविधि कसरी चल्छ होइन, किन चलाउने र त्यसबाट कसरी फाइदा हुन्छ भन्ने महत्त्वपूर्ण हुने महिला उद्यमीहरूले बताएका छन् ।
न्यू बिजनेश एजले आयोजना गरेको ‘स्ट्याण्डर्ड चार्टर्ड न्यूबिज बिजनेश वुमन समिट एन्ड अवार्डस् २०२३’मा आयोजित ‘वुमन आन्त्रप्रेनरशिप इन द डिजिटल एज’थिमको प्यानल डिस्कसनमा सहभागी उद्यमीहरूले यस्तो बताएका हुन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सहसचिव राधिका अर्यालले डिजिटल इकोनमी अर्थतन्त्रको महत्त्वपूर्ण अंग भएको बताइन् । सरकरले डिजिटाइजेसजनमा काम गरिरहे पनि जति गर्नुपर्ने हो, त्यति गर्न नसकेको उनको भनाइ छ ।
सूचना प्रविधि क्षेत्रको विकासको लागि सरकारले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनमा ल्याएको भन्दै उनले भनिन्, 'हाम्रो मुख्य प्राथमिकता डिजिटल साक्षरता पनि रहेको छ । डिजिटल साक्षरताले वित्तीय साक्षरतामा पनि सहयोग गर्छ ।'
१५ औं योजनामा ४० प्रतिशत जनसंख्यालाई डिजिटल साक्षरता बनाउने योजना रहेको उनको भनाइ छ । यसमा भौगोलिक कारणले कठिनाइ पनि उत्तिकै रहेको उनले बताइन् । 'सामाजिक सञ्जाल र मोबाइल पुग्नु मात्र डिजिटल साक्षरता होइन । विद्यालय तहदेखि पाठ्यक्रममा नै राखेर डिजिटल साक्षरता समावेश गर्नु पर्छ,' उनले भनिन् ।
सूचना प्रविधिमा लाग्दै आएको दोहोरो करका बारेमा बोल्दै ई-कमर्सको लागि आवश्यक कानून निर्माणमा सरकार लागेको बताइन् । उनले सरकारले डिजिटल नेपालको कार्यक्रम ल्याएकोले अब प्रविधिका क्षेत्रमा धेरै अवसर रहेको बताइन् ।
सरकार पनि कानून निर्माण गरिरहेको र सूचना प्रविधिमा वैदेशिक लगानीको बारेमा गर्न लागिएको व्यवस्था गरेको बताइन् । उनले यस्ता सेवाजन्य क्षेत्रको विकास नगरी आर्थिक विकास गर्न नसकिने बताइन् ।
'महिला उद्यमीलाई प्रोत्साहन गर्न बिनाधितो सहुलियतपूर्ण कर्जा लगायतका कार्यक्रम पनि सञ्चालन गर्न सकिन्छ,' उनले भनिन् ।
रम्सन नेपालकी सहसंस्थापक रुमी सिंहले डिजिटलाइजेसनले विश्व र मानिसहरूको जिन्दगीमा कस्तो असर गरिरहेको छ भन्नेमा आफ्नो धारणा राख्दै प्रविधिले जुनसुकै व्यवसायलाई असर गर्ने बताइन् । प्रविधिको परिवर्तनलाई हामी ग्रहण गर्दै अघि बढ्नु पर्ने उनको भनाइ छ ।
'व्यवसायमा डिजिटल मार्केटिङ, ई-कमर्स लगायतका प्रविधि ग्रहण गर्न सकिन्छ । कुनै पनि व्यवसाय सर्भाइबलका लागि प्रविधिलाई ग्रहण गर्नु आवश्यक छ,' उनले भनिन्, 'प्रविधि कसरी चल्छ भन्दा पनि प्रविधिले हामीलाई के फाइदा हुन्छ भन्ने कुरा महत्त्वपूर्ण हो । प्रविधि कसरी चल्छ भनेर जान्न त्यति आवश्यक पनि छैन । प्रविधिलाई लोकल समस्यालाई कसरी समाधान गर्न प्रयोग गरिन्छ भन्ने महत्त्वपूर्ण हुन्छ । नियमन र नीति पनि आवश्यक हुन्छ ।'
गोल्छा ग्रुपकी निर्देशक सीमा गोल्छाले हरेक क्षेत्रमा डिजिटलाइजेसजन रहने बताइन् । नेपाल डिजिटलाइजेसनमा अन्य मुलुकको तुलनामा पछि रहे पनि उक्त दिशामा विस्तारै अघि बढिरहेको उनले बताइन् ।
'लकडाउनले पनि डिजिटलाइजेसन अझ अघि बढेको छ । हाल ५१ दशमलव ६ प्रतिशत नागरिक इन्टरनेटको पहुँचमा छन्,' उनले भनिन्, 'समान अवसर र समावेशीकरण पनि डिजिटलाइजेसन हो । घरमा बसेर नै महिलाले डिजिटलाइजेसनका कारणले धेरै काम गर्न सक्छन् । डिजिटाइजेसनले महिलाहरूलाई घरमा नै बसेर आफ्नो व्यवसाय सञ्चालन गर्न सजिलो भएको छ ।'
'मोबाइलका कारण संसार नै हातमा छ । मोबाइलबाट व्यवसाय सञ्चालनदेखि धेरै कामहरू गर्न सकिन्छ । मोबाइलबाट नै धेरै अवसरहरू छ,' उनले थपिन् ।
काठमाडौं। महीलाहरूका लागि प्रविधिमा पहुँच र डिजिटल साक्षरताका कार्यक्रम एकैपटक सञ्चालन गर्नुपर्ने काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताएकी छन् ।
११३ औँ अन्तरराष्ट्रिय नारी दिवसको अवसर पारेर आज राष्ट्रिय सभागृहमा आयोजना गरिएको क्षमता विकास कार्यक्रममा बोल्दै उनले भनिन्, 'प्रविधि प्रयोग गर्दा अपनाउनु पर्ने सावधानीका विषय पहुँच सँगै थाहा हुनुपर्छ । धेरै व्याक्तिले सामाजिक सञ्जाल चलाउनुहुन्छ । त्यसमा के गर्नु हुन्छ? र के गर्नु हुँदैन भन्ने धेरैलाई थाहा छैन । कहिलेकाहीँ नजानेर त्यसबाट सिर्जित समस्यामा फस्ने सम्भावना हुन्छ ।'
'सूचना प्राप्त गर्ने अधिकारसँग केही दायित्व जोडिएका छन् । ती दायित्व पूरा गरेपछि मात्र प्रविधिको सदुपयोग हुन्छ । मोवाइलले मान्छेलाई चलाउने होइन मान्छेले आवश्यक परेका बेला मोवाइल चलाउन सकोस् । सामान्य विषय हो । यहीँबाट सदुपयोगको प्रयास थाल्नुपर्छ,' उनले थपिन्।
'हातमा प्रविधि आइपुगेको छ । प्रयोग गर्ने विधि नजानेर वा गलत प्रयोग गरेर महीलाहरू हिँसा र जोखिममा पर्ने गरेको घटनाले देखाएका छन् ।' विषयमा स्पष्ट पार्दै सामाजिक विकास विभागका निमित्त प्रमुख गोपालप्रसाद पोखरेलले भने, 'सहरमा यस्तो अवस्था हुनु हुन्न भनेर हामीले साइबर अपराध र कानुनी प्रबन्धमा विषयमा क्षमता विकास कार्यक्रम चलाएका हौँ ।'
एक दिवसीय गोष्ठीमा प्रहरी निरीक्षक पशुपति रायले साइबर अपराधका विषयमा र सूचना आयोगका सदस्य कमला ओलीले सूचनाको हकका विषयमा प्रस्तुतिकरण गर्नेछन् । यस्तै डा. राजु अधिकारीले सकारात्मक सोचका विषय प्रस्तुतिकरण गर्ने छन् । कार्यक्रममा प्रस्ताव लेखन तालिमका स्रोत व्यक्ति र सहभागीहरूलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।
लैङ्गिक डिजिटल डिभाइड अन्त्य गर्न र सबै विविधताका महिला र युवाहरूको शिक्षा, प्रविधिमा पहुँच बढाउँदै लैङ्गिक समानता प्राप्त गर्नका लागि सर्वप्रथम सबैलाई डिजिटल साक्षरता आवश्यक छ।...
‘यो पुस्तक त हामी सबैले पढनु पर्ने रहेछ’ सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेशले तयार गराई प्रकाशित गरेको साइबर सुरक्षा अवधारणा र अभ्यास पुस्तक र डिजिटल साक्षरता पुस्तक साउन ४ गते प्राप्त गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमन्त्रीसमक्ष भन्नुभयो “तपाईहरूले पनि पढ्नुहोला । मलाई त काम लाग्ने पुस्तक लाग्यो ।” सूचना प्रविधिको विकास, विस्तारसँग आएका अवसरलाई ग्रहण गर्न र चुनौतीको सामना गर्न डिजिटल साक्षरता आवश्यक हुन्छ भन्ने ठानेर प्रकाशित गरिएका ती पुस्तकप्रति प्रधानमन्त्री प्रचण्डको मोहका पछाडि सूचना प्रविधिका बारेमा उहाँ थप जान्न इच्छुक हुनुहुन्छ र केही काम गरेर देखाउन चाहनुहुन्छ भन्ने बुझिन्थ्यो ।
विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयमा डिजिटल साक्षरता कार्यक्रम तथा प्रविधिमा आधारित शिक्षा लागु गर्ने तयारी गरेको छ। शिक्षाको गुणस्तरलाई उच्च प्राथमिकतामा राखेर महानगरपालिकाले प्रविधिमा आधारित शिक्षा लागु गर्नका लागि विषयविज्ञसँग छलफल थालेको हो। महानगरले आइतबार विषयविज्ञ र सरोकारवालासँग आयोजना गरेको छलफल तथा अनुभव आदानप्रदान कार्यव्रmममा सहभागीले बदलिँदो समयसँगै परिवर्तन हुन नसके पछाडि परिने बताउनुभयो। डिजिटल साक्षरतासँगै प्रविधिमा आधारित शिक्षा दिन सके विश्वका जुनसुकै मुलुकमा गएर पनि रोजगारी पाउने उहाँहरूको