‘डिजिटलाइजेसनले महिलाहरूलाई घरमै बसेर व्यवसाय चलाउन सहज’

काठमाडौं ।  प्रविधि कसरी चल्छ होइन, किन चलाउने र त्यसबाट कसरी फाइदा हुन्छ भन्ने महत्त्वपूर्ण हुने महिला उद्यमीहरूले बताएका छन् ।  न्यू बिजनेश एजले आयोजना गरेको ‘स्ट्याण्डर्ड चार्टर्ड न्यूबिज बिजनेश वुमन समिट एन्ड अवार्डस् २०२३’मा आयोजित ‘वुमन आन्त्रप्रेनरशिप इन द डिजिटल एज’थिमको प्यानल डिस्कसनमा सहभागी उद्यमीहरूले यस्तो बताएका हुन् ।  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सहसचिव राधिका अर्यालले डिजिटल इकोनमी अर्थतन्त्रको महत्त्वपूर्ण अंग भएको बताइन् । सरकरले डिजिटाइजेसजनमा काम गरिरहे पनि जति गर्नुपर्ने हो, त्यति गर्न नसकेको उनको भनाइ छ । सूचना प्रविधि क्षेत्रको विकासको लागि सरकारले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनमा ल्याएको भन्दै उनले भनिन्, 'हाम्रो मुख्य प्राथमिकता डिजिटल साक्षरता पनि रहेको छ । डिजिटल साक्षरताले वित्तीय साक्षरतामा पनि सहयोग गर्छ ।' १५ औं योजनामा ४० प्रतिशत जनसंख्यालाई डिजिटल साक्षरता बनाउने योजना रहेको उनको भनाइ छ । यसमा भौगोलिक कारणले कठिनाइ पनि उत्तिकै रहेको उनले बताइन् । 'सामाजिक सञ्जाल र मोबाइल पुग्नु मात्र डिजिटल साक्षरता होइन । विद्यालय तहदेखि पाठ्यक्रममा नै राखेर डिजिटल साक्षरता समावेश गर्नु पर्छ,' उनले भनिन् ।  सूचना प्रविधिमा लाग्दै आएको दोहोरो करका बारेमा बोल्दै ई-कमर्सको लागि आवश्यक कानून निर्माणमा सरकार लागेको बताइन् । उनले सरकारले डिजिटल नेपालको कार्यक्रम ल्याएकोले अब प्रविधिका क्षेत्रमा धेरै अवसर रहेको बताइन् ।   सरकार पनि कानून निर्माण गरिरहेको र सूचना प्रविधिमा वैदेशिक लगानीको बारेमा गर्न लागिएको व्यवस्था गरेको बताइन् । उनले यस्ता सेवाजन्य क्षेत्रको विकास नगरी आर्थिक विकास गर्न नसकिने बताइन् । 'महिला उद्यमीलाई प्रोत्साहन गर्न बिनाधितो सहुलियतपूर्ण कर्जा लगायतका कार्यक्रम पनि सञ्चालन गर्न सकिन्छ,' उनले भनिन् । रम्सन नेपालकी सहसंस्थापक रुमी सिंहले डिजिटलाइजेसनले विश्व र मानिसहरूको जिन्दगीमा कस्तो असर गरिरहेको छ भन्नेमा आफ्नो धारणा राख्दै प्रविधिले जुनसुकै व्यवसायलाई असर गर्ने बताइन् । प्रविधिको परिवर्तनलाई हामी ग्रहण गर्दै अघि बढ्नु पर्ने उनको भनाइ छ । 'व्यवसायमा डिजिटल मार्केटिङ, ई-कमर्स लगायतका प्रविधि ग्रहण गर्न सकिन्छ । कुनै पनि व्यवसाय सर्भाइबलका लागि प्रविधिलाई ग्रहण गर्नु आवश्यक छ,' उनले भनिन्, 'प्रविधि कसरी चल्छ भन्दा पनि प्रविधिले हामीलाई के फाइदा हुन्छ भन्ने कुरा महत्त्वपूर्ण हो । प्रविधि कसरी चल्छ भनेर जान्न त्यति आवश्यक पनि छैन । प्रविधिलाई लोकल समस्यालाई कसरी समाधान गर्न प्रयोग गरिन्छ भन्ने महत्त्वपूर्ण हुन्छ । नियमन र नीति पनि आवश्यक हुन्छ ।' गोल्छा ग्रुपकी निर्देशक सीमा गोल्छाले हरेक क्षेत्रमा डिजिटलाइजेसजन रहने बताइन् । नेपाल डिजिटलाइजेसनमा अन्य मुलुकको तुलनामा पछि रहे पनि उक्त दिशामा विस्तारै अघि बढिरहेको उनले बताइन् । 'लकडाउनले पनि डिजिटलाइजेसन अझ अघि बढेको छ । हाल ५१ दशमलव ६ प्रतिशत नागरिक इन्टरनेटको पहुँचमा छन्,' उनले भनिन्, 'समान अवसर र समावेशीकरण पनि डिजिटलाइजेसन हो । घरमा बसेर नै महिलाले डिजिटलाइजेसनका कारणले धेरै काम गर्न सक्छन् । डिजिटाइजेसनले महिलाहरूलाई घरमा नै बसेर आफ्नो व्यवसाय सञ्चालन गर्न सजिलो भएको छ ।' 'मोबाइलका कारण संसार नै हातमा छ । मोबाइलबाट व्यवसाय सञ्चालनदेखि धेरै कामहरू गर्न सकिन्छ । मोबाइलबाट नै धेरै अवसरहरू छ,' उनले थपिन् ।

सम्बन्धित सामग्री

सीप सिकेपछि बढेको आत्मविश्वासः 'अब घरमै बसेर कमाउने हाे'

चन्द्रकलाले भनिन्, 'आफ्नै ठाउँमा वडाको पहलमा सीप पाएपछि यहीँ सिलाइकटाइ व्यवसाय गर्दै आएकी छु । यसले मलाई आत्मनिर्भर बनाएको छ ।'

११ वर्ष विदेश बसेर फर्केपछि व्यावसायिक फूलखेती

दाङ : तुलसीपुर उपमहानगरपालिका–१२ रझेनाका  शशिराम विश्वकर्माले दुई वर्षदेखि व्यावसायिक फूलखेती गर्दै आएका छन्। करिब ११ वर्ष कतारमा बसेर आएपछि आफ्नै ठाउँमा केही गर्ने उद्देश्यलेयो व्यवसाय शुरु गरेको उनी बताउँछन् । उनी २०६३ सालमा कतार गएका थिए। त्यहाँ एउटा कम्पनी अस्पताल बनाउन लाग्दा अस्पतालको गार्डेन  बनाउने बेला इन्जिनियर तथा प्राविधिकले फूलखेती गरेको देखेँ। ‘त्यसपछि आफ्नै ठाउँमा यस्तो गरे राम्रो हुन्थ्यो, होला जस्तो लागेपछि नेपाल आएर यो व्यवसाय शुरु गरेँ&rsqu

हराउँदै खच्चर व्यवसाय

बाध्यताले फुर्सदिला नै बनेका सकिल घरनजिकै रहेको एक चियापसलमा दिनभरि बसेर आफूजस्तै कामविहीन बनेका साथीहरूसँग गफ गर्छन्।...

वैदेशिक रोजगारी बाध्यता कि विकल्प

शर्मिला ज्ञवाली/रासस ।     पाँच वर्ष कतार बसेर अब विदेश नजाने सोच बनाइ स्वदेश फर्कनुभएका पाल्पा मैनादीका चुण्डप्रसाद नेपाल रोजगारीका लागि फेरि भारत जान लाग्नुभएको छ । दुई छोरीका बाबु नेपालले गाउँमै बसेर केही व्यवसाय थाल्नु पनि भएको थियो तर त्यसबाट सफलता नमिलेपछि कामको खोजीमा भारततर्फ जान लाग्नुभएको हो । नेपालमै बसेर केही गरौँ न भनेर सुन्तला खेती, कुखुरा पालन व्यवसाय सुरु गर्नुभएको थियो । ‘व्यवसाय खासै उकास्न सकिन’ उहाँ भन्नुहुन्छ ‘झन् ऋण बढ्दै गयो, व्यवहार बिग्रियो, अन्त्यमा पर...

गोठाटारमा गोली हानिएका मोहम्मदकाे मृत्यु, १० वर्ष जेल बसेर छुटेको खुलासा

काठमाडौँ । गोठाटारमा गोली हानिएका मोहम्मद दर्जी १० वर्ष जेल बसेर छुटेको व्यक्ति भएको खुलेको छ । कागेश्वरी मनहरा–८ गोठाटारमा सोमबार साँझ दर्जीमाथि गोली प्रहार भएको थियो । तीन राउण्ड गोली लागेका उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मृत्यु भएको छ । प्रहरीका अनुसार हाल कपडा व्यवसाय गर्दै आएको मोहम्मद कुनै समय जेल परेका थिए । […]

महानगरबाहिर बालेनविरुद्ध नारावाजी

काठमाडौंका फुटपाथमा बसेर व्यवसाय गर्दै आएका व्यापारीहरूले आज काठमाडौं महानगरपालिकाको कार्यालयमा नाराबाजी गरेका छन् । फुटपाथ व्यवस्थापनको नाममा महानगरले साना व्यापारीको रोजीरोटी खोसेको भन्दै उनीहरूले प्रदर्शनमा उत्रिएका हुन् ।  महानगर प्रमुख...

वैदेशिक रोजगारीबाट फर्केर व्यवसाय गरिरहेकाहरुलाई व्यास नगरपालिकाले दियाे अनुदान

तनहुँ – व्यास नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्केर व्यवसाय गरिरहेका व्यक्तिलाई अनुदान दिएकोछ । रोजगारीबाट फर्किएका व्यक्तिलाई स्वदेशमै बस्ने वातावरण बनाउन कूल २४ लाख ७५ हजार रुपैयाँ अनुदानस्वरुप वितरण गरेको हो । नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा बसेर विभिन्न व्यवसायमा आबद्ध भएका व्यक्तिलाई प्रोत्साहनस्वरुप अनुदान प्रदान गरेको नगरपालिका कार्यालयले जनाएको छ । विदेशबाट फर्किएर व्यवसाय सञ्चालन गर्दै आएका ५७ जनालाई अनुदान प्रदान गरिएको व्यास नगरपालिकाका लेखा अधिकृत कुमार कञ्चन जिसीले जानक...

च्याउबाट आम्दानी लिँदै ऋषिराम : '२५ सयबाट सुरु भएको व्यवसाय १५ लाखकाे भयाे'

दाङ - घोराही उपमहानगरपालिका-१८ का ऋषिराम चौधरीका लागि १६ वर्षअघि २५ सय रुपैयाँ सुरु गरेको च्याउखेती अहिले राम्राे आम्दानीको स्रोत बनेको छ । च्याउ खेतीबाट घरमै बसेर राम्रो आम्दानी हुन थालेपछि चौधरीले लगानी समेत बढाउँदै लैजानु भएकाे छ । सामुदायिक वनका क्षेत्रमा काम गर्दैगर्दा च्याउखेती गर्न थाल्नुभएका चौधरी २०७२ सालदेखि अम्बिकेश्वरी च्याउ उद्योग दर्ता गरेर व्यावसायिक रुपमा च्याउखेतीमा लाग्नुभएकाे हाे ।  करिब २५ सय रुपैयाँबाट सुरु भएको व्यवसाय अहिले करिब १५ लाख रु...

अस्ट्रेलिया बसेर व्यवसाय र संगीतमा जमिरहेकी निशा (भिडिओ)

अस्ट्रेलियामा रहेको यो कन्सल्टेन्सी उनी र उनका श्रीमान मिलेर चलाउँछन्। व्यवसायसँगै निशा संगीतमा पनि सक्रिय छिन्।