न्यायालयलाई आफन्त र कार्यकर्ता भर्ती केन्द्र नबनाउन न्याय परिषद्‌को ध्यानाकर्षण

काठमाडौँ– सर्वोच्च अदालतमा रहेको नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले न्यायालयलाई राजनीतिक भर्ती केन्द्र र आफन्तलाई जागिर खुवाउने थलो बनाउने कार्य नगर्न न्याय परिषद्‌को ध्यानाकर्षण गराएको छ।  सर्वोच्च अदालत विभागीय समितिले एक विज्ञप्ति जारी गर्दै बुधबार जिल्ला, उच्च र सर्वोच्चसम्म नियुक्ति न्यायाधीश हुँदा यसरी भागबन्डा गर्ने कार्य भएमा आफूहरू आन्दोलनमा उत्रने चेतावनी पनि दिएको छ ।  […]

सम्बन्धित सामग्री

कोशी प्रदेश : मुख्यमन्त्री र मन्त्री बन्नेमै केन्द्रित दलहरू

प्रदेश सरकारको औचित्यमाथि निरन्तर प्रश्न उठिरहेको बेला कोशी प्रदेशमा राजनीतिक दलका जनप्रतिनिधिहरू ६ वर्षको अवधिमा सरकार बनाउने र गिराउने खेलमा बढी उद्यत देखिए । प्रदेश सरकारलाई नेता, कार्यकर्ता र आफन्त भर्ती केन्द्र बनाउनमा उनीहरू तल्लीन छन् ।

भ्रष्टाचारको दलदलमा स्थानीय तह, छ महिनामा दुई हजार ७१६ उजुरी

काठमाडौं : स्थानीय तह भ्रष्टाचारको दललदमा फसेका छन्। पछिल्ला छ महिनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सबैभन्दा बढी उजुरी स्थानीय तहकै परेको पाइएको छ। तहले जनप्रतिनिधिका कार्यकर्तालाई जथाभावी नियुक्त गरिरहेका छन्। कानुनी सल्लाहकार, राजनीतिक सल्लाहकार, प्रेस सल्लाहकार, परामर्शदाताको नाममा कार्यकर्ता र आफन्त भर्ती गरिएको छ। ...

राष्ट्रपति चुरे भर्ती केन्द्र

एकातिर चुरे संरक्षणका लागि समिति गठन गर्ने र अर्कोतर्फ यसको विनाशको प्रमुख कारणका रूपमा रहेको ढुंगा–गिट्टी निर्यात खुला गर्न दबाब दिने दोहोरो भूमिका सबै दलका नेतृत्व तहमा देखियो । कुल भूभागको १२ दशमलव ७८ प्रतिशत क्षेत्रफल ओगटेको चुरे विनाश हुने अब पक्का छ । कार्यकर्ता, आफन्त भर्ती केन्द्र बनेको समितिबाट संरक्षणको कुनै काम हुनेछैन।