काठमाडौँ : मन्त्रिपरिषद्ले विभिन्न निकायमा ६५८ जना अस्थायी कर्मचारीका लागि दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ। त्यसमध्ये एउटै मन्त्रालय मातहतका निकायमा मात्रै ४६९ जना अस्थायी कर्मचारी भर्नाका लागि मन्त्रिपरिषद्ले बाटाे खुला गरेको हाे।यही भदौ ६ गते बसेको बैठकले शहरी विकास मन्त्रालयअन्तरगतकाे त्यस आयाेजनामा यति धेरै संख्यामा अस्थायी कर्मचारीकाे दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो। भदौ ६ र साउन ३० गते बसेको मन्त्रिपरिषद्ले कुल ६५८ जना अस्थायी कर्मचारीको दरबन्दी स्वीकृत
काठमाडौँ– सर्वोच्च अदालतमा रहेको नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले न्यायालयलाई राजनीतिक भर्ती केन्द्र र आफन्तलाई जागिर खुवाउने थलो बनाउने कार्य नगर्न न्याय परिषद्को ध्यानाकर्षण गराएको छ। सर्वोच्च अदालत विभागीय समितिले एक विज्ञप्ति जारी गर्दै बुधबार जिल्ला, उच्च र सर्वोच्चसम्म नियुक्ति न्यायाधीश हुँदा यसरी भागबन्डा गर्ने कार्य भएमा आफूहरू आन्दोलनमा उत्रने चेतावनी पनि दिएको छ । […]
हाम्रा सबैजसो सार्वजनिक संस्थानमा पदपूर्ति नगरी करारमा कर्मचारी भर्ती गर्नुको कारण के होला ?
आवश्यकताका आधारमा ‘आउट सोर्सिङ’ गर्नु अन्यथा होइन । तर, त्यसका लागि विधि र सीमाहरू छन् । आवश्यकतालाई ध्यान नदिई जथाभावी...
काठमाडौं – नेपाल रेल्वे कम्पनी लिमिटेडले प्राविधिक कर्मचारीहरूको भर्ना खुलाएको छ। कम्पनीले सेवा करारमा लिन नेपाली नागरिकहरूलाई भर्ती गर्न लागेको हो। कम्पनीले चार जना रेल चालक, चार जना स्टेसन मास्टर, १ जना ट्र्याक इन्जिनियर र १ जना एयर कन्टिसनर इन्जिनियर मागेको छ। रेल चालकमा भर्ती हुन रेल चालकको लाइसेन्सप्राप्त गरी कम्तीमा ५ वर्ष अनुभव भएको […]
मकवानपुर – वाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयले चुनावको मुखैमा आफन्त, आसेपासे र कार्यकर्तालाई भर्ती गर्नका लागि पटक–पटक सूचना निकालेर कर्मचारी माग गरेको छ । मन्त्रालयले ठूलो संख्यामा कर्मचारी राख्नुपरेमा प्रदेश लोकसेवा आयोगमार्फत पदपूर्ति गर्नुपर्ने भए पनि आफूखुसी दरबन्दी सिर्जना गरेर पटक-पटक ७ सय १८ जना कर्मचारी माग गरिएको हो ।
वाग्मती प्रदेश र यस प्रदेशका १ सय १९ वटा पालिकामा आवश्यक संख्यामा कर्मचारी भर्ना गर्नकै लागि भनेर प्रदेश लाेकसेवा आयोगको गठन भएको हो । तर, लोकसेवा आयोगल...
११ जेठ, काठमाडौं । सिरहाको लहान नगरपालिकाले दैनिक ज्यालादारीमा भर्ती भएका ८१ जना कर्मचारी हटाएको छ । नवनिर्वाचित मेयर महेशप्रसाद चौधरीले विभिन्न नाममा कार्यकर्ता भर्ती गरेर नगरपालिकाको राजश्व दोहोन मात्रै गरेको भन्दै ज्यालादारी कर्मचारी हटाएको बताए । ‘मेयरको सुरक्षादेखि घरमासमेत काम गर्ने, मेयरको भाइको सुरक्षाको लागि भनेर खटाइएका, वडाहरुमा विभिन्न पद दिएर राखिएका ज्यालादारी कर्मचारी […]
काठमाडौं, फागुन २७ । राष्ट्रिय परीक्षा बोर्डमा अस्थायी, करार र ज्यालादारी कर्मचारीको संख्या झन्डै ६५ प्रतिशत रहेको छ । उच्च माध्यमिक शिक्षा परिषद् ऐन–२०४६ आएपछि स्थापना भएको उच्च माध्यमिक शिक्षा परिषद् कर्मचारी भर्ती केन्द्रका रूपमा चिनिएको छ । २०४६ सालमा ऐन आए पनि २०४८ सालदेखि मात्र स्थापना भएर काम शुरू गरेको परिषद्ले २०५० सालबाट परीक्षा […]
स्थानीय तहमा जुन राजनीतिक दलको नेतृत्व छ, उसका कार्यकर्तालाई कर्मचारी बनाएर भर्ती गर्ने प्रवृत्ति बनेको छ। काभ्रेपलाञ्चोक जिल्लाका १३ वटा स्थानीय तहमा ऐनविपरीत ७ सय ८३ कर्मचारी करारमा नियुक्त गरिएकाले यो प्रवृत्ति पुष्टि हुन्छ।जिल्लामा नियुक्त भएका १३ वटा पालिकाका ७ सय ८३ करारका कर्मचारीहरूको मासिक सरदर तलबमा मात्रै १ करोड २५ लाख ७५ हजार खर्च हुने गरेको छ। वार्षिक २४ करोडभन्दा धेरै रकम करारका कर्मचारीका लागि खर्च गरेका स्थानीय तहहरूले हरेक वर्ष करारलाई प्राथमिकतामा राख्ने गरेका छन्। चार वर्षमा झ
पुस २५, वाशिङटन डीसी (अमेरिका) । गत महीना अमेरिकामा कर्मचारी भर्ती सुस्त भएको छ ।
कोरोना भाइरसको महामारीको प्रभाव निरन्तर चलिरहेकै समयमा कम्पनीहरुले नयाँ कर्मचारी भर्ना गर्न संघर्ष गरिरहेका छन् । डिसेम्बरमा अमेरिकी रोजगारदाताहरुले १ लाख ९९ हजार जनालाई काममा राखेका छन् । रोजगारी सृजना अपेक्षाकृत कमजोर रहेको लगातार दोस्रो महीना हो ।
रोजगारी सृजना सुस्ताएको भएपनि बेरोजगारी दर घटेर ३ दशमलव ९ प्रतिशतमा आएको श्रम मन्त्रालयले बताएको छ । तलब भने बढेको बताइएको छ । रोजगारी सम्बन्धी यो मिश्रीत तथ्यांक ओमिक्रोनको पूर्ण प्रभाव देखिनु अघि संकलन गरिएको छ ।
लगातार दोस्रो महीना द्विविधापूर्ण तस्वीर देखिएको बैंक रेट डटकमका वरिष्ठ आर्थिक विश्लेषक मार्क ह्यामरिकले बताएका छन् । ओमिक्रोनको पूर्ण प्रभाव जनवरीको श्रम बजारको अवस्था हेरेर थाहा हुने पनि उनले बताए ।
सन् २०२१ मा अमेरिकी अर्थतन्त्रले ६४ लाखभन्दा धेरै रोजगारी सृजना गरेको थियो । योसँगै कोरोना भाइरसको महामारी उत्कर्षमा भएको बेलामा गुमेका धेरैजसो जागिर फिर्ता भइसकेको छ । एजेन्सी